कारले ठक्कर दिँदा एक जनाको मृत्यु

राष्ट्रिय समाचार समिति

कार्तिक २८, २०८३

चितवन।  कारले ठक्कर दिँदा आज एक जनाको मृत्यु भएको छ भने अन्य दुई घाइते भएका छन् ।
मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१५ की ३० वर्षीया पैदलयात्री पार्वती भुजेल रहेकी छन् । भरतपुर महानगरपालिका–१६ फुर्तिचोकबाट नाविनचोकतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०३४ च ९२२१ नम्बरको विद्युतीय कारले आज बिहान पैदलयात्री भुजेललाई ठक्कर दिएको थियो ।
ठक्करबाट घाइते भुजेलको उपचारका क्रममा  भरतपुर अस्पतालमा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक चन्द्रभूषण यादवका अनुसार सोही कारको ठक्करबाट अन्य दुई जना घाइते भएका छन् ।
घाइते दुई जना पैदलयात्रीको चितवन मेडिकल कलेजमा उपचार भइरहेको उहाँले जानकारी दिनुभयो ।  घाइतेको अवस्था सामान्य रहेको छ । कार र कार चालक प्रहरीको नियन्त्रणमा छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

एनपिएलः काठमाण्डुलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा

नवनियुक्त चार न्यायाधीशद्वारा शपथग्रहण

कारले ठक्कर दिँदा एक जनाको मृत्यु

दोधारा चाँदनी झोलुङ्गे पुल भत्किएपछि होटल व्यवसाय प्रभावित

ट्रम्पद्वारा भान्सलाई घरेलु मुद्दामा केन्द्रित हुन निर्देशन

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति