प्रधानमन्त्री बालेन र मोदीबीच हैदराबाद हाउसमा भेटवार्ता सुरु

पाविलन्युज

मंसिर ७, २०८३

काठमाडौं । भारतको दुईदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह ९बालेन० र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता सुरु भएको छ ।

नयाँ दिल्लीस्थित हैदराबाद हाउसको निलगिरी हलमा दुई देशका प्रधानमन्त्रीबीच भेटवार्ता सुरु भएको हो । भेटवार्ताअघि भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री शाहलाई हैदराबाद हाउसमा स्वागत गरेका थिए ।

भेटवार्तामा नेपालका तर्फबाट अर्थमन्त्री डा। स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार, परराष्ट्र सचिव अमृतबहादुर राई र भारतका लागि नेपाली राजदूत डा। निश्चलनाथ पाण्डे सहभागी छन् ।

No data was found

त्यस्तै, भारतीय पक्षबाट विदेशमन्त्री डा। एस जयशङ्करसहित उच्च सरकारी अधिकारी सहभागी छन् ।

दुई प्रधानमन्त्रीबीचको भेटवार्तापछि नेपाल र भारतका प्रतिनिधिमण्डलबीच छलफल हुनेछ । त्यसपछि दुवै देशका प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री शाह भारतीय प्रधानमन्त्री मोदीले आयोजना गरेको दिवाभोजमा पनि सहभागी हुनेछन् । भ्रमणका क्रममा उनले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग राष्ट्रपति भवनमा शिष्टाचार भेट गर्ने कार्यक्रमसमेत रहेको छ ।

यसअघि सोमबार बिहान राष्ट्रपति भवनमा प्रधानमन्त्री शाहको सम्मानमा भारतीय सेनाको टुकडीले सम्मान गारत अर्पण गरेको थियो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

काठमाडौँलाई बस्न योग्य सहर बनाउने मन्त्री श्रेष्ठको प्रतिबद्धता

प्रधानमन्त्री बालेन र मोदीबीच हैदराबाद हाउसमा भेटवार्ता सुरु

सहिद स्मारकमा पर्यटकको आकर्षण

कार्कीले दायर गरेको रिटमाथि सुनुवाइ स्थगित

किएभ क्षेत्रमा रुसी आक्रमणमा १४ जनाको मृत्यु

यो पनि पढ्नुहोस
पाविलन्युज