भोटेकोशी बाढी प्रभावित धादिङका नागरिकलाई न्यानो कपडा वितरण

पाविलन्युज

मंसिर २, २०८३

धादिङ । भोटेकोशी बाढीमा परी सदस्य गुमाएका र घरबार विहिन बनेका धादिङका नागरिकहरुलाई न्यानो कपडा उपलब्ध गराइएको छ । चिसो मौसममा जाडोबाट बच्न फाइबर सिरक र न्यानो कपडा वितरण गरिएको हो ।

नीलकण्ठ नगरपालिकाका ३३ जना, सिद्धलेक गाउँपालिकाका ५ जना र ज्वालामुखी गाउँपालिकाका २ जना गरी कुल ४० जनालाई फाइबर सिरक वितरण गरिएको हो ।

त्यसैगरी, नीलकण्ठ नगरपालिका–२ तिनघरेस्थित अन्नपूर्ण आधारभूत विद्यालयमा अध्ययनरत अभिभावकबिहिन र बाढी प्रभावित बालबालिकालाई सिरक तथा ज्याकेटसमेत वितरण गरिएको छ ।

No data was found

नेपाल पत्रकार महासंघ धादिङ, इन्सेक लगायत संस्थाहरुसंगको समन्वय र काठमाडौंको बानेश्वर निवासी ८२ वर्षीय भरतप्रसाद शर्मा, विष्णु तिमल्सिना, भगवान न्यौपाने र अश्वि (यमुना) शर्माको सहयोगमा उक्त सामग्री वितरण गरिएको इन्सेक प्रतिनिधि सीतराम अधिकारीले जानकारी दिनुभयो ।

बाढीका कारण परिवारका सदस्य गुमाएका तथा आर्थिक र पारिवारिक संकटमा परेका प्रभावित नागरिकले जाडो मौसममा न्यानो सिरक र कपडा पाएपछि खुसी व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

बहुविवाह र भवितव्य ज्यान मुद्दाका दुई फरार प्रतिवादी धादिङमा पक्राउ

धादिङमा बढी आयकर बुझाउने तीन करदाता सम्मानित

सुदूरपश्चिमलाई हराउँदै लुम्बिनी एनपिएलको फाइनलमा

सहकारी ठगी मुद्दामा नेपाली सहित सात जनालाई कैद र जरिवाना

करको दर होइन, आर्थिक गतिविधि बढाउनुपर्छ : मुख्यमन्त्री थापामगर

यो पनि पढ्नुहोस
पाविलन्युज