समयमै आँखाको परीक्षण गराए डायबेटिक रेटिनोप्याथीका कारण हुने दृष्टि क्षति रोक्न सकिने

राष्ट्रिय समाचार समिति

मंसिर ६, २०८३

काठमाडौँ।  मधुमेह भएका व्यक्तिले नियमित आँखाको परीक्षण गराए डायबेटिक रेटिनोप्याथीका कारण हुने दृष्टि क्षति रोक्न सकिने नेत्र विशेषज्ञले बताएका छन् ।
नेत्र विशेषज्ञ डा रबा थापाका अनुसार मधुमेह पहिचान हुनासाथ चिकित्सकको सल्लाहअनुसार नियमित आँखाको परीक्षण गराउनु आवश्यक छ । डायबेटिक रेटिनोप्याथीले आँखाको पर्दा ९रेटिना० का रक्तनलीमा क्षति पु¥याउने भएकाले समयमै परीक्षण र उपचार गराए दृष्टिविहीन हुनबाट बच्न सकिने उहाँले बताउनुभयो ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार स्वस्थ आहार, नियमित शारीरिक क्रियाकलाप, सन्तुलित तौल र सुर्तीजन्य पदार्थको सेवन नगर्ने बानीले मधुमेहको जोखिम कम गर्न सकिन्छ । मधुमेहले आँखाका रक्तनलीमा क्षति पु¥याएर स्थायी दृष्टि क्षति तथा अन्धोपन निम्त्याउन सक्छ ।
सङ्गठनका अनुसार डायबेटिक रेटिनोप्याथी दृष्टि कमजोर हुने र अन्धोपन हुने प्रमुख कारणमध्ये एक हो । विश्वभर ३९ लाख मानिसमा यसका कारण टाढाको दृष्टि कमजोर हुने वा दृष्टिविहीनताको समस्या देखिएको छ भने १० करोड ३० लाखभन्दा बढी वयस्क यस अवस्थाको कुनै न कुनै रूपबाट प्रभावित छन् ।
डायबेटिक रेटिनोप्याथी सुरुआती अवस्थामा लक्षणविहीन हुनसक्ने भएकाले दृष्टिमा समस्या नदेखिए पनि मधुमेह भएका व्यक्तिले नियमित आँखाको परीक्षण गराउनुपर्ने डा थापाको भनाइ छ । रगतमा ग्लुकोजको मात्रा लामो समयसम्म बढी रहँदा आँखाको पर्दाका सूक्ष्म रक्तनलीमा क्षति पुग्ने र समयमै पहिचान तथा उपचार नभए दृष्टि गुम्न सक्ने चिकित्सकहरू बताउँछन् ।
मधुमेहको जोखिम कम गर्न नियमित स्वास्थ्य परीक्षण, चिकित्सकको सल्लाहअनुसार जीवनशैली व्यवस्थापन र आँखाको नियमित परीक्षण आवश्यक रहेको डा थापाले बताउनुभयो । उहाँले मधुमेह पहिचान हुनासाथ चिकित्सकको सल्लाहअनुसार आँखाको परीक्षण गराउन आग्रह गर्नुभयो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

साहित्यकारले विकृतिमाथि प्रश्न उठाउँदै सकारात्मक प्रयासलाई प्रोत्साहन गर्नुपर्छ : सभामुख अर्याल

धादिङमा बेलिब्रिज र पक्की पुल निर्माणको जिम्मा संघीय सरकारको : गगन थापा

गाजामा तीन लाख ५० हजार परिवार आवासविहीन, ४ लाख १० हजार घरमा क्षति

नेपाल र भारतबीचको सांस्कृतिक सम्बन्ध पुन: परिभाषित गर्न माग

एसिया कप राइजिङ स्टार्स : युएईविरुद्ध नेपालको सानदार जित

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति