मन्त्री मेहतासँग जापानी राजदूत तोरुको शिष्टाचार भेट

राष्ट्रिय समाचार समिति

कार्तिक १९, २०८३

काठमाडौँ। स्वास्थ्य  तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासँग नेपालका लागि जापानका राजदूत  माएदा तोरुल शिष्टाचार भेट गर्नुभएको छ ।
मन्त्रालयमा उहाँहरुबीच भएको भेटमा नेपाल र जापानबीचको  सम्बन्ध, आपसी सहकार्य तथा स्वास्थ्य क्षेत्रमा सहयोग विस्तारका सम्भावित क्षेत्रबारे छलफल भएको मन्त्री मेहताको सचिवालयले जनाएको छ ।
सो अवसरमा मन्त्री मेहताले भोटेकोशी बाढी प्रभावित जिल्लामा जापान सरकारले उपलब्ध गराएको राहत, प्राविधिक उपकरण तथा प्रविधिसम्बन्धी सहयोगप्रति धन्यवाद ज्ञापन गर्नुभयो ।
उहाँले जापान सरकारले वीर अस्पताल, परोपकार तथा स्त्रीरोग अस्पताल र कान्ति बाल अस्पताललगायतका स्वास्थ्य संस्थामा पु¥याउँदै आएको सहयोगको प्रशंसा गर्नुभयो ।
राजदूत तोरुले नेपाल सरकारका प्राथमिकता र आवश्यकताका आधारमा जापान सहयोग गर्न तयार रहेको बताउँदै दुई देशबीचको सम्बन्ध र सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको मन्त्रीको सचिवालयले जनाएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

खोलामा कार खस्दा एक जनाको मृत्यु

अर्थमन्त्री डा. वाग्लेसँग भारतका विदेश सचिवको शिष्टाचार भेट

संरक्षण र स्थानीय समुदायको जीविकोपार्जनलाई सँगसँगै अघि बढाउनुपर्छः मन्त्री चौधरी

मन्त्री मेहतासँग जापानी राजदूत तोरुको शिष्टाचार भेट

आइजिपी कार्कीलाई कारबाही गरिएको होइन, जिम्मेवारी हेरफेर मात्रै गरिएको हो: प्रवक्ता पोखरेल

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति