एनपिएल : कर्णालीमाथि सुदूरपश्चिमको जित

राष्ट्रिय समाचार समिति

कार्तिक २१, २०८३

काठमाडौँ।  नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्समाथि ३९ रनको जित निकालेको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा सुदूरपश्चिमले दिएको १७७ रनको लक्ष्य पच्छाएको कर्णाली निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १३७ रनमा समेटियो ।
कर्णालीका लागि डेभिड मिलरले सर्वाधिक ९३ रनको योगदान दिए । उनले ५५ बलमा ५ चौका र ७ छक्काको मद्दतमा अविजित ९३ रनको योगदान दिए । उनको यस योगदान कर्णालीको जितको लागि प्रयाप्त हुन सकेन । उनलाई अन्य खेलाडीले राम्रोसँग साथ दिन नसक्दा कर्णाली पराजित हुन पुग्यो ।
त्यसैगरी कर्णालीका अर्का खेलाडी दीपक डुम्रेले १२ बलमा तीन चौका र एक छक्का प्रहार गर्दै १८ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।
बलिङतर्फ सुदूरपश्चिमका स्कट कुग्गेलेइनले दुई विकेट लिदा हेमन्त धामी, अनिल खरेल, दिपेन्द्र सिह ऐरी र अविनाश बोहोराले समान १र१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको सुदुरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७६ रनको योगफल बनाएको थियो ।
सुदूरपश्चिमको लागि सैफ जैबले सर्वाधिक ३५ रन बनाए । उनले २४ बलमा ४ चौका र १ छक्का प्रहार गरे । त्यसैगरी विनोद भण्डारीले २२ बलमा २७ रन जोड्दा ब्रान्डन म्याकमुलेनले १६ बलमा २४ रन बनाए ।
त्यस्तै इशान पाण्डेले २३ रन बनाए भने थारिन्दु रत्नायकेले अविजित २२ रन तथा स्कट कुग्गेलेइनले अविजित १३ रनको योगदान दिए ।
बलिङतर्फ कर्णाली याक्सका बलर मार्क वाटले ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिए । त्यस्तै नन्दन यादव, सूर्य तामाङ र हुसेन तलातले समान १र१ विकेट हात पारे ।
जितसँगै सुदुरपश्चिमले एनपिएलमा पाच खेलमा ६ अङ्क जोडेको छ । यसअघि पहिलो खेलमा लुम्बिनी लायन्ससँग ७ विकेट तथा तेस्रो खेलमा विराटनगरसँग ३५ रनले पराजित भएको सुदुरपश्चिम दोस्रो खेलमा पोखरा एभेन्जर्ससँग ६ तथा चौथो खेलमा चितवन राइनोजसँग ५ विकेटले विजयी भएको थियो ।
यता पहिलो खेलमा जनकपुर बोल्ट्सलाई १९ रनले पराजित गरेको कर्णालीले दोस्रो खेलमा विराटनगर किङ्सलाई ४ विकेटले पराजित गरेको थियो । त्यस्तै तेस्रो खेलमा भने कर्णाली काठमाडौँ गोर्खाजसँग ४ विकेटले पराजित भएको थियो । कर्णालीको ४ अङ्क छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

फुर्केखोला आइपुग्यो पन्टुन ब्रिज : भोलीबाट रंगरोगन, तिहार लगतैबाट जडान सुरु

एनपिएल : कर्णालीमाथि सुदूरपश्चिमको जित

सामाजिक सुरक्षा भत्ता हिनामिना प्रकरणमा पाँच जनाविरुद्ध मुद्दा दायर

रास्वपा नेता–कार्यकर्तालाई उच्च राजनीतिक चरित्र देखाउन सभापति लामिछानेको निर्देशन

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति