ट्रम्पद्वारा भान्सलाई घरेलु मुद्दामा केन्द्रित हुन निर्देशन

राष्ट्रिय समाचार समिति

कार्तिक २८, २०८३

 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उपराष्ट्रपति जे डी भान्सलाई इरान युद्धबाट ध्यान हटाएर भ्रष्टाचार र अपराधविरुद्धको अभियानमा केन्द्रित हुन निर्देशन दिनुभएको छ । मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले पराजय बेहोरेपछि युद्धको आर्थिक तथा राजनीतिक प्रभावबारे आलोचना बढिरहेका बेला ट्रम्पको यस्तो निर्देशन आएको हो ।
ट्रम्पले इरानसँग सम्झौता गर्न आवश्यक नरहेको दाबी गर्दै अमेरिकाले आफ्नो पैसा र हर्मुज जलघाँटीमाथि नियन्त्रण प्राप्त गरिसकेको बताउनुभएको छ । तर, आवश्यक परे इरानमाथि सैन्य आक्रमण पुनः सुरु गर्न आफू तयार रहेको उहाँले स्पष्ट पार्नुभएको छ ।
युद्ध अन्त्यका लागि वार्ताको नेतृत्व गर्नुभएका भान्सले निर्वाचनमा रिपब्लिकनहरूको पराजयको एउटा कारण इरान युद्ध भएको टिप्पणी गर्नुभएको थियो । यसैबीच, इरानका मुख्य वार्ताकार तथा संसद्का अध्यक्ष मोहम्मद बाघेर कालिबाफले अमेरिकाले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनमार्फत प्रत्यक्ष वार्ताका लागि पहल गरेको दाबी गर्नुभएको छ । अमेरिकाले भने यसबारे स्पष्ट प्रतिक्रिया दिएको छैन ।
उता, हर्मुज जलघाँटी आसपास तेल ट्याङ्करमाथि आक्रमणका घटना भइरहेका छन् । बेलायती सेनाका अनुसार पछिल्ला दिनमा कम्तीमा दुई ट्याङ्कर प्रक्षेप्य आक्रमणमा परेका छन् । यसले खाडी क्षेत्रको समुद्री सुरक्षा र ऊर्जा आपूर्तिबारे चिन्ता बढाएको छ ।

 

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

एनपिएलः काठमाण्डुलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा

नवनियुक्त चार न्यायाधीशद्वारा शपथग्रहण

कारले ठक्कर दिँदा एक जनाको मृत्यु

दोधारा चाँदनी झोलुङ्गे पुल भत्किएपछि होटल व्यवसाय प्रभावित

ट्रम्पद्वारा भान्सलाई घरेलु मुद्दामा केन्द्रित हुन निर्देशन

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति