एनपिएलः काठमाण्डुलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा

राष्ट्रिय समाचार समिति

कार्तिक २८, २०८३

काठमाडौँ। सुदूरपश्चिम रोयल्स तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को प्लेअफमा प्रवेश गरेको छ । काठमाण्डु गोर्खाजलाई ७ रनले हराउँदै सुदूरपश्चिमले प्लेअफमा स्थानमा सुरक्षित गरेको हो ।

सुदूरपश्चिम जारी प्रतियोगितामा प्लेअफमा स्थान सुनिश्चित गर्ने दोस्रो टोली हो । यसअघि लुम्बिनी लायन्सले प्लेअफमा स्थान बनाइसकेको छ ।

आजको खेलमा सुदूरपश्चिमले दिएको १२६ रनको लक्ष्य पछ्याएको काठमाण्डुले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ११८ रन मात्र बनाउन सक्यो । काठमाण्डुका लागि राशिद खानले अविजित ३५, दुशान हेमन्थाले २१, साम हिजलेटले ११ र सन्तोष यादवले १० रन बनाए ।

No data was found

बलिङतर्फ सुदूरपश्चिमका लागि अनिल खरेलले दुई तथा स्कट कुग्लिन, फाबियन एलन र हेमन्त धामीले एक एक विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा छ विकेट गुमाएर १२५ रन बनायो । सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले अर्धशतकीय पारी खेले । उनले ५५ बलमा ५ चौका र २ छक्कासहित ६० रनको पारी खेले । जारी एनपिएलमा कप्तान ऐरीको यो पहिलो अर्धशतक हो ।

यस्तै, काठमाण्डुविरुद्ध थरिन्दु रत्नायकेले अविजित २६ र आरिफ शेखले १६ रन बनाए । बलिङतर्फ काठमाण्डुका लागि जहानदाद खानले ३ र सन्तोष यादवले २ विकेट लिए । आजै अर्को खेल चितवन राइनोज र जनकपुर बोल्ट्सबीच हुँदै छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

एनपिएलः काठमाण्डुलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा

नवनियुक्त चार न्यायाधीशद्वारा शपथग्रहण

कारले ठक्कर दिँदा एक जनाको मृत्यु

दोधारा चाँदनी झोलुङ्गे पुल भत्किएपछि होटल व्यवसाय प्रभावित

ट्रम्पद्वारा भान्सलाई घरेलु मुद्दामा केन्द्रित हुन निर्देशन

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति