पृथ्वीराजमार्गसहित मुलुकका १२ भन्दा बढी सडक अवरुद्ध

राष्ट्रिय समाचार समिति

कार्तिक १५, २०८३

काठमाडौँ। बाढीपहिरोका कारण पृथ्वीराजमार्गसहित मुलुकका १२ वटाभन्दा बढी सडकखण्ड अवरुद्ध भएका छन् । धादिङको गजुरी गाउँपालिका-२ परेवाभिरस्थित पृथ्वीराजमार्गमा अविरल वर्षाका कारण माथिबाट पहिरो आएर दुईतर्फी पूर्ण रूपमा सडक अवरुद्ध भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार बिपी राजमार्गको काभ्रे खण्डमा पनि सडक अवरुद्ध भएको छ । आज बिहान ४ः५५ बजेदेखि काभ्रेको रोशी गाउँपालिका-९ पिनथली र वडा नम्बर ८ स्थित गिम्दीबेँसीस्थित बिपी राजमार्गमा खहरेखोलाबाट ढुङ्गामाटोसहित लेदो आएर सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।

आज बिहानदेखि सुर्खेतको बराहताल गाउँपालिका-७ औलिसेस्थित कर्णाली राजमार्गमा सडक माथिबाट सुख्खा पहिरो आएर बाटो पूर्ण रूपमा अवरोध भएको छ । त्यसैगरी, मध्यपहाडी राजमार्गको खोटाङ खण्डमा पनि अवरुद्ध भएको छ भने ललितपुर बागमती खोला करिडोर र कान्तिलोकपथका विभिन्न खण्ड पनि अवरुद्ध भएको छ ।

No data was found

सो कान्तिलोकपथका ललितपुर महानगरपालिका-२ बल्खु, सुन्दरीघाटस्थित रहेको करिडोरको बाटोमा अविरल वर्षाका कारणले पानीको बहाव बढेपछि आवागमन पूर्ण रूपमा अवरुद्ध भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । साथै कालीगण्डकी कोरिडोरअन्तर्गत गुल्मीको कालीगण्डकी गाउँपालिका-२ राक्सेस्थित कालीगण्डकी करिडोर सडकखण्डमा बाटो माथिबाट लेदोसहितको पहिरो आएर सडक अवरुद्ध भएको छ ।

त्यसैगरी, कालीगण्डकी कोरिडोर अन्तर्गतको पाल्पाखण्डमा रामपुर नगरपालिका-१ कासिबन स्थित कालीगण्डकी करिडोर पक्की सडकखण्डमा माथिबाट ढुङ्गासहितको पहिरो आएर बाटो पूर्ण रूपमा अवरुद्ध भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । साथै मुगुको छाँयानाथ रारा नगरपालिका-७ ताल्चास्थित नाग्म गमगढी सडकखण्ड पनि अवरुद्ध भएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

बाली लगाइएका जमिनबाट पानी निकासको व्यवस्था गर्न आह्वान

चिनियाँ सांस्कतिक टोली सम्मानित

‘स्ट्रेट अफ होर्मुज’ मा तनाव, इरानद्वारा तीन तेल ट्याङ्कर अवरुद्ध

एनपिएलः लुम्बिनी लायन्स र चितवन राइनोजबीचको खेल स्थगित

पृथ्वीराजमार्गसहित मुलुकका १२ भन्दा बढी सडक अवरुद्ध

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति