सहकारी ठगी मुद्दामा नेपाली सहित सात जनालाई कैद र जरिवाना

राष्ट्रिय समाचार समिति

मंसिर २, २०८३

गण्डकी। कास्की जिल्ला अदालतले पोखराको इमेज बचत तथा ऋण सहकारी संस्थाको बचत रकम ठगी गर्ने उक्त सहकारीका तत्कालीन संस्थापक अध्यक्ष देवकुमार नेपालीसहित सात जनालाई कैद र जरिवानाको फैसला गरेको छ ।
अदालतका शाखा अधिकृत तारानाथ पोखरेलका अनुसार संस्थापक अध्यक्ष नेपालीलाई आठ वर्ष कैद सजया र रु. एक करोड २६ लाख २३ हजार जरिवाना तोकिएको छ । त्यस्तै सहकारीका सञ्चालक चित्रबहादुर भण्डारी र शक्ति किसानलाई जनही सात वर्ष कैद र रु. एक करोड २६ लाख २३ हजार जरिवानाको फैसला भएको उहाँले जानकारी दिनुभयो ।
अर्का प्रतिवादी निशा कार्की, भूमि भण्डारी, विष्णु पौडेल र विमला गुरुङलाई जनही छ वर्ष कैद सजाय र रु. २६ लाख २३ हजार जरिवाना तोकिएको शाखा अधिकृत पोखरेलले बताउनुभयो । जरिवानासँगै रु. १८ करोड ९६ लाख ५९ हजार बिगो माग भएको उहाँको भनाइ छ । न्यायाधीश चन्द्रप्रकाश तिवारीको एकल इजलासले गत कात्तिक १७ उक्त फैसला गरेको र फैसलाको पूर्णपाठ आउन बाँकी रहेको उहाँले बताउनुभयो ।
बचतकर्ताहरुले सहकारीका संस्थापक अध्यक्ष नेपालीलगायत १५ जना विरुद्ध गतवर्ष दायर गरेको अभियोगमाथि सुनुवाई गर्दै अदालतले उक्त फैसला गरेको हो । विसं २०७९ को स्थानीय तह निर्वाचनमा बागलुङको ढोरपाटन नगरपालिकाको प्रमुखमा निर्वाचित नेपाली बागलुङमा रहेको सोही नामको सहकारी ठगी प्रकरणमा विसं २०८१ असोजदेखि पुर्पक्षका लागि बागलुङ कारागारमा थुनामा हुनुहुन्छ ।
उहाँमाथि पोखरा र बागलुङमा रहेको इमेज बचत तथा ऋण सहकारी संस्थाको अर्बौँ रुपैयाँ हिनामिना पारेको आरोप छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

बहुविवाह र भवितव्य ज्यान मुद्दाका दुई फरार प्रतिवादी धादिङमा पक्राउ

धादिङमा बढी आयकर बुझाउने तीन करदाता सम्मानित

सुदूरपश्चिमलाई हराउँदै लुम्बिनी एनपिएलको फाइनलमा

सहकारी ठगी मुद्दामा नेपाली सहित सात जनालाई कैद र जरिवाना

करको दर होइन, आर्थिक गतिविधि बढाउनुपर्छ : मुख्यमन्त्री थापामगर

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति