Sat. Jul 27th, 2024

मेरी आमा, मृत्यु र म छोरी

राधिका सापकोटा

radhika sapkota
आमाको मुख हेर्ने दिन । बजारमा भिडमाड छ । धेरै चेलीहरु माइती जानका लागि हातमा झोला बोकेर आफ्नो यात्रामा लम्कि रहेका छन् । सायद आमासंग भेट गर्ने ठूलो चहाना छ उनीहरुमा । आज मसंग मेरो आमा त हुनु हुन्न तर उहाँका केही यस्ता संझना मसंग छन् जसले मलाई यो समाजमा हुने अन्याय र अत्याचारका विरुद्ध बोल्नका लागि प्ररित गरिरह्यो । मेरो सबै भन्दा ठूलो प्रेरणा मेरो आमाहुन् जसको जीवनलाई हेरेर मैले यो समाजमा हुने विभेदको विरुद्ध बोल्ने हिम्मत गरेको थिए । आमाको दिवसको रुपमा मनाईरहँदा संझिएको छु त्यो दिनलाई ।

आज भन्दा २०वर्ष अघि म १३,१४ वर्षको थिए । जतिखेर मसंग समाजलाई वुझ्ने र समाजको मुल्य मान्यतालाई विश्लेषण गर्न सक्ने क्षमता थिएन तर पनि के मेरो मनले वुझेको थियो भने समाजमा जे भएको छ त्यसमा न्याय र अन्यायको कुरा वुझ्थे । अन्यायको विरुद्ध वोल्न मन लाग्थ्यो , सहनगाह्रो हुन्थ्यो । त्यत्तिवेलापनिमहिला र पुरुषको विचमा हुने विभेद, धनि र गरिवको विचमा हुने विभेद र जातको आधारमा हुने विभेदलाई मैले धेरै नजिकबाट निगालेर हेरेको थिए । जसले मलाई धेरै पीडा दिएको थियो । त्यसको विरुद्ध वोल्न सक्ने हिम्मत त थिएन मलाई किनकी म छोरी मानिस थिए भने अर्कोतिर गरिव परिवारको छोरी । तर पनि सानै देखि अन्याय र अत्चार सहन हुदैन भन्ने मानसिकता म मा थियो । त्यत्तिनै वेला मेरो आमाको मृत्यु भयो । हामी ६ जना दिदि वहिनी मात्रै थियौं । हाम्रो दाजुभाई नभएकोले मेरो आमाको मृत्यु पछिको समय त्यत्ति सहज भएन । समाजमा ठुलो वहस र छलफल भयो, आमाको क्रियाको विषयलाई लिएर । मेरो २ जना दिदिहरुको विवाह भैसकेको थियो । वाँकी हामी सबै सानै थियौं । त्यसैले हामी समाजमा भएको त्यो वहसलाई टुलुटुलु हेर्दै थियौं । मलाई समाजको वहस मन परिरहेको थिएन किनकी त्यहाँ ठुलो छलफल थियो छोरा नभएको कारणले अबकसले क्रियागर्ने भन्ने विषयमा ।

त्यतिवेलाको समय सम्म नेपालमा छोरीहरुले आमाबाबुको क्रिया गरेका थिएनन् सायद, मैले सुनेको थिइन । तर पनि त्यो छलफल सुनिरहँदा मलाई एकदमै असह्रै भयो , छोरा पो छैन त तर हामी छोरी त छौनी किन यो समाजले हाम्रो वारेमा छलफल गर्दैन ? कसैले कुरा नउठाए पछि मैले भने “हाम्रो आमाको क्रिया हामी आफै गछौं । हामीलाई आमाले जन्माउनु भयो हुर्काउनु भयो त्यसैले उहाँको मृत्युपछि क्रिया हामीले गर्नुपर्छ अरु खेताला खोजेर क्रिया राख्न दिदैनौं हामी ।” मैले एकै सासमा यो कुरा भने । किनकी यति कुरा भन्नको लागि मैले ठुलै साहास जम्मागर्नु परेको थियो । मेरो कुराले त्यहाँ भैरहेको ठुलो छलफल रोकियो । एकछिन सबै चुपचाप भए । सबैले मुखामुख गर्न थाले । एकछिन कसैले मेरो कुराको बारेमा वोलेनन् । त्यसपछि एक जना गाउँमा भलादमीले वोले, अहिलेसम्म हामीले छोरीले क्रिया गरेको सुनेका छैनौं र हाम्रो कुनै शास्त्रले पनि छोरीले क्रिया गर्ने कुरा भनेको छैन त्यसैले हामी यो कहिनभएको कुरा हुन्छ भन्न सक्दैनौं । त्यसपछि यो विषयमा छलफल भयो तर सबैको कुरा उही थियो, छोरीले क्रियागर्न हुदैन ।

म पनित्यत्ति सजिलै मान्नेवाला थिइन, किनकी मलाई मेरो आमाको क्रिया मैले गर्न पाउनु पर्छ भन्ने नै थियो । त्यसैले मैले पनि ठुलो हिम्मत गरे, म छइन्जेल म मेरो घरमा मेरो आमाको क्रियागर्न अर्को मान्छेलाई दिन्न । म सानो थिए त्यसैले मलाई भन्न सजिलो थियो तर मेरो दिदिहरुको लागि यो समाजको मुल्य , मान्यता र संसकारले थिचेको थियो । मनमा लागे पनि उहाँहरु वोल्न सक्नु हुन्नथ्यो । वोल्न नसकेपनि मौन रुपमा मेरो समर्थन गरिरहनु भएको थियो । अबमलाई सम्झाउनेहरुको ताँती लाग्न थाल्यो । मलाई धेरै तर्कहरु दियो छोरीले क्रियागर्न नहुने कारणहरुबारे । सबै भन्दा ठुलो तर्क थियो भोली तिम्रो विवाह हुदैन । सेतो कपडा लगाएर क्रिया छोरी मानिस उसको श्रीमान मर्दा मात्रै वस्छ त्यसैले तिमीले अहिले यो गरेउ भने तिमीलाई कस्ले विवाह गर्छ । मैले प्रतिवाद गरे ठीकै छ यहिकारण मेरो विवाह भएन भने म विवाह नगरि वस्छु । तर पनि त्यो समाज मान्नेवाला थिएन । थुप्रै कुरा भयो अन्तिममा त्यसो भए अब छोरी क्रिया वस्ने घरमा हामी आउँदैनौं, हामी यो घरको दैलो टेक्दैनौं जे गर्नुपर्छ गर । समाजको निर्णय यो भयो । सायद मेरो बुबा पनि हामीले क्रिया गरोस भन्ने नै चाहानु हुन्थ्यो समाजले कुरा गरिरहँदा मेरो बुबा मौन हुनुहुन्थ्यो । यतिवेलासम्म बुबाले केहीभन्नु भएको थिएन ।

अब समाजको निर्णय हामीलाई वहिस्कार गर्नेतिर गएपछि सायद बुबाले वोल्नु पर्ने परिस्थीति आयो । बुबाले मलाई छुट्टै वोलाउनु भयो र रुदै भन्नु भयो तिमी सानु छौं, यो समाज यहाँको मुल्य मान्यता र संस्कारलाई वुझ्ने वेला भएको छैन, तिमीले चाहेको संसार अहिले हुदैन, कुनै दिन आउँछ तिमीले अहिले भनेको कुरा सहज हुन्छ तर अहिले यो समाजले यो कुरालाई पचाउन सक्दैन त्यसैले तीमिचुप वस्नु नै ठीक हुन्छ । सेतो लुगा नलगाउँदैमा केही हुदैन अरु सबै कुरा तिमीहरु गर आफ्नो आमाको लागि तर सेतो लुगा लगाएर वस्न अर्कोलाई नै देउ यसमा विवाद नगर । एकातिर आमाको मृत्युको चोट अर्कोतरक्रियागर्ने मान्छेको विषयमा वहस मैले बुबाको धेरै कुरात सायद बुझिन होला तर यतिवुझे मैले गरेको कुराले अब यो समाजले बुबालाई अप्ठेरो पार्छ त्यसैले बुबाले भन्नु भएको जस्तै कोठामा ढोका थुनेर चुप वसे । वाहिरको बहस विस्तारै सेलायो मेरो आमाको क्रियागर्नको लागि कोही एकजना तयार भए । उनको लागिदिने ज्यालाको निर्णय भयो । ज्यालामा मेरी आमको क्रियागर्नेमानिस तयार भयो । त्यत्तिखेर धेरै पीडा भयो मलाई कसैले ज्याला लिएर आत्मामा माया ममता नहुँदा पनि उसले गरेको क्रियाले काम हुने तर हामी उहाँले जन्माएका सन्तानहरु छोरी भएकै कारण क्रिया गर्न नमिल्ने र नहुने कस्तो हो यो नियम । तर पनि सबै चुपचाप सहनुको विकल्प थिएन म संग । सेतो कपडा लगाउने वाहेक अरु सबै काम हामीले पनि गर्यौं ।

अहिले २० वर्ष भयो त्यो दिन जुनदिन मेरो आमाको मृत्यु भएको थियो र पहिलो पटक मैले यो समाजको कुरीतिको विरुद्ध आवाज उठाएको थिए । तर मेरो बुबाले भन्नु भए जस्तै त्यो दिनआएको छ अहिले । थुप्रै छोरीहरुले अहिले आमा बुबाको क्रिया गर्न थालेका छन् । धेरै खुसी लाग्छ मलाई कुनै छोरीले क्रिया गरेको सुन्दा र देख्दा । अनि लाग्छ मैले हारे त्यत्तिवेला, मैले संघर्ष गर्न सकिन यो समाजको कुरीतिको विरुद्ध त्यसैले पश्चाताप लाग्छ मलाई आजपनि । सायद म अहिले जतिको हुन्थे, अहिले जति कुरा वुझ्ने हुन्थे भने लड्थे होलात्यो समाजसंग ।
सायद यो घटना एउटा प्रमुख घटना हो जसले मलाई आजमहिलाअधिकारको क्षेत्रमा काम गर्नको लागि प्रेरित गरिरहेको छ । महिलाहरु माथि हुने विभेदको वारेमा वोल्नको लागि प्रेरित गरिरहेको छ । आज आमाको मुख हेर्ने दिनतिनै आमाको संझनामा ……. ।

मेरी आमा, मृत्यु र म छोरी
आमाको मुख हेर्ने दिन । बजारमा भिडमाड छ । धेरै चेलीहरु माइती जानका लागि हातमा झोला बोकेर आफ्नो यात्रामा लम्कि रहेका छन् । सायद आमासंग भेट गर्ने ठूलो चहाना छ उनीहरुमा । आज मसंग मेरो आमा त हुनु हुन्न तर उहाँका केही यस्ता संझना मसंग छन् जसले मलाई यो समाजमा हुने अन्याय र अत्याचारका विरुद्ध बोल्नका लागि प्ररित गरिरह्यो । मेरो सबै भन्दा ठूलो प्रेरणा मेरो आमाहुन् जसको जीवनलाई हेरेर मैले यो समाजमा हुने विभेदको विरुद्ध बोल्ने हिम्मत गरेको थिए । आमाको दिवसको रुपमा मनाईरहँदा संझिएको छु त्यो दिनलाई ।

आज भन्दा २०वर्ष अघि म १३,१४ वर्षको थिए । जतिखेर मसंग समाजलाई वुझ्ने र समाजको मुल्य मान्यतालाई विश्लेषण गर्न सक्ने क्षमता थिएन तर पनि के मेरो मनले वुझेको थियो भने समाजमा जे भएको छ त्यसमा न्याय र अन्यायको कुरा वुझ्थे । अन्यायको विरुद्ध वोल्न मन लाग्थ्यो , सहनगाह्रो हुन्थ्यो । त्यत्तिवेलापनिमहिला र पुरुषको विचमा हुने विभेद, धनि र गरिवको विचमा हुने विभेद र जातको आधारमा हुने विभेदलाई मैले धेरै नजिकबाट निगालेर हेरेको थिए । जसले मलाई धेरै पीडा दिएको थियो । त्यसको विरुद्ध वोल्न सक्ने हिम्मत त थिएन मलाई किनकी म छोरी मानिस थिए भने अर्कोतिर गरिव परिवारको छोरी । तर पनि सानै देखि अन्याय र अत्चार सहन हुदैन भन्ने मानसिकता म मा थियो । त्यत्तिनै वेला मेरो आमाको मृत्यु भयो । हामी ६ जना दिदि वहिनी मात्रै थियौं । हाम्रो दाजुभाई नभएकोले मेरो आमाको मृत्यु पछिको समय त्यत्ति सहज भएन । समाजमा ठुलो वहस र छलफल भयो, आमाको क्रियाको विषयलाई लिएर । मेरो २ जना दिदिहरुको विवाह भैसकेको थियो । वाँकी हामी सबै सानै थियौं । त्यसैले हामी समाजमा भएको त्यो वहसलाई टुलुटुलु हेर्दै थियौं । मलाई समाजको वहस मन परिरहेको थिएन किनकी त्यहाँ ठुलो छलफल थियो छोरा नभएको कारणले अबकसले क्रियागर्ने भन्ने विषयमा ।

त्यतिवेलाको समय सम्म नेपालमा छोरीहरुले आमाबाबुको क्रिया गरेका थिएनन् सायद, मैले सुनेको थिइन । तर पनि त्यो छलफल सुनिरहँदा मलाई एकदमै असह्रै भयो , छोरा पो छैन त तर हामी छोरी त छौनी किन यो समाजले हाम्रो वारेमा छलफल गर्दैन ? कसैले कुरा नउठाए पछि मैले भने “हाम्रो आमाको क्रिया हामी आफै गछौं । हामीलाई आमाले जन्माउनु भयो हुर्काउनु भयो त्यसैले उहाँको मृत्युपछि क्रिया हामीले गर्नुपर्छ अरु खेताला खोजेर क्रिया राख्न दिदैनौं हामी ।” मैले एकै सासमा यो कुरा भने । किनकी यति कुरा भन्नको लागि मैले ठुलै साहास जम्मागर्नु परेको थियो । मेरो कुराले त्यहाँ भैरहेको ठुलो छलफल रोकियो । एकछिन सबै चुपचाप भए । सबैले मुखामुख गर्न थाले । एकछिन कसैले मेरो कुराको बारेमा वोलेनन् । त्यसपछि एक जना गाउँमा भलादमीले वोले, अहिलेसम्म हामीले छोरीले क्रिया गरेको सुनेका छैनौं र हाम्रो कुनै शास्त्रले पनि छोरीले क्रिया गर्ने कुरा भनेको छैन त्यसैले हामी यो कहिनभएको कुरा हुन्छ भन्न सक्दैनौं । त्यसपछि यो विषयमा छलफल भयो तर सबैको कुरा उही थियो, छोरीले क्रियागर्न हुदैन । म पनित्यत्ति सजिलै मान्नेवाला थिइन, किनकी मलाई मेरो आमाको क्रिया मैले गर्न पाउनु पर्छ भन्ने नै थियो । त्यसैले मैले पनि ठुलो हिम्मत गरे, म छइन्जेल म मेरो घरमा मेरो आमाको क्रियागर्न अर्को मान्छेलाई दिन्न । म सानो थिए त्यसैले मलाई भन्न सजिलो थियो तर मेरो दिदिहरुको लागि यो समाजको मुल्य , मान्यता र संसकारले थिचेको थियो । मनमा लागे पनि उहाँहरु वोल्न सक्नु हुन्नथ्यो । वोल्न नसकेपनि मौन रुपमा मेरो समर्थन गरिरहनु भएको थियो ।

अबमलाई सम्झाउनेहरुको ताँती लाग्न थाल्यो । मलाई धेरै तर्कहरु दियो छोरीले क्रियागर्न नहुने कारणहरुबारे । सबै भन्दा ठुलो तर्क थियो भोली तिम्रो विवाह हुदैन । सेतो कपडा लगाएर क्रिया छोरी मानिस उसको श्रीमान मर्दा मात्रै वस्छ त्यसैले तिमीले अहिले यो गरेउ भने तिमीलाई कस्ले विवाह गर्छ । मैले प्रतिवाद गरे ठीकै छ यहिकारण मेरो विवाह भएन भने म विवाह नगरि वस्छु । तर पनि त्यो समाज मान्नेवाला थिएन । थुप्रै कुरा भयो अन्तिममा त्यसो भए अब छोरी क्रिया वस्ने घरमा हामी आउँदैनौं, हामी यो घरको दैलो टेक्दैनौं जे गर्नुपर्छ गर । समाजको निर्णय यो भयो । सायद मेरो बुबा पनि हामीले क्रिया गरोस भन्ने नै चाहानु हुन्थ्यो समाजले कुरा गरिरहँदा मेरो बुबा मौन हुनुहुन्थ्यो । यतिवेलासम्म बुबाले केहीभन्नु भएको थिएन । अब समाजको निर्णय हामीलाई वहिस्कार गर्नेतिर गएपछि सायद बुबाले वोल्नु पर्ने परिस्थीति आयो । बुबाले मलाई छुट्टै वोलाउनु भयो र रुदै भन्नु भयो तिमी सानु छौं, यो समाज यहाँको मुल्य मान्यता र संस्कारलाई वुझ्ने वेला भएको छैन, तिमीले चाहेको संसार अहिले हुदैन, कुनै दिन आउँछ तिमीले अहिले भनेको कुरा सहज हुन्छ तर अहिले यो समाजले यो कुरालाई पचाउन सक्दैन त्यसैले तीमिचुप वस्नु नै ठीक हुन्छ । सेतो लुगा नलगाउँदैमा केही हुदैन अरु सबै कुरा तिमीहरु गर आफ्नो आमाको लागि तर सेतो लुगा लगाएर वस्न अर्कोलाई नै देउ यसमा विवाद नगर । एकातिर आमाको मृत्युको चोट अर्कोतरक्रियागर्ने मान्छेको विषयमा वहस मैले बुबाको धेरै कुरात सायद बुझिन होला तर यतिवुझे मैले गरेको कुराले अब यो समाजले बुबालाई अप्ठेरो पार्छ त्यसैले बुबाले भन्नु भएको जस्तै कोठामा ढोका थुनेर चुप वसे । वाहिरको बहस विस्तारै सेलायो मेरो आमाको क्रियागर्नको लागि कोही एकजना तयार भए । उनको लागिदिने ज्यालाको निर्णय भयो ।

ज्यालामा मेरी आमको क्रियागर्नेमानिस तयार भयो । त्यत्तिखेर धेरै पीडा भयो मलाई कसैले ज्याला लिएर आत्मामा माया ममता नहुँदा पनि उसले गरेको क्रियाले काम हुने तर हामी उहाँले जन्माएका सन्तानहरु छोरी भएकै कारण क्रिया गर्न नमिल्ने र नहुने कस्तो हो यो नियम । तर पनि सबै चुपचाप सहनुको विकल्प थिएन म संग । सेतो कपडा लगाउने वाहेक अरु सबै काम हामीले पनि गर्यौं ।

अहिले २० वर्ष भयो त्यो दिन जुनदिन मेरो आमाको मृत्यु भएको थियो र पहिलो पटक मैले यो समाजको कुरीतिको विरुद्ध आवाज उठाएको थिए । तर मेरो बुबाले भन्नु भए जस्तै त्यो दिनआएको छ अहिले । थुप्रै छोरीहरुले अहिले आमा बुबाको क्रिया गर्न थालेका छन् । धेरै खुसी लाग्छ मलाई कुनै छोरीले क्रिया गरेको सुन्दा र देख्दा । अनि लाग्छ मैले हारे त्यत्तिवेला, मैले संघर्ष गर्न सकिन यो समाजको कुरीतिको विरुद्ध त्यसैले पश्चाताप लाग्छ मलाई आजपनि । सायद म अहिले जतिको हुन्थे, अहिले जति कुरा वुझ्ने हुन्थे भने लड्थे होलात्यो समाजसंग ।
सायद यो घटना एउटा प्रमुख घटना हो जसले मलाई आजमहिलाअधिकारको क्षेत्रमा काम गर्नको लागि प्रेरित गरिरहेको छ । महिलाहरु माथि हुने विभेदको वारेमा वोल्नको लागि प्रेरित गरिरहेको छ । आज आमाको मुख हेर्ने दिनतिनै आमाको संझनामा ……. ।

 

About The Author

Loading...