धादिङको रुबीभ्यालीमा जीप दुर्घटना, १ जनाको मृत्यु, उद्दारमा कठिनाई

सम्बाददाता

मंसिर ४, २०८३

धादिङ। धादिङको उत्तरी क्षेत्रमा पर्ने रुबीभ्याली गाउँपालिका-४ बोराङस्थिय बतासे फेदीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु ब्गएको छ भने सात जना घाइते भएका छन् ।

बतासे दोभानमा एकादसी मेलाको पुजा गरेर लापातर्फ फर्किने क्रममा दुर्घटना हुँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको हो ।

रुबीभ्याली गाउँपालिकाका अध्यक्ष रामसिं तामाङका अनुसार दुर्घटनामा सात जना घाइते भएका छन् । २ जनाको अवस्था गम्भीर छ ।

No data was found

घटनास्थल दुर्गम गाउँमा पर्ने र वरपर मोबाइल नेटवर्क समेत नचल्ने भएकाले उद्दारमा पनि कठिनाइ भएको छ । राती करिब २ बजे अगाडि नै दुर्घटना भएपनि घाइतेलाई स्वास्थ्य संस्थासम्म पुर्‍याउन समस्या परेकोले नेपाली सेनाको हेलिकप्टर मार्फत उद्दारको प्रयास भइरहेको अध्यक्ष तामाङले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

धादिङको रुबीभ्यालीमा जीप दुर्घटना, १ जनाको मृत्यु, उद्दारमा कठिनाई

सुरक्षण मुद्रण केन्द्रद्वारा प्रधानमन्त्री राहत कोषमा एक करोड पाँच लाख सहयोग

साइबर तथा डिजिटल वित्तीय ठगीको उजुरी १२४७ मा गर्न सकिने

समाजलाई सबै प्रकारका भ्रमबाट मुक्त गर्नुपर्छः अध्यक्ष ओली

नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्नेमाथि आरोपपत्र दायर

यो पनि पढ्नुहोस
सम्बाददाता