तिहारमा मौसम अनुकूल, पाँचै दिन देशका धेरै ठाउँमा घमाइलो हुने

पाविलन्युज

कार्तिक १९, २०८३

काठमाडौँ। यस वर्षको तिहारका पाँचै दिन देशका धेरै ठाउँको मौसम घमाइलो हुने भएको छ ।

पर्सि काग तिहारदेखि बुधबार भाइटीकाको दिनसम्म धेरै ठाउँमा मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

तिहार अवधिभर तराईका धेरै ठाउँमा मौसम सफा रहनेछ भने हिमाली तथा पहाडी क्षेत्रका थोरै ठाउँमा आंशिक बदली हुने महाशाखाको अनुमान छ।

No data was found

पश्चिमी वायुको सामान्य प्रभावका कारण हिमाली तथा पहाडी थोरै ठाउँमा हल्का वर्षा र हिमपात हुन सक्ने भए पनि त्यसको प्रभाव सामान्य रहने छ।

तिहार अवधिमा बिहानपख तराई, उपत्यका तथा खोँचका केही ठाउँमा हुस्सु र कुहिरो लाग्न सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।

देशभर ठूलो मौसमी प्रणालीको प्रभाव नदेखिने हुँदा पर्व मनाउन अनुकूल मौसम रहने मौसमविद्को भनाइ छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

साहित्यकारले विकृतिमाथि प्रश्न उठाउँदै सकारात्मक प्रयासलाई प्रोत्साहन गर्नुपर्छ : सभामुख अर्याल

धादिङमा बेलिब्रिज र पक्की पुल निर्माणको जिम्मा संघीय सरकारको : गगन थापा

गाजामा तीन लाख ५० हजार परिवार आवासविहीन, ४ लाख १० हजार घरमा क्षति

नेपाल र भारतबीचको सांस्कृतिक सम्बन्ध पुन: परिभाषित गर्न माग

एसिया कप राइजिङ स्टार्स : युएईविरुद्ध नेपालको सानदार जित

यो पनि पढ्नुहोस
पाविलन्युज