उर्मिला कोइराला/
शनिबारको दिन कतै जाने योजना थिएन । घरमा आमा दिदी र म मात्रै थियौ । म टिभी हेर्दै थिए, आमा कपडा धुदै हुनुहुन्थ्यो भने दिदी ल्यापटप चलाउदै, एक्कासी टेलिभिजन बन्द भयो बत्ति पो गएछ, त्यसपछि घरै हल्लिन थाल्यो । उता आमा पनि कहिले बाथरुमको दायाँपट्टि त कहिले बायाँपट्टि त्यसपछि थाहा भयो भुकम्प जादैछ भनरे तैपनि आमा त्यहाँबाट निस्किएर बाहिर जान लाग्नु भयो तर धक्काले गर्दा जानै सक्नुभएन मैले पनि भित्र आउन भने र म भएकै ठाँउमा आउनुभयो के गर्ने र कसो गर्ने भनेर हामी आत्तिदै आफन्त साथीहरु सम्झिन थाल्यौ । भुकम्प आएको हो भन्ने थाहा हुदाँहुदै पनि बाहिर भाग्न मन लागेन वा सकिएन, बाहिर भागौ भन्दा घरै लडेर थिच्ला भन्ने पिर नभागौ भन्दा पनि पिर तैपनि भित्र ढोका समातेरै उभिरह्यौ म सर्गै आमा पनि ढोका समातेरै उभिरहनुभएको थियो, दिदी भित्रको ढोकामा । बुवा घर बाहिर हुनुहुँदो रहेछ पछि थाहा पाए । जिवनमा कहिल्यै यस्तो अनुभव भएको थिएन । अरु स्थानको समाचार हेर्दा पढ्दा त्यो क्षण कस्तो होला जस्तो लाग्थ्यो बल्ल अहिले आफूले भोगेपछि थाहा भयो, भुकम्प जाँदाको त्यो क्षण यति कहाली लाग्दो थियो नि अहिले सम्झदा पनि कहाली लाग्छ साँच्चै ।
भुकम्प जान छाडेपछि थरथर काप्दै घर बाहिर निस्कियौ, बाहिरको माहोल, हताहत भएका मानिसहरु, भत्किएका घर, ढलेको विजुलिको पोल, फाटिएको जमिन, पहिरो देखेर बाहिर निस्किएपछि झन डर थपियो । डरसंगै टाढा रहेका आफन्तहरुलाई सम्पर्क गर्न थाल्यौ तर कसैलाई पनि सम्पर्क हुन सकेन तैपनि सास रहुन्जेल आश भनेझै निरन्तर रुपमा सम्पर्क गर्ने प्रयास गरिरह्यौ, सम्पर्क भएका हरुलाई त्यताको स्थिति के छ भनेर जानकारी लिन थाल्यौ, एक तिर ढुक्क भयो अर्काे तिरकोले सताउने यसैगरी सम्पर्क गर्दै मनमा उब्जिएका अनेक शकां उपशकांलाई बेवास्ता गर्ने प्रयास गर्देमा समय बिति रहेको थियो भने छिनछिनमा आइरहने भुकम्पको धक्काले मनै गह्रुगो बनाईरहेको थियो । यस्तै बिचबिचमा सुनिने बिभिन्न स्थानको दुखद समाचारले झन मन बिचलित भएको थियो । आफु र आफ्नो परिवार सकुशल भएतापनि मनमा हुनै हर्ष थिएन आफ्नो देशको रुवाईसगंै आफ्नो मन पनि रोइरहेको थियो । विभिन्न स्थानमा भएको अकल्पनिय मानविय क्षति, अनि कहिले धरहरा नै नरहेको समाचार, कहिले बसन्तपुर अनि कहिले स्वयम्भु, कहिले भक्तपुरमा भएको क्षतिको समाचारले मेरो मनै विक्षीप्त बनायो । यसले गर्दा हामी सारा नेपालिका मन रोइरहेको छ निरन्तर । भुकम्प गएपछि घरभित्र छिर्ने आट कसैसंग थिएन । कतिबेला भुकम्प आउने हो पत्तै नहुने जसका कारण हरेक कुराबाट सुरक्षा दिने घर नै असुरक्षित सावित भैदियो । किनभने आफ्नो ज्यान भन्दा ठूलो अरु केहि रहेनछ भन्ने कुरो त्यसपछि थाहा भयो । भुकम्प गएको पहिलो दिन आमाले जसो तसो घरभित्रै खाना बनाउनु भयो तैपनि हामी खाना खान भित्र जान सकेनौ र बाहिरै बसेर खाना खायौ । रातभर घरअगाडीको खाली ठाउँमा पालमुनि जागाराम बसेउ । अब त भुकम्प नआउला भन्यो आइहाल्ने यस्तै त्रासमै रात बित्यो तर भुकम्प आउन छोडेन । बिहान डराउदै घरभित्रै गयौ खाना पनि खायौ । फोन सम्पर्क पनि नहुने समाचार हेर्न सुन्न पनि नपाईने भएपछि अवस्था झन नाजुक बन्न थाल्यो । यस विचमा अनेक हल्ला सुन्दै त्रासमै समयहरु वित्न थाल्यो तर भुकम्पको धक्का आउन छोडेन । राजधानीमै भएपनि भुकम्पकै कारण हरेक सञ्चार माध्यमबाट टाढा थियौ हामी तर कहिलेकाही भने पत्रिका पढ्न पाइन्थ्यो तर पढ्नै मुश्किल हुन्थ्यो मन छियाछिया हुन्थ्यो । जुन पेज हेरेपनि भुकम्पले पु¥याएको क्षतिभन्दा अरु कुनै समाचार हुदैन थियो ।
भुकम्प आउन छोड्ला र धादिङ जाउला भन्दाभन्दै डर त्राससगंै ३ दिन काठमाडौमै बित्यो तर भुकम्प आउन छोडेन, घरतिर (धादिङ)को खबर सुन्दा कहिले पुगौ भएको थियो तर के गर्नु मन भएर मात्र नहुने रहेछ । भुकम्प गएको चौथो दिन सबैजना घर जाने तयारी गर्न थाल्यौ, घर जाने भनेपछि अरुबेला खुशि हुने म त्यो दिन किनकिन नजान पाएपनि हुन्थ्यो भैरह्यो तैपनि खुट्टा कमाउदै घर जानको लागि बस चढ्न माछापोखरीतर्फ लाग्यौ । मनमा अनेक खयालहरु आउथ्यो अनि घर नजाउ जस्तो हुन्थ्यो बाटो सम्झँदा मन आत्तिन्थ्यो अनि जादाँजादै भुकम्प आयो भने भनेर मन झनै डराउथ्यो । जब माछापोखरी पुगे मन अलि हल्का भयो किनभने त्यहा धादिङ जाने कुनै पनि सवारी साधन थिएन । एकछिन त्यहि वरपर हेरेर फर्कने भन्दै थियौ एउटा माइक्रोबस हामी भएकै ठाउँमा आयो र कन्डक्टरले धादिङ धादिङ भन्दै कराउन थाल्यो त्यसपछि फर्कने कुरै भएन प्रतिव्यक्ति १ सय ८० रुपैयाँ पर्ने रुटमा त्यो दिन प्रतिव्यक्ति ५ सय रुपैयाँ तिरेर धादिङ आयौ । मनमा एउटा कुरामात्रै आउथ्यो कहिले घर आईपुग्ला । बाटोमा देखिएको दृश्यहरुसगै मनमा अनेक कुराहरु खेलिरहेको थियो । बाटोमा कतै कतै पहिरो गएको रहेछ, कतै सवारीसाधन बिग्रिएको रहेछ जसका कारण जाम पनि भयो जाममा सवारी रोक्दा पहिरो आएर मिच्ने पो होकी भन्ने डर पनि थियो मनमा । बाटोमा जेजे देखिएपनि कहिले घर पुगौ मात्रै भएको थियो । बल्ल बल्ल आइपुगियो तर घर थिएन घर जान भनेर त आइयो तर घरै छैन एकछिन त अलजिल्ल परियो के गर्ने गर्ने जता हेरेनि उस्तै छ समस्या, कसैको घर ठाडो छैन । कयौ बर्षैदेखि छुट्टिएर बसेको परिवारहरुको भान्साघर नै एउटै भएको रहेछ । ७ वटा घर बाहेक अरु सबै घर भत्किएपनि मानविय क्षति भएको छैन भन्ने त थाहा थियो तैपनि आफ्नै आखाँले सैबलाई देखेपछि बढी खुशि लाग्दो रहेछ । आफ्नो ठाउँमा नभएपनि आसपासका ठाउँका धेरै जनाले अकालमै ज्यान गुमाएको सुन्नु पर्दा भने दुख लागेको छ ।
अगुल्टो देख्दा तर्सेको कुकुर विजुलि चम्कदा पनि तर्सन्छ भन्थे हामीलाई पनि त्यस्तै भएको छ, रोडमा गाडी गुड्दा, केही डयाङग गरेको आवाज आउँदा भुकम्पनै आयोकी झै लाग्छ अचेल अनि झसगं भईन्छ । हाम्रो दूर्भाग्य भनौ या मौसम कहिलेकाही असिना पानि आउछ, कहिले आकाशमा विजुली चम्किन्छ, कहिले हावाहुरी आउछ अनि ओत लागेको पाल उुडाइदिन्छ, एउटा मात्र समस्या भएपो बाच्ँने आश जता हेरेनी समस्या मात्रै राहत दिने केहि छैन प्रकृतिसंग कस्को के लाग्दो रहेछ र कहिलेकाही त यत्तिकै मरिन्छकी जस्तो पनि लाग्ने । प्रकृतिले त रुवायो रुवायो स्वयम मानवले नी छाडेनन् दिन त बित्छ जब रात छिप्पिदै जान्छ अनि चोरी आतंकले मन डराउछ । खै कहिलेसम्म बाच्ँनु पर्ने हो यसरी ?