नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

राष्ट्रिय समाचार समिति

कार्तिक २१, २०८३

काठमाडौँ। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले बढेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक दुई दशमलव ६४ अङ्कले बढेर दुई हजार ६५५ दशमलव २२ मा पुगेको छ ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव १८ अङ्कले बढेर ४८० दशमलव १२ मा पुगेको छ ।
त्यस्तै फ्लोट सूचक शून्य दशमलव ५३ अङ्कले बढेर १८४ दशमलव ०४ मा पुगेको छ ।
त्यस्तै सेन्सेटिभ फ्लोट सूचक शून्य दशमलव ६८ अङ्कले बढेर १६२  दशमलव ७४ मा पुगेको छ ।
आज विभिन्न कम्पनीका एक करोड सात लाख १३ हजार ८४२ कित्ता शेयर रु तीन अर्ब ४६ करोड २० लाख ५९ हजार ३२३ मूल्यमा खरिद बिक्री भएको छ । तेह्र वटै उपसमूहमध्ये १२ उपसमूह बढेको छ भने एक उपसमूह घटेको छ ।
आज १५८ कम्पनीको शेयर बढ्यो भने  १०७ कम्पनीको शेयर घट्यो । त्यसैगरी १४ कम्पनीको शेयर स्थिर रह्यो । नेप्सेका अनुसार क्रेष्ट माइक्रोलाइफ इन्सुरेन्स, बेनी हाइड्रोपावर, राष्ट्रिय बिमा कम्पनी लगायतका लगानीकर्ताले कमाएका छन् ।
त्यसैगरी घोराही सिमेन्ट इन्डष्ट्रिज, नेपाल रिइन्सुरेन्स कम्पनी र कालिञ्चोक दर्शनलगायतका कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

फुर्केखोला आइपुग्यो पन्टुन ब्रिज : भोलीबाट रंगरोगन, तिहार लगतैबाट जडान सुरु

एनपिएल : कर्णालीमाथि सुदूरपश्चिमको जित

सामाजिक सुरक्षा भत्ता हिनामिना प्रकरणमा पाँच जनाविरुद्ध मुद्दा दायर

रास्वपा नेता–कार्यकर्तालाई उच्च राजनीतिक चरित्र देखाउन सभापति लामिछानेको निर्देशन

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति