धादिङमा बढी आयकर बुझाउने तीन करदाता सम्मानित

राष्ट्रिय समाचार समिति

मंसिर २, २०८३

धादिङ। आन्तरिक राजस्व कार्यालय गल्छीले बढी आयकर दाखिला गरी राजस्वमा योगदान पु¥याउने तीन करदातालाई आज सम्मान गरेको छ ।

राष्ट्रिय कर दिवसका अवसरमा गल्छी गाउँपालिकाको सभाहलमा आयोजित कार्यक्रममा आर्थिक वर्ष २०८१/८२ को आय विवरणका आधारमा करदाता सम्मान गरिएको हो । सम्मानित हुनेमा बेनीघाट रोराङ गाउँपालिका–६ स्थित सदाज्योति सप्लायर्सका प्रोपाइटर उज्वल कुमार थपलिया, नीलकण्ठ नगरपालिका–३ स्थित स्रोत परिचालन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको तर्फबाट संस्थाकी अध्यक्ष कविता थापा र धुनीबेँसी नगरपालिका–५ स्थित एच।एस।मल्टी एग्रो प्रालिका सञ्चालक शिवहरि आचार्य रहेका छन् ।

सम्मानपत्रमा आर्थिक वर्ष २०८१/८२ को आय विवरणअनुसार बढी आयकर दाखिला गरी राष्ट्रिय विकासमा योगदान पु¥याएकाले सम्मान गरिएको उल्लेख छ । सम्मानित करदाताबाट अन्य करदातालाई समेत प्रेरणा मिल्ने अपेक्षा गरिएको छ ।

No data was found

‘कर न्याय र सुशासनको सुनिश्चितता : समृद्धिमा नागरिक सहभागिता’ भन्ने नारासहित आयोजित कार्यक्रममा गल्छी गाउँपालिकाका अध्यक्ष केदारनाथ खतिवडा, नुवाकोट उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजेन्द्र श्रेष्ठ तथा धादिङ उद्योग वाणिज्य सङ्घका प्रतिनिधिलगायतको सहभागिता रहेको थियो ।

कर दिवसकै अवसरमा बिहान गल्छी र बैरेनी बजारमा प्रभातफेरीसमेत गरिएको थियो । कार्यक्रममा करदाता, उद्योगी, व्यवसायी, बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि र विद्यार्थी सहभागी भएका थिए । राष्ट्रिय कर दिवसका अवसरमा आजदेखि ७ गतेसम्म धादिङमा करसम्बन्धी अन्तरक्रिया तथा अन्य कार्यक्रम सञ्चालन गरिने आन्तरिक राजस्व कार्यालय गल्छीका प्रमुख कर अधिकृत प्रेमप्रकाश शाहीले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

बहुविवाह र भवितव्य ज्यान मुद्दाका दुई फरार प्रतिवादी धादिङमा पक्राउ

धादिङमा बढी आयकर बुझाउने तीन करदाता सम्मानित

सुदूरपश्चिमलाई हराउँदै लुम्बिनी एनपिएलको फाइनलमा

सहकारी ठगी मुद्दामा नेपाली सहित सात जनालाई कैद र जरिवाना

करको दर होइन, आर्थिक गतिविधि बढाउनुपर्छ : मुख्यमन्त्री थापामगर

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति