उत्तरी पाकिस्तानमा यात्रुवाहक भ्यान दुर्घटना, ११ जनाको मृत्यु

सम्बाददाता

कार्तिक २८, २०८३

उत्तरी पाकिस्तानमा एउटा यात्रुवाहक भ्यान सडकबाट नदीमा खसेर दुर्घटनाग्रस्त हुँदा ११ जनाको मृत्यु हुनुका साथै अन्य तीन जना घाइते भएको उद्धार अधिकारी तथा प्रहरीले शुक्रबार जनाएको छ ।

बिहीबार राति गिलगिट–बाल्टिस्तान क्षेत्रमा चालकले गाडीको नियन्त्रण गुमाउँदा दुर्घटना भएको स्थानीय प्रहरी अधिकारी मोहम्मद अफजलले बताउनुभयो ।

उद्धारकर्ताहरूले शुक्रबार सम्म खोजी र उद्धार अभियान जारी रहेको र भ्यानमा सवार ११ जनाको शव र तीन घाइतेहरुलाई नजिकैको अस्पतालमा लगिएको बताएका छन् । क्षेत्रीय मुख्यमन्त्री अमजद हुसेनले विज्ञप्ति जारी गर्दै उक्त सडक दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गर्नु भएको छ भने घाइतेहरूलाई आवाश्यक औषधि उपचार सुनिश्चित गर्न अधिकारीहरूलाई निर्देशन दिएको जनाइएको छ ।

No data was found

पाकिस्तानमा सडकको खराब अवस्था, ट्राफिक कानूनको अपर्याप्त कार्यान्वयन र असुरक्षित चालक अभ्यासहरूको कमिले विशेष गरी पहाडी क्षेत्रहरूमा सडक दुर्घटनाहरू पटक– पटक हुन गरेको बताइएको छ । गत हप्ता, पूर्वी पाकिस्तानमा बस र ट्रकको टक्कर हुँदा ११ जनाको मृत्यु भएको थियो भने अन्य ३३ जना घाइते भएका थिए ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

एनपिएलः काठमाण्डुलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा

नवनियुक्त चार न्यायाधीशद्वारा शपथग्रहण

कारले ठक्कर दिँदा एक जनाको मृत्यु

दोधारा चाँदनी झोलुङ्गे पुल भत्किएपछि होटल व्यवसाय प्रभावित

ट्रम्पद्वारा भान्सलाई घरेलु मुद्दामा केन्द्रित हुन निर्देशन

यो पनि पढ्नुहोस
सम्बाददाता