बैङ्किङ सङ्कटपछि पाराग्वेका राष्ट्रपतिको राजीनामा

राष्ट्रिय समाचार समिति

कार्तिक २१, २०८३

बैङ्किङ सङ्कटमा करिब ३० लाख निक्षेपकर्ताको बचत रकम रोकिएपछि चर्किएको जनआक्रोश र महाभियोगको दबाबबीच पाराग्वेका राष्ट्रपति सान्टियागो पेनाले राजीनामा दिनुभएको छ । संसद्ले राजीनामा स्वीकृत नगरेकाले उहाँ पदमै रहनुभएको छ भने महाभियोग प्रक्रिया अघि बढाइएको छ ।
पाराग्वेको केन्द्रीय बैङ्कले गम्भीर पुँजी अभाव देखिएपछि पेनासँग सम्बन्धित युएनो बैङ्क नियन्त्रणमा लिएको थियो । त्यसपछि पेन्सनभोगीसहित लाखौँ निक्षेपकर्ता आफ्नो रकम निकाल्नबाट वञ्चित भएका थिए । घटनापछि राजधानी असुनसियोनमा हजारौँ नागरिकले संसद् भवनबाहिर प्रदर्शन गर्दै रकम फिर्ता गर्न माग गरेका छन् । यसअघि प्रहरीसँग भएको झडपमा अश्रुग्यास र पानीको फोहोरा प्रयोग गरिएको थियो ।
बैङ्कमा पेनाको स्वार्थको द्वन्द्व र पदको दुरुपयोग भएको आरोपमा सांसदहरूले उहाँविरुद्ध सर्वसम्मतिले महाभियोग प्रक्रिया अघि बढाएका हुन् । राष्ट्रपतिले सामाजिक सञ्जालमार्फत जनतासँग माफी माग्दै निक्षेपकर्ताको बचत सुरक्षित राख्नु आफ्नो प्राथमिकता भएको बताउनुभएको छ ।
विवाद समाधानका लागि केन्द्रीय बैङ्कका अध्यक्ष कार्लोस कार्भालोको राजीनामा र निक्षेप फिर्ताका लागि पाँच दिनको समयसीमा तोकिए पनि जनआक्रोश मत्थर हुन सकेन । संसद्ले शुक्रबारदेखि महाभियोग सुनुवाइ गर्ने तयारी गरेको छ । राष्ट्रपति पद रिक्त भए उपराष्ट्रपति पेड्रो एलियानाले नेतृत्व सम्हाल्नुहुनेछ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

फुर्केखोला आइपुग्यो पन्टुन ब्रिज : भोलीबाट रंगरोगन, तिहार लगतैबाट जडान सुरु

एनपिएल : कर्णालीमाथि सुदूरपश्चिमको जित

सामाजिक सुरक्षा भत्ता हिनामिना प्रकरणमा पाँच जनाविरुद्ध मुद्दा दायर

रास्वपा नेता–कार्यकर्तालाई उच्च राजनीतिक चरित्र देखाउन सभापति लामिछानेको निर्देशन

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति