काठमाडौँ। नेपाल भ्रमणमा रहनुभएका भारतका विदेश सचिव विक्रम मिश्रीले अर्थमन्त्री डा स्वर्णिम वाग्लेसँग शिष्टाचार भेटवार्ता भएको छ ।
मिश्रीले आज अर्थ मन्त्रालयमा मन्त्री वाग्लेसँग भेटवार्ता गर्नुभएको उहाँको सचिवालयले जनाएको छ । भेटमा उहाँहरूले दुई देशबीच आर्थिक सहकार्यका विभिन्न विषयमा छलफल गर्नुभयो । त्यस अवसरमा अर्थसचिव डा घनश्याम उपाध्यायसहित परराष्ट्र मन्त्रालय र मन्त्रालयका अधिकारीहरू सहभागी हुनुहुन्थ्यो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0