विपद्पछिको पहिलो प्राथमिकता : उद्धारसँगै थप क्षती रोक्नुपर्छ

हिजो, भदौ १० गते रसुवाको भोटेकोशी–ल्हेन्दे खोला क्षेत्रमा आएको विनाशकारी आकस्मिक बाढीले नेपाललाई फेरि एउटा कठोर बज्रपात दियो । हिमालमा हुने विपद्को प्रभाव हिमालमै सीमित हुँदैन । केही मिनेटमै नदीको स्वरूप बदलिन सक्छ, सडक र पुल बग्न सक्छन्, सञ्चार सम्पर्क टुट्न सक्छ त्यसको असरको मापन हुन्न भन्ने पाठ सिकायो । नदीको तल्लो तटीय क्षेत्र हुँदै […]
जनताले नयाँ नेतृत्व खोज्नु पुराना नेताको अपमान होइन

लोकतन्त्रको सार परिवर्तनमा निहित हुन्छ । परिवर्तन बिना लोकतन्त्र जड बन्छ, औपचारिक बन्छ र अन्ततः जनताबाट टाढिँदै जान्छ । पछिल्लो समय नेपाली राजनीतिमा “जनताले नयाँ नेतृत्व खोज्नु पुराना नेताको अपमान हो” भन्ने भाष्य बारम्बार निर्माण भईरहेकोे छ । तर यो तर्क लोकतान्त्रिक मूल्य, राजनीतिक चेतना र समयको मागसँग मेल खाँदैन । वास्तवमा नयाँ नेतृत्वको खोजी […]
सामुदायिक शिक्षा सुधारमा राज्यको दायित्व

विद्यालयमा भौतिक पूर्वाधार शिक्षक र विद्यार्थी दुवैको मनोवैज्ञानिक तथा सिकाइ–प्रभावमा सीधा असर पार्ने भएकाले राज्यले भूकम्प–प्रतिरोधी भवन, सुरक्षित कक्षाकोठा, छात्र–छात्रा अलग–अलग शौचालय, स्वच्छ खानेपानी, ह्यान्डवाश, खेलमैदान, पुस्तकालय, प्राविधिक शिक्षा कक्षा, कम्प्युटर प्रयोगशाला सहितको दीर्घकालीन कार्यक्रम लागू गर्नुपर्छ ।