नेपाली समाजमा भावनात्मक एकता अभिवृद्धि गर्न छठको महत्वपूर्ण योगदान छः मुख्यमन्त्री थापामगर

राष्ट्रिय समाचार समिति

कार्तिक ३०, २०८३

भक्तपुर। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले छठजस्ता मौलिक सांस्कृतिक पर्वले नेपाली समाजमा आपसी सहिष्णुता, भावनात्मक एकता र राष्ट्रिय गौरवको भावना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पु¥याउने बताउनुभएको छ ।
छठ पर्वका अवसरमा शुभकामना दिँदै मुख्यमन्त्री थापामगरले भन्नुभयो, “नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विविधताले भरिपूर्ण सुन्दर राष्ट्र हो । विविधताबीचको सुदृढ एकता नै हाम्रो मौलिक पहिचान र राष्ट्रिय शक्ति हो । छठजस्ता मौलिक पर्वले नेपाली समाजमा आपसी सहिष्णुता, भावनात्मक एकता र राष्ट्रिय गौरवको भावना अभिवृद्धि गर्न विशिष्ट योगदान पु¥याउँदै आएका छन् ।”
मुख्यमन्त्री थापामगरले छठ पर्व धार्मिक आस्थाको पर्व मात्र नभई सामाजिक सद्भाव, समानता, भाइचारा र प्रकृतिप्रतिको सम्मान अभिव्यक्त गर्ने विशिष्ट सांस्कृतिक पर्वसमेत भएको बताउनुभयो । तराई–मधेसबाट सुरु भई हाल हिमाल, पहाड र तराई सबैतिर उत्तिकै श्रद्धाका साथ मनाइने यस पर्वले मानव र प्रकृतिबीचको अटुट सम्बन्धलाई जीवन्त राखेको बताउँदै उहाँले राष्ट्रिय पहिचानसँग जोडिएका सांस्कृतिक सम्पदाको संरक्षणमा प्रदेश सरकारले अभिभावकीय भूमिका निर्वाह गर्ने बताउनुभयो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

एनपिएलः चितवन राइनोजविरुद्ध कर्णाली याक्सको जित

नेपाली समाजमा भावनात्मक एकता अभिवृद्धि गर्न छठको महत्वपूर्ण योगदान छः मुख्यमन्त्री थापामगर

पन्टुन पुल जडानको लागि पहँचमार्ग निर्माण र रंगरोगन हुँदै

इरानमा यात्रुवाहक बस दुर्घटना, मृतकको सङ्ख्या १० पुग्यो, १८ घाइते

सरकार सबै धर्म, संस्कृति र परम्पराको संरक्षणमा प्रतिबद्ध छः प्रधानमन्त्री

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति