इरानमा यात्रुवाहक बस दुर्घटना, मृतकको सङ्ख्या १० पुग्यो, १८ घाइते

राष्ट्रिय समाचार समिति

कार्तिक ३०, २०८३

इरानको पश्चिमी प्रान्त इलाममा शनिबार साँझ भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १० पुगेको छ भने १८ जना घाइते भएका छन् ।

अर्धसरकारी समाचार संस्था फार्सका अनुसार शनिबार स्थानीय समयअनुसार साँझ ७ः२५ बजे देहलोरान जिल्लाको दश्त–ए अब्बासबाट अब्दानान जिल्लाको मुर्मुरीतर्फ जाँदै गरेको बस दुर्घटनामा परेको थियो । बसमा देहलोरानस्थित एक पेट्रोलियम प्रशोधन कम्पनीका कर्मचारी सवार थिए ।

इलाम चिकित्सा विज्ञान विश्वविद्यालयको आपत्कालीन चिकित्सा सेवा विभागका प्रमुख मेहदी शाबानीका अनुसार दुर्घटनाको खबर प्राप्त हुनासाथ उद्धार टोली, १० वटा एम्बुलेन्स र एउटा एम्बुलेन्स बस घटनास्थलमा परिचालन गरिएको थियो ।

No data was found

दुर्घटनामा घाइते भएकाहरूलाई उपचारका लागि इलाम तथा छिमेकी खुजेस्तान प्रान्तका अस्पतालमा लगिएको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको अधिकारीहरूले बताएका छन् ।
दुर्घटनाको कारणबारे सम्बन्धित सरकारी निकायले अनुसन्धान गरिरहेको र विस्तृत विवरण पछि सार्वजनिक गरिने फार्सले जनाएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

एनपिएलः चितवन राइनोजविरुद्ध कर्णाली याक्सको जित

नेपाली समाजमा भावनात्मक एकता अभिवृद्धि गर्न छठको महत्वपूर्ण योगदान छः मुख्यमन्त्री थापामगर

पन्टुन पुल जडानको लागि पहँचमार्ग निर्माण र रंगरोगन हुँदै

इरानमा यात्रुवाहक बस दुर्घटना, मृतकको सङ्ख्या १० पुग्यो, १८ घाइते

सरकार सबै धर्म, संस्कृति र परम्पराको संरक्षणमा प्रतिबद्ध छः प्रधानमन्त्री

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति