खोलामा कार खस्दा एक जनाको मृत्यु

राष्ट्रिय समाचार समिति

कार्तिक १९, २०८३

चितवन। चितवनको इच्छाकामना गाउँपालिका–६ स्थित जलविरे झरनाको खोलामा कार खस्दा एक जनाको मृत्यु भएको छ ।
आज दिउँसो झरनाबाट फर्किने क्रममा डब्लुबी ०२ एपी ३४५८ नम्बरको भारतीय कार अनियन्त्रित भई खोलामा खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक चन्द्रभूषण यादवका अनुसार दुर्घटनामा एक पुरुषको घटनास्थलमै मृत्यु भएको हो । मृतकको साथबाट भारतको पश्चिम बङ्गालस्थित कालिम्पोङको ठेगाना उल्लेख भएको ४१ वर्षीय सायन्तन गायेन नामको राहदानी फेला परेको छ ।
प्रारम्भिक अनुसन्धानमा कारमा एक जना मात्र सवार रहेको खुलेको प्रहरीले जनाएको छ । मृतकको पहिचान तथा दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

खोलामा कार खस्दा एक जनाको मृत्यु

अर्थमन्त्री डा. वाग्लेसँग भारतका विदेश सचिवको शिष्टाचार भेट

संरक्षण र स्थानीय समुदायको जीविकोपार्जनलाई सँगसँगै अघि बढाउनुपर्छः मन्त्री चौधरी

मन्त्री मेहतासँग जापानी राजदूत तोरुको शिष्टाचार भेट

आइजिपी कार्कीलाई कारबाही गरिएको होइन, जिम्मेवारी हेरफेर मात्रै गरिएको हो: प्रवक्ता पोखरेल

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति