Wed. Nov 13th, 2024

लौ युवा सोच बदलौ

देवीप्रसाद अधिकारी

devi adhilakri
असिमीत क्षमता र अथाह सम्भाबना बोकेको थुवा शक्ति चलायमान हुदा देशको भविश्य नै अन्योलमा छ । यस्तो बिषम परिस्थितिमा राज्यले गहनरुपमा सोच्नु पर्ने हो । यद्यपि सम्बिधान निर्माणमानै  राज्य बिगत नौ बर्षदेखि अल्झिएको छ । यो बीचमा सरकारका अन्य अबयबहरु उत्तिकैरुपमा सक्रीय छन् तर पनि युवा पलायनको बारेमा भाषणमा बाहेक अन्त औपचारिक छलफल भएको सुन्नपाइएको छैन । यो बिडम्बनाको प्रतिफल कयौ बर्षसम्म यो देशले बेओर्नु पर्ने हो यकिन गर्न अप्ठेरो छैन ।

परराष्ट बिभाग, राहदानिफाँट, जिल्ला प्रशासन कार्यालय अनि बिमानस्थलमा लाग्ने भिड देख्दा एउटा सामान्य देशभत्त नागरिकको मन कुडिएको हुन्छ तर राज्यचलाउँछु भन्नेहरुको मनले के भन्ला । बुझ्न कठीन छैन । उनीहरुको सोच केवल आफू कमाउ, तीनपुस्ता बनाउ, मोज गर, बिदेश सयर गरमानै घुमेको छ । देश हाक्ने स्थिाइ र अस्थाइ सरकार कर्मचारी र नेता हुन । यी दुबैमा ती कलुसित मानशिकताले बास गरेपछि के लाग्दो रहेछ र ? आँतमा दरिलो विस्वास र मनमा दृढ इक्षा हुदाहुदै पनि कुनै युवाले आफ्नै देशमा केहि गर्छु भनेर देखेको सपना पुरा गर्न वातावरण छैन । दीगो राजनिति,  शान्ति, अमनचयन, र भरलाग्दो सुरक्षा ब्यबस्था नहुदा केहि गरेर आफ्नै माटोमा रम्न चाहने युवा सपना तेसै तुहिएको छ ।

सरकार नाटकीय निर्णय गर्छ । कृषि कर्जा लिन चाहनेलाई छ प्रतिसत ब्याजदर तोक्दछ । बैंकहरु न ब्याजदर घटाउछन् न सहजै कर्जा प्रबाह गर्दछन् । सरकार मल, बिउमा सहुलियत तोक्छ तर ब्यापारीहरु धमाधम हरेक बर्ष किसानको ढाडै भाच्ने गरी मूल्य बृदि गर्दछन् । काला बजारी कृतिम अभाव सृजना गर्छन् । सरकार लाचारी बन्छ ।  सडकमा कोकोहोलो भएपछि मात्र सुनेको जस्तो गर्छ । छापासम्म मार्ने लोकाचार पुर्याउछ । कारबाही गर्ने हिम्मत गर्दैन । त्यसैले यो प्रबृतिले दारिलो किला गाडेको छ । किसानी गरेरै छाक टार्नेलाई पनि यस्तो परिस्थितिले थिचेको छ । यस्तो देख्दादेख्दै युवा कसरी आकर्षित हुन्छन ? अनि कसरी कृषि ब्याबसायिक हुनसक्छ ?

शिक्षामा युवा सहभागिता अचम्मलाग्दो छ । नारीको संख्या ह्वात्तै बढेको छ । उच्च शिक्षालयका कक्षा कोठाहरुमा छात्रहरु देख्न मुस्कील पर्ला जस्तो भैसक्यो । पचासौ लाखको संख्यामा बिदेशमा श्रम बेचिरहेका युवा बढिमात्रामा उच्चशिक्षाको ढोकासम्म पुग्न पाएका छैनन् । हातमा प्रमाणपत्र बोकेकाहरु पनि खाडिमा नै महङ्गो पसिना सस्तो दाममा साट्न बिबश छन् । जन्मदै भाग्य पाएका जस्को पैत्रिक जेथा ठाउँमा छ, जस्को बाउबाजेले घुसखाने जागीर पाए, जस्को मामा, काका जस्ता आफन्त राजनिति गर्दछन्  त्यस्ताले पढ्ने कि त प्राबिधिक हो कि बिदेशी महङ्गो कलेज हो । जस्को लागत अधिक छ तर उस्को योगदान अर्कै भूमिको लागी हुन्छ । बुद्धिवान, क्षमतावान, धनवान, वलवान जति अरुलाई अनि बाँकिले देश धान्नु पर्ने । आइल, स्याट, जिआरी र जिम्याटमा न्यूनतम पनि स्कोर नपाउनेले उच्चशिक्षा अध्यापन गर्ने । राम्रो स्कोर ल्याए नेपाल नबस्ने । अनि शिक्षाको के हाल ?

उध्योग, वाणिज्य, ब्यापारमा जबसम्म युवाहरु आकर्षित हुदैनन् तबसम्म देशको अर्थतन्त्र दिगो र सुधार उन्मुख हुदैन । बढीभन्दा बढि रोजगारी सृजना गर्ने क्षेत्र उध्योग हो । एउटै उध्योगले लाखौ रोजगारी एकैपटक प्रदान गर्न सक्दछ । यति सानो देशमा दश बिश वटा ठूला उध्योग हुने हो भने बेरोजगारी समस्या स्वत टर्दछ । तर देशमा बारम्बार हुने बन्द, हड्ताल, चन्दा आतङ्क आदिे कारणले लगानिमैत्री वातावरण चाहिने जति बन्न सकेको छैन । शेष धले, उपेन्द्र देवकोटा, जीवा लामिछाने हरु नेपाली छोरा भएर उध्योगपति हुदा नेपाल आउँदा यो देशको भिसा लगाउनु पर्छ । टुरिस्ट बनेर कति दिन यहाँ उध्योग चलाउन् यीनले । एउटा युवा उध्योग चलाउने सपना देखेर बिदेशीभूमिमा मरिमेटेर आर्जन गर्दछ । जव उसंग उध्योग चलाउने पैसा हुन्छ तब उ बृद्ध भैसक्दछ । यो अर्को बिडम्बना हो । त्यसैले यस्ता व्याक्तिले उपार्जन गरेका अर्थले उनीहरुको मन भएर पनि यो देश बनाउन सजिलो छैन ।

अर्को पक्ष के छ भने यहाँका हामी युवाहरुमा गलत मनोविज्ञानको पनि हावि छ । हामी आफैले सृजना गर्न सक्ने साना उध्योग र स्वरोजगारी प्रति ध्यान नदिने वा सानो तिनो काम नगर्ने । बिदेशमा भए जे गर्न नि तयार हुने । हामै्र घर आँगन उपयोग गरेर छिमेकी देशका दाजुभाइहरु दाम मनग्गे कमाएर रमाइरहेका छन् । तर हामी त्यसको सम्मान गरी सीको गर्नुकोसाटो अपमान गर्दछौ । न्यून लगानीमा राम्रो प्रतिफल दिने स्वरोजगारी युवा बन्न चुक्दछौ । गरीव  घरको अर्थलाइ बाहिर पढाउँछौ ।

यसरी युवाहरु मातृ भूमी छोडी आफ्नो रोजिरोटीको लागि बिदेश सपार्ने गलत बाटो छोडेर यही केहि गर्छु भन्ने भावना नलिएसम्म र सरकारले पनि यस्को समयमानै उचित सम्बोधन नगरेसम्म देशले आर्थिक फड्को मार्ने छैन । यो ठोकुवा गरेर भन्न सकिन्छ ।

About The Author