पन्टुन पुल जडानको लागि पहँचमार्ग निर्माण र रंगरोगन हुँदै

सम्बाददाता

कार्तिक ३०, २०८३

धादिङ । धादिङका आठवटा पालिकालाई पृथ्वी राजमार्गसँग जोड्ने मलेखुस्थित फुर्केखोलाको पक्की पुल भदौ १० गते भोटेकोसी नदीमा बाढीले बगाएपछि पन्टुन ब्रिज (तैरिने पुल) जडान गर्ने काम तीव्र भइरहेको छ ।

अहिले पुलका पार्टहरूको मर्मत र रङरोगनको काम जारी छ भने पुलसम्म पहुँचमार्ग निर्माणको कामसमेत भइरहेको छ । धादिङका १३ वटा स्थानीय तहले पहल गरेर राजापुर सिँचाइ व्यवस्थापन कार्यालय, बर्दियाअन्तर्गत रहेको उक्त अस्थायी पुल फुर्केखोला ल्याएका हुन् । प्राविधिकहरूको सल्लाह अनुसार पन्टुनबाट पहिलो चरणमा हलुका सवारीसाधन र अत्यावश्यक सेवाका सवारी आगावमन गराइने छ । त्यसपछि मात्र भारी सवारीसाधन परीक्षण गरिने छ ।

तिहार अगाबै पुल आइपुगेको भएपनि अब बढीमा एक हप्ता समय लाग्ने अनुमान छ । पन्टुन ब्रिज नदी, खोला वा अन्य जलाशयमाथि पानीमा तैरिन सक्ने संरचनाहरू जोडेर निर्माण गरिने अस्थायी पुल हो । यसमा फलामे ड्रम, खोक्रा धातुका संरचना वा विशेष किसिमका तैरिने प्लेटफर्मलाई एकआपसमा जोडेर पुलको आधार तयार गरिन्छ ।

No data was found

वैकल्पिक मार्ग प्रयोग गरेर आवतजावत चले पनि मुख्य लाइफलाइन मानिने पुल बगाएपछि पछिल्लो ८० दिनदेखि पृथ्वी राजमार्ग, व्यस्त मलेखु बजार र धादिङका अन्य बजार आवतजावत कठिन छ ।

२०५६ सालमा निर्माण गरिएको फुर्केखोला पुल ११८ मिटर लम्बाइको स्टिल प्लेट गर्डर पुल थियो । प्रमुख पुल बगाएपछि धादिङका सर्वसाधारण अहिले वैकल्पिक सडकको भर पुर्नपरेको छ । साना तथा मालवाहक सवारी धादिङकै मासटार, गोरखा हुँदै आउजाउ गर्न मिल्ने विकल्प छ । कतिपय ठाउँमा हिलो र कच्ची रहेकाले वैकल्पिक सडकको यात्रा सहज भने छैन । पृथ्वी राजमार्गबाट मासटार–केउरेनी–पिपलटार–परेवाटार हुँदै धादिङबेँसी पुग्ने वैकल्पिक मार्ग सञ्चालनमा छ ।

 

 

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

एनपिएलः चितवन राइनोजविरुद्ध कर्णाली याक्सको जित

नेपाली समाजमा भावनात्मक एकता अभिवृद्धि गर्न छठको महत्वपूर्ण योगदान छः मुख्यमन्त्री थापामगर

पन्टुन पुल जडानको लागि पहँचमार्ग निर्माण र रंगरोगन हुँदै

इरानमा यात्रुवाहक बस दुर्घटना, मृतकको सङ्ख्या १० पुग्यो, १८ घाइते

सरकार सबै धर्म, संस्कृति र परम्पराको संरक्षणमा प्रतिबद्ध छः प्रधानमन्त्री

यो पनि पढ्नुहोस
सम्बाददाता