Sat. Jul 27th, 2024

भुईँचालोले उचालेको मन

शारदा शर्मा

saradha sharma

२०७२ साल १२ गते शनिबार, करिब डेढसय मान्छेको ज्यान लिएर समकक्षी धरहरा डङ्‌रङ्गै लडेको शोकमा होला, घडीको सुई ११ स् ५६ मा टक्क रोकिएछ घण्टाघरमा।नरहरिजी र म सतुङ्गलको सडकमा थियौं त्यतिखेर–एउटा धार्मिक अनुष्ठानमा भाग लिन मातातिर्थ बैकुण्ठधामतिर जाँदै थियौं। तिव्र गतिमा गुडिरहेको मोटर अचानक असन्तुलित भयो। सिसा बाहिर हेर्दा मनमा यत्तिकै लाग्यो- केही अस्वाभाविक भएको छ। गाडी पञ्चेट पो भयो कि? रूखो हावा हुरी चल्न थाल्यो, फुङ्ग धुलो उड्न थाल्यो एकैछिनमा। आकाश अचानक अमिलो अँध्यारो र चिसो भयो। सडकमा हिँडिरहेका मान्छेका चेष्ठा अनौठा देखिए। सामान्य किसिमले हिँडिरहेका मान्छे अचानक छिटोछिटो सल्बलाउन थाले। कतिपय दुवै हात फैलाएर कराउँदै कुद्न थाले, वरपरका भुस्याहा कुकुर पनि कुदे। हिँडाइमा सन्तुलन मिलिरहेको थिएन, बत्तिरहेका देखिन्थे मान्छे। अत्तालिएर बेस्मारी दगुरिरहँदा पनि ती एकैठाउँ घुमिरहेका थिए, टाढा पुग्न सकेका थिएनन्।

सन्तुलन मिलाउन नसकेर एकजना हाम्रा अघि सडकमै ढले। पोलमा झुण्डिएका बिजुली र टेलिफोनका काला तारहरु बेपत्तासँग झुत्ति खेलिरहेथे। मोटरभित्र उचालिएको, निफनिएको अनुभव गरिरहेथ्यौं हामी सबै। अगाडि पर धुलाम्य आकाशमा बाक्लै चरा उडेका देखिए। वातावरण त्रासलाग्दो, अत्यासलाग्दो बन्यो क्षणभरमै। मन सन्न भयो मेरो।
के भएछरु अलमलमै मेरो मुखबाट प्रश्न निस्क्यो। भुईंचालो ‘ निकै ठूलो आएजस्तो छ’ एकाएक सतर्क भए ड्राइभर मदन र स्टार्ट बन्द नगरी गाडी रोके सडक छेऊ। गाडीको सिसा खोले। ढकढक ढकढक गर्दै दायाँ बायाँ बेस्मारी हल्लिरह्यो गाडी कोक्रो जस्तै( निकैबेरसम्म। रोकिँदै नरोकिने। हामी प्रश्नवाचक आँखाले एकले अर्कालाई हेरिरह्यौं। सबै गम्भीर थियौं। मेरो मन खुल्ल भयो। छोरी अनामिकालाई सम्झेँ। सानेपा गएकी हिजो बेलुकीदेखि नै आएकी थिइन्। बजारतिर त गइनरु फोन लगाएँ, सम्पर्क भएन। मन आत्तियो। आत्तिएका चिच्याएका मान्छेको आवाज सँगसँगै एउटा अत्यासलाग्दो ध्वनि चारैतिर व्याप्त थियो( शायद भुईँचालोको हुँदो हो। सडकबाट देब्रेतिर पर आकाशमा देख्यौं सबैले ( माथि माथिसम्म धुलाम्य छ। छारो उडिरहेछ धुवाँजस्तै। मदनले भने- ‘गाउँ नै भत्केजस्तो छ।’घरघरबाट निस्केर एकैछिनमा मान्छे जम्मा हुन थालिसकेका थिए सडकको बीचमा। बालुवा गिट्टी थुपारेका खाली ठाउँहरू मान्छेले भरिए। सबैको अनुहारमा आतङ्क र त्रास देखिन्थ्यो। अलि अगाडि सडक छेउ काँचो ईंटाको एउटा घर भत्केछ, धुलो उडिरहेथ्यो।
हल्लन केही कम भएपछि गाडी अघि बढाए मदनले। मातातीर्थ जाने ठाउँ सोध्दै नेपाल टेलिकमको अफिस भएको ठाउँबाट भित्री बाटोमा छिर्यौं। जमीन काँप्न बन्द भएको थिएन। बाटामा घरका कौशीबाट प्यारापीठ वाल भत्केर सडकमा इँटा खसेका देखिए, पर्खाल भत्केका देखिए। सडकछेऊ पूराना अरू केही माटाका घर ढलेका थिए। पर्खालहरू लडेका थिए सर्लक्कै।

कार्यक्रममा आएकाहरुको भागाभाग भैसक्यो ‘घर भत्किरहेछन् दाइ माथि नजानुभए हुन्छ’, एउटा मोटरसाइकल नजिकै आयो, पछाडि सवार एकजनाले छेउमै आएर बाबालाई भने।हामी भने फर्केनौं। यहाँसम्म आइपुगियो, पुगौं न एकपल्ट भन्दै माथि उक्लिरह्यौं। बाटामा भएका मान्छे तनावमा देखिन्थे। यो अपर्झट आएको बिपत्तिमा गाडीमा फर्फराइरहेको झण्डाले भने मलाई पिरलो भइरह्यो। कस्तो बेला आइएछरु कसरी फर्कने होला? जङ्गलको फेदीमै रहेछ मन्दिर( सेतो रङ्गको। वरपर हरियो बाक्लो बन। सेतो कमीज सुरूवाल लगाएका पदम श्रेष्ठ लगायत सुन्तले वस्त्रमा सजिएका स्वामीजीहरु पर्खेर बसिरहनुभएको। केही भक्तजनहरु बोगतामा प्रसाद खाँदैथिए। महिला थिए धेरै। धेरैजसो त आत्तिएर घर फर्किसकेछन्। संजोगै भन्नुपर्छ, यो महाविपत्तिको बेला केही गुरूजन र धर्म भीरु सज्जनहरुसँग बैकुण्ठधाममा बसेर भजन किर्तन गर्‍यौ हामीले। पारिपट्टिको घना जङ्गलमाथिको आकाश रूनलागेझैं अँध्यारो देखियो। एकाएक चिसो न चिसो भएको थियो मौसम(हिउँ परेजस्तो। टिनको छानो भएको बडेमाको खुला हलको स्टेजमा हामी चकटीमा बसेका थियौं। बारम्बार शक्तिशाली धक्का आइरहेकै थिए। ढकढक ढकढक गर्दै टीन र त्यसलाई बाँधेको फलामको सम्पूर्ण संरचनालाई हल्लाइरहेथ्यो कम्पनले। मान्छे जुरुक्क उठ्थे डरले र नारायण नारायण भन्दै बाहिरतिर दौडन्थे। उद्घोषक घनश्याम खतिवडा सम्झाइरहेथे भक्तजनहरू१ नारायणको स्थापना गर्ने बखत पृथ्वीमा कम्प भएको छ। भगवानले हामी सबैको रक्षा गर्नुहुनेछ। नडराउनुहोला ! सुरिलो स्वरमा स्पष्ट शुद्ध उच्चारण गर्दै हार्मोनियम बजाइरहेकी युवती भावमा डुबेर गाउँदै थिइन्( श्रीकृष्ण गोविन्द ‘हरे मुरारे’ हे नाथ नारायण वासुदेव ! त्यहाँ भएका हामी सबैले थपडी बजाउँदै उनीसँग स्वर मिसायौँ। डर केही कम भएजस्तो लाग्यो। एकसय आठवटा भरिएका जलका ताम्र घडा थिए स्टेजको डिलमा- टलक्क टल्केका।

यही कम्पायमान वातावरणका बीच बत्ती बाल्नुभयो दुवै पानसमा नरहरिजीले। त्यहीं उत्पत्ति भएको शिवलिङ्गको पूजा प्रतिष्ठा पनि गर्नुभयो। संक्षिप्त रूपमा कार्यक्रम सकेर हामी केही तल बाटैमा रहेको टीआर भट्ट काकाको घरमा छिर्‍यौ। बैतडीका भट्ट काका दम्पति मेरो बुवा मम्मीका चिर परिचित हुनुहुन्छ। २०१२ सालतिर बुवाले आफ्नो गाउँमा खोल्नुभएको त्यस भेगकै पहिलो पाठशालामा स्वयम्‌सेवी शिक्षक भएर काम गर्नुभएको मान्छे। १६ वर्षको हुनुहुन्थ्यो रे त्यतिखेर, बुवा २१ वर्षको। महा भूकम्पको दिन मध्यान्नको भोजन उहाँहरुको घरमा, पहिलो तलामा रहेको डाइनिङ् हलमा गर्‍यौ हामीले। मेच हल्लिरहेकै थिए, टेबल थर्किरहेकै थियो। भेजिटेरियन खाना मीठो थियो, तर मन अशान्त भएकाले राम्ररी स्वाद लिनै सकिएन। सबै कुरा बारीमै फलेको भनिरहनुभएको थियो काकी( मासको दाल, कोइरालो र अमलाको अचार, गाजरको पराठा। नरहरिजीसँग भने उहाँहरुको पहिलो भेट थियो यो। म यसअघि एकपल्ट बुवा र मम्मीसँग आएकी थिएँ यहाँ। खाइसकेपछि बैठकमा बस्यौं हामी, फोटोका एल्बम ल्याउनुभयो उहाँहरुले। काकीले त्यहीं रसबरी ल्याउनुभयो। मैले भनें- कति मान्छेको बिजोग भयो होला, हामी चाहिं मिठाईं खाने र? खान त पर्‍यो नि बाँचुञ्जेल……….काकाले विस्तारै भन्नुभयो।

त्यहाँ बसुञ्जेल भूकम्पका धक्काहरु निरन्तर आइरहे। ठूलै थिए धक्काहरू। घर घटटट गरी हल्लिरहेथ्यो। मनमा डर लागिरह्यो मलाई। कौशीमा निस्केर काठमाडौंतिर हेरेँ, कति क्षति भयोहोला ?
खै धरहरारु आँखाले चूपचाप खोजे। कसैले माथि मन्दिरमै भनेको थियो- धरहरा भत्किसक्यो।
एउटा अलि ठूलो धक्कामा म तर्सेर भाग्न खोज्दा नरहरिजीले भन्नुभयो- पृथ्वी जतासुकै हल्लिरहेछ, भागेर कता जान्छौ?
म फेरि बसें।
काका काकी फोनमै व्यस्त हुनुहुन्थ्यो। अमेरिकाबाट फोन गरेका छोरालाई आफू सकुशल रहेको बताउनुभयो काकाले। मोबाइल फोन राखेर काकी चिन्तित हुँदै आउनुभयो( हाम्रो भाउज्यूको दौडेर भाग्न खोज्दा खुट्टा भाँचिएछ, अस्पताल लगेको छ रे।
फर्कने बेला आफ्नै बोटमा फलेको अमलाको एक सिसी अचार र बडाबडा दुईमुठा लसुन मोटरमा हालिदिनुभयो काकीले। दुई बज्न लागेको थियो दिउँसोको।
फर्कँदा हामीले गाडीको झण्डा छोप्यौं। मोटरहरू चल्न छाडिसकेका थिए धेरैजसो। आक्कलझुक्कल केही मोटरसाइकल विस्तारै गुडिरहेथे।
सडकको मध्य भाग मान्छेले भरिएको थियो। देखें( कलङ्की आउनुअघि दायाँतर्फ सडक छेउ ढलान गरेको एउटा नयाँ घर बडो नराम्रोसँग भत्केको छ। कोही त पुरिएनन्रु मनमा यत्तिकै आयो।
अरू पनि केही पुराना घर भत्केका देखिए बाटामा। बाटाछेउ केही अस्पतालबाट बिरामीहरू बेडैसहित बाहिर सडकमा ल्याइएका थिए। सेतो कोट लगाएका हातले सलाइनहरु उचालेका देखिन्थे। भीडले गर्दा कलङ्की आइपुग्न समेत गाह्रो भयो। यद्यपि संयमित थियो भीड, शालीनतापूर्वक बाटो छाडिदिएका थिए सबैले।
कलङ्की चोक मान्छेको समुद्रजस्तो देखिन्थ्यो। वरपका अग्ला घरबाट निस्केर तिनले सडकको बीचभाग पूरै छोपिसकेका थिए। मान्छे आउने क्रम निरन्तर जारी थियो।
म छक्क परेँ( कति धेरै मान्छे रहेछन् यी घरहरुमारु धन्न राति गएनछ भूइँचालो।
हामी बालाजु जाने रिङ्‌रोडतिर लाग्यौं। सडकभन्दा दायाँ बायाँको खाली ठाउँमा पनि त्यत्तिकै मान्छे थिए, कोही बसिरहेथे, धेरै यताउति गरिरहेका। कसैले म्याट हालेका थिए, कोही भुईँमै । चारैतिर हेरेँ। सडक छेउका घर खासै भत्केका देखिएनन्।
हलचोकको प्रहरी चौकी पनि केही भएको थिएन। त्यो भन्दा अलि अघि बढेपछि भने पुलनिर फेरि निकै भीड देखियो। दाहिनेतिर सडकको तीन चारतले घर खण्डहर भएछ इँटा, माटो, डण्डी र कंक्रिटको थुप्रो। प्रहरी थिए भत्केको घरमाथि टुप्पामा, शायद पुरिएका मान्छे खोज्दै थिए। दुईजना प्रहरीले सेतो तन्नाका टुप्पा समातेर एकजनालाई पुरूषलाई झ्याईँकुटी पार्दै ल्याइरहेथे सडकमा।
जीन प्याण्ट र मोटा बूट लगाएका दुवै खुट्टा माथि ठडिएका थिए, टाउको सेतो कपडा भित्र थियो तल्तिर झुण्डिएको, कपडा रगतले लछप्पै। मैले हेर्न सकिनँ। टाउको चेपिएको हुनुपर्छ, मरिसकेको हो किरु कसको छोरो होलारु मन सन्न भयो। सडकछेउमा त होइन, भित्रभित्रका घरहरू भत्केछन्, प्रहरीहरू चारैतिर थिए।
मृत्यु मातम जस्तो देखिन्थ्यो वातावरणमा, एउटा अप्रत्यासित आइलागेको आतङ्क चारैतिर व्याप्त थियो। यस्तो समय खण्डलाई ज्योतिषहरू के भन्दा हुन्रु
सशस्त्र प्रहरी भने चारैतिर छ्याप्छयाप्ती थिए उद्धारमा जुटेका। कति छिटो आएछन्रु मन धन्य भयो तिनका प्रति। कतिपय मान्छेले सरकार कतै देखिएन पनि भने यतिखेर, तर यी प्रहरीहरु सरकारकै अङ्ग त थिए।
बालाजु कटेपछि माछापोखरी आउनुअघि ट्राफिक जाम रहेछ, केहीबेर रोकियौं। मन्त्रीको नम्बरप्लेट भएको गाडी, मान्छेलाई आक्रोश हुने हो किरु मन डराइरह्यो मेरो। घर पुग्न मात्रै पाए पनि हुने।
अगाडि बसपार्कको पुल भत्केको त होइनरु सोधें मदनलाई।
पीएसओ रमेश अघिल्तिर के भएछ भनेर हेर्न निस्के।
पुल भत्केको होइन रहेछ, माछापोखरीका निकै घरहरु भत्केछन्, बायाँतर्फ भग्नावशेषको राश थियो। बालाजु बाइपासको चोकैमा खाल्डोमा बनेको लालीगुराँस गेष्ट हाउस लेखेको निकै अग्लो घर मूला उखेलिएझैं गरी अघिल्तिर ढल्केको देखेँ। त्यसले अरु घरहरूलाई पनि क्षति पुर्‍याएछ। त्यही हेर्नेको भीड रहेछ। एकछिनपछि ट्राफिक खुल्यो।
त्यति छिटो, स्थानीय युवाहरुले बडो राम्रोसँग व्यवस्थापन गरिरहेथे ट्राफिक। मान्छे तनावमा थिए निश्चय नै, तर कोही उत्तेजित र आक्रोशित थिएन।
पुलपारि बसपार्क अघिल्तिरका केही अग्ला लजहरु पनि भत्केछन्, हेर्नेहरुको ताँती थियो सडकको दायाँ बायाँ । मातातीर्थबाट महाराजगञ्जसम्म चक्रपथै चक्रपथ आउँदा बाटाभरीमा सबैभन्दा बढी हानि पुगेको ठाउँ यही देखियो( बालाजुको बाइपास र बसपार्क वरपरका घर।
अग्ला अपार्टमेन्टहरुको स्थिति के भयो होलारु आँखा बसुन्धरा र धापासीतिर बनेका ठूला घरतिर गए, ती निकै चर्केका देखिए माथिसम्मै, भत्केर लडेकै त रहेनछन् कमसेकम। मान्छेले भाग्ने समय त पाए होलान् नि१ मनमनै सोचेँ।
कतिपय सडकछेउका सामान्य घर टहरा भने केही भएका थिएनन्, जस्तासम्म खसेको थिएन तिनको। अचम्म लाग्यो।
यसपछि पनि दिनदिनै ठूला साना धक्का गइरहे। यद्यपि मान्छेलाई बानीपर्दै गइरहेको थियो। सामान्य हुँदै गएको थियो जनजीवन। मान्छे विस्तारै घरभित्र पस्न थालेका थिए, तलामा उक्लन थालेका थिए। अकस्मात १८औं दिनमा बाह्र बजेर ५० मिनेट जाँदा फेरि आएको ७।४ रेक्टरस्केलको शक्तिशाली पराकम्पले १२ गतेको भूकम्पकै सम्झना गराउने गरी सडकमा उतार्यो।
चौरमा बितेका रात
घरभित्र सुत्न आँट आएन। १२ गतेको धक्कापछि चाररात सुतियो आँगनको कटेरीमा। १८ गतेको पराकम्पनपछि पुनस् ओछ्यान बोकेर यहीं आइपुगिइको छ। टोलभरीका सबै खुला ठाउँमा आएका छन् फेरि। पैंतीसवर्ष अघि यो इलाकाभरीको पहिलो नयाँ सिमन्टीले बनेको घर हो हाम्रो । आफैंले बनाएका थियौं। माटाको गाह्रो छ भुईंतलामा। दुइकोठा भए पनि आफ्नैमा बस्ने भनेर थोरै पैसामा बनाएको त्यतिखेर, जग पनि धेरै थिएन। अनामिका दुइहप्ताको छुट्टी लिएर घर आएकी, बैशाख १२ गते भुईंचालो जाँदा घरभित्र एक्लै रहिछ तल्लोतलामा, बाथरुमभित्र। मूल ढोकासम्म जसोतसो आइछ, तर कोरिडरका दुवै भित्ता घरी यता र घरी उता गरेर उसको टाउकोमा ठोकिंदा रहेछन्। बल्लतल्ल बाहिर निस्केकी ऊ फूलको क्यारीमा गाडेका बाँसका टाट्ने माथि लडेर रगतपच्छे भइछ। धेरै नै आतङ्कित थिई, निकैदिन घरभित्र छिरिन। घरभित्र जाँदा भुईंचालो आएजस्तो हुन्छ, रिंगटा लाग्छ भन्थी। एक हप्ताको छुट्टी थपिदिएको थियो उसलाई अफिसले। पालभित्र बसीबसी मोबाइल स्क्रोल गरिरहन्थी चूपचाप, केही निकट साथीभाइ र परिवारजनसंग उठाएर तत्काल दुइअढाई लाख जम्मा गरी। उसको अफिसले भने ट्याक्स मिनाहा हुने कारणले कुनै चिनिएको संस्थालाई रकम दिन चाह्यो, उसले रेडक्रसमा जम्मा गरिदिन अनुरोध गरी। आफ्नो खातामा जम्मा भएको पैसाले नजिकका केही भग्न गाउँहरुसम्म सानोतिनो राहत पुर्याएर उसले आफ्नो नागरिक जिम्मेवारी केही हदसम्म भए पनि निर्वाह गरी। फर्केर जाँदा मनको कुनामा सानो सन्तोष बोकेर गएकी थिई। मातातीर्थबाट फर्केदेखि नै बाबालाई ज्वरो आएको थियो । भूकम्पको दोस्रो दिन पनि ज्वरो थियो, स्वर पनि ठ्याप्पै बसेको। फ्लेक्सन खाएर ऊ भत्केका घर र मान्छे मरेका ठाउँमा जान भनी निस्क्यो। तल बैठकको सानो खाट बाहिरै लगेर सुतायौं उसलाई दोस्रो दिनदेखि। जमीन जति नै हल्ले पनि केही खसेर पुर्दैन भन्ने कुरा नै ठूलो सान्त्वना थियो। हाम्रो आँगनमा गाडेको पालमा छिमेकीहरु पनि आफ्नो अनुकूलमा आएर बसे यी केहीदिन। गेट खुलै राखेका थियौं । यद्यपि आँगनको ठूलो रुखबाट त्रास अनुभव गरे कतिपयले।
करिब बीस बाइस ठाउँमा पाल टाँगेर बसे हाम्रा छिमेकीहरु गणेशबस्तीमा यी केही दिन। घरभित्र बस्न अधिकांश डराए। डा। ध्रुवचन्द्र गौतम पनि बाहिरै बस्नुभयो। हामीले सबैलाई पाल पुर्याउन पनि सकेनौं, सबैले आ(आफ्नो तरिकाले जोहो गरे, कसैले गुनासो गरेन। पहिलो रात त पानी परेन, दोस्रो रातमा भने गड्याङ्गुडुङ् र पानीले सतायो सबैलाई।
नर्सरी चलाउनेहरुले फूललाई जोगाउन बनाएका प्लाष्टिक मुनि बस्न दिए मान्छेलाई। बाहिरै पकाएर खाए धेरैले। आ(आफ्ना घर र कोठामा सीमित रहेर काममै सधैं भागाभाग गरिरहेका मान्छेलाई आफ्ना छिमेकी र सँधियारलाई चिन्ने मात्र होइन तीसंग एउटै ओतमुनि सुतेर सुख दुस्खका बात गर्ने अवसर दिएको थियो भुईंचालोले, जाउलो बाँडेर खाने अवसर दिएको थियो। खासगरी युवाहरुको निस्वार्थ सक्रियता हेर्न लायक थियो सबैतिर। आफूले नखाई नसुती तिनले सक्पुगेजति सेवा गरे सबैको।

यस्तो बेलामा पनि आतङ्क फैलाउनेहरु सक्रिय भएको देख्ता चाहिं हैरानै भयौं। नौ दश रेक्टरको भुईंचालो जान्छ, प्रलय हुन्छ, कोही बाँच्दैन, नासाले भविष्यवाणी गरेको आदि आदि कुरा फैलाए एकथरीले। निरन्तर डरलाग्दा धक्काहरु गैराखेको अवस्थामा यस्ता समाचार आतङ्क बोकेर आउँथे। सुत्केरी, बृद्धबृद्धा, बालबालिका बरु चौरमा रुझेर बसे, तर कोही घरभित्र छिरेन। सरकारले बन्द भएका बिजुली र टेलिफोन सेवा क्रमशस् उपलब्ध गरायो। अघिपछि नआएको पानी पनि धारामा आयो यतिखेर। यस्तो अत्यासलाग्दो बेलामा सञ्चारमाध्यमका सम्वाददाताहरु जतासुकै पुगेर भुकम्पको क्षतिको निरन्तर रिपोर्टिङ् गरिरहे, छापाहरु सधैं निस्के। सूचना दिने धर्म निर्वाह गर्नुका साथसाथै तिनले मान्छेलाई हौसला दिने र आशा जगाउने काम पनि गरे। संसारभरीका नेपालीहरुले आ(आफ्नो क्षमता र रुचि अनुसार आफ्नो मातृभूमिलाई कुनै न कुनै रुपमा सघाए यो समय।  फोहर उठाउने मान्छे केही दिन आएनन्, तर सबैले आफ्नो घरको फोहर आफैं व्यवस्थापन गरेकै कारणले होला, यो अवधिमा सडकमा कतै फोहर देखिएन । अघिपछि बरु स(साना निहुँमा सडकमा फोहर थुप्रिन्थ्यो। राष्ट्रिय अस्तव्यस्तताको फाइदा उठाएर सांगठनिक रुपमै ठुल्ठूला चोरी डकैती भएको पनि थाहा पाइएन। नेपाली समाजको सकारात्मक पक्ष थियो यो।

स्वयम्‌सेवा र उद्धार

सीमित स्क्याभेटर थिए काठमाण्डौंमा। कैयौं भत्केका घरभित्र पुरिएका मान्छे खोज्नुपर्ने स्थिति थियो। म भाइ जीवनलाई लिएर मोटरसाइकलमा शहरको स्थिति हेर्न भनेर हिंडें एकदिन। धरहरा, टुँडिखेल, नयाँ सडक, इन्द्रचोक,भोटाहिटी, सोह्रखुट्टे, माछाबजार,गोंगबु, बसुन्धराजस्ता बढी प्रभावित ठाउँमा भत्केका घर र त्यहाँ भैरहेको उद्धारकार्य पनि हेर्दै हिंडिरहेथ्यौं । एकठाउँमा जीवनले लगेर देखाए मलाई( सोह्रखुट्टेबाट कालीमाटी जाने लिंक रोडमा ) पलङ्मा सुतिरहेका मान्छेका हात ढलानमुनि च्यापिएका देखिइरहेथे। मेरो मन कटक्क भयो ।यो देखेर तिनका आफन्तको मुटु चिरिएन होलारु पुरिएर च्यापिएर मर्दै गरेका परिवारजन र बालबच्चाको क्रन्दन सुनेर पनि केही गर्न नसक्ताको पीडा कस्तो हुँदो योरु स्क्याभेटर एउटै थियो र त्यसले छेवैको अर्को घर खोतलिरहेको थियो। पर्खन पर्ने थियो तिनले। धेरैसमयपछि उद्धार हुँदा मान्छेको बाँच्ने सम्भावना सकिएर जान्छ। हामी तमासा हेर्नेहरुको भीडले केही गर्न सक्तैनथ्यौं। त्यतिखेर मलाई लाग्यो- पुरिएका मान्छे पत्ता लगाउन सक्ने र तिनलाई सकेसम्म छिटो निकाल्न सक्ने उपकरण र त्यसो गर्न आवश्यक सीप भएको जनशक्ति अत्यधिक आवश्यक हुने रहेछ यस्तोबेलामा। र त्यो अत्यन्त अपर्याप्त थियो। दूर दराज विकट गाउँघरमा त झन मान्छे घरले मात्र होइन, पहाडै खसेर पुरिएका थिए, माथिबाट खसेका ढुङ्गाले थिचेको थियो धेरैलाई। तिनको उद्धारको स्थिति झन कस्तो होलारु यो सोच्दा मन भित्रैबाट दुख्यो।
कतिपयका निम्ति भने रोमाञ्चक तमासा बनेको पनि देखियो भुईंचालो। दुइचारपोका चाउचाउ बाँड्दै सामाजिक सञ्जालमा फोटा टाँस्ने काम धेरै भयो। एउटा टिकट काट्ने बन्दोबस्त मिल्नेबित्तिकै संसारका कुना कुनाबाट मान्छे स्वयम्सेवा गर्ने भन्दै नेपाल पनि आए। कतिपयले त एयरपोर्टबाटै हामीलाई सेवा गर्न दिइएन भनेर घुर्क्याए पनि रे। सेवा गर्न जान सरकारसंग हेलिकप्टर माग गरे भनेको पनि सुनें। संसारभरीका मान्छेको प्रेम र सहानुभूतिलाई अन्यथा भन्न खोजिएको होइन। तर यो विपद्को स्थितिमा अदक्ष स्वयमसेवी भीडको व्यवस्थापन आफैं समस्या हुनसक्थ्यो ।
विपत्तिमा परेकालाई साँच्चिकै उद्धार गर्न सक्ने र तिनलाई विशेषज्ञ सेवा दिन सक्ने सीप भएका मान्छेको आवश्यकता थियो। प्रशस्त राहत दिन सक्ने मन र स्रोत भएकाहरु, आफैं खटेर काम गर्न सक्नेहरु चाहिएका थिए। भग्नावशेषबाट पुरिएकालाई निकाल्ने, सुरक्षित ठाउँमा जनतालाई पुर्याउने, प्रभावित ठाउँहरुमै अस्पताल स्थापना गरेर औषधि उपचार गर्ने, अवरुद्ध भएका बाटा खोल्नेहरु नै यस्ता विपत्‌मा सबैभन्दा बढी आवश्यक हुने रहेछन्। पीडित ओसार्ने हेलिकप्टरमा आफैं घुमेर सनसनीखेज समाचार बनाउनेहरु, लगेको राहतभन्दा बढी खर्च गाडी र कर्मचारीको सुविधामा सक्नेहरु र आफ्नै प्रचार गर्ने लगायत छेउमा उभिएर तमासा हेर्नेहरुको योगदान खासै महत्वको हुन सक्तैनथ्यो । निजी लहडमा जहाज र हेलिकप्टर लिएर आउनेहरुको भीडले हाम्रो भएको एउटै विमानस्थललाई अस्तव्यस्त पार्ने कुरा त थियो नै, त्यसमा क्षति पुग्ने सम्भावना पनि त्यति नै थियो। नेपालको लाइफ लाइन त्यही एउटै हवाइस्थल त छ यो समय।
सेवाकै भावना लिएर जुटेकाहरुले भने, सरकारी सुविधा नखोजिकनै, ठूला कुरा नगरीकनै टाढा टाढा दुर्गम ठाउँहरुमा समेत आफ्नै बूतामा गएर आफूले सकेको गरे, गरिरहेकै छन्।
जुद्धशमशेरको चिटठी
९० सालको भुईँचालोमा जुद्धशमशेरले जनताका नाममा लेखेको चिठीको खुबै प्रचार भयो यतिखेर। मैले पनि पहिलोपल्ट पढें। एकजनाले त लेखै लेखे( जुद्धशमशेरजस्तो प्रधानमन्त्री चाहियो। किन हो, हामीलाई काट्ने र मार्ने जस्ता उग्र कुराहरु प्रिय लाग्छन। यतिखेर पनि हामी हुकुमप्रमाङ्गी जस्ता कुरा खोज्छौं। भूकम्पमा कालोबजारी गर्ने बेपारीलाई काटिदिने जुद्धशमशेरको जस्तो आदेश प्रजातन्त्रमा कुनै सरकारले दिन सक्तैन । प्रजातन्त्रमा सरकारले दोषीलाई सुधार्न सकिन्छ भनेर विश्वास गर्छ, गर्नुपर्छ। त्यतिखेर जुद्शमशेरले नयाँ सडक र धरहरा बनाए। यतिखेर सरकारले मुलुकभरकै ध्वस्त भएका संरचनाहरु बनाउनु छ, त्यो पनि जवाफदेही किसिमले। जुद्धशमशेरको समयमा कुनै नेपालीले सरकारले दिएको राहत पुगेन वा राहत वितरणमा अन्याय भयो भन्न पायोहोला र? यतिखेर जुद्धशमशेरको बयान गर्न सजिलो छ। नेपालको स्वाभिमानी जनता भएर जुद्धशमशेर भोग्न सजिलो भएको भए यति धेरै मान्छे नेपालको प्रजातान्त्रिक लडाईंमा लाग्ने थिएनन्, ज्यानको बाजी मार्ने थिएनन्। राणाहरुका कारिन्दा र दासहरुलाई त त्यतिखेरै पनि राम्रै थियो। कृष्णप्रसाद कोइरालाले चन्द्रशमशेरको जागीर खाएकै थिए, गणेशमान सिंह काजी खलककै थिए। तर किन कृष्णप्रसाद लगायत उनका सन्तान र गणेशमान आफैं विद्रोहको पहिलो पङ्क्तिमा उभिए?यतिखेर कमसेकम प्रभावित सबैठाउँमा पुगेर सरकारले गरेन, हेरेनस यसो गर्नुपर्यो उसो गर्नुपर्यो भनेका छन्, भन्न पाएका छन् मान्छेले। सरकारले बाध्य भएर पनि जनताका कुरा सुन्नपर्ने अवस्था छ।

नकारात्मक भूमिका र आत्मप्रचार
नेपालमा सहयोग गर्न चाहनेलाई निरुत्साहित गर्ने काममा जानेर नजानेर नेपालीहरु नै संलग्न भए यो समय। मुलुकलाई घाटा लाग्नेगरी गलत सूचनाहरु फैलाए एकथरीले। प्रधानमन्त्री विपद् कोषको बारेमा बेलाइतबाट निस्कने टेलीग्राफ जस्तो पत्रिकाले समेत गलत सूचना सम्प्रेषण गर्यो र यो कोषमा राहत नपठाउन मान्छेलाई उक्सायो। सरकारले भने वास्तविक स्थिति राम्ररी प्रष्ट पार्न पनि सकेन, आफूले गरेका काम देखाएर दाताहरुलाई आश्वस्त पार्न पनि सकेन।
नेपालमा भूकम्प पीडितलाई राहतको काम मोदीले मात्रै गरे, भारतले मात्रै गर्यो भन्ने भारतीय प्रचारवाजीको भारतीयहरुले नै आलोचना गर्ने स्थिति बन्यो। भारतीय संचारमाध्यमको हेपाहा व्यवहार र राहत वितरण गर्ने तरिकाको पनि धेरै नै आलोचना भयो। ठूलो हल्ला र प्रचार गरेर अन्तर्राष्ट्रिय र राष्ट्रिय गैरसरकारी संस्थाहरुले दिने भनेको राहतको करीब असी प्रतिशत खर्च तिनकै प्रशासनिक लगायतका खर्चमा कट्टिन्छ भन्ने तथ्याङ्कले पनि धेरैलाई यस्ता संस्थाको समाजसेवी चरित्रमा प्रश्न गर्ने स्थिति बन्यो।

एनजीओका गुनासा
भूकम्पपीडितलाई राहत वितरणमा सरकारले एकद्वार नीति घोषणा गरेपछि ठूलो आक्रोश व्यक्त गरियो। आफैंले सोझै आफूखुशी राहत ल्याउन र बाँड्न पाउनुपर्छ भन्ने आइएनजीओ, एनजीओ र अन्य संस्थाहरुका भनाइले एउटा महत्वपूर्ण नीतिगत प्रश्न उठायो यो समय। धेरैले सरकार, नेता र दलप्रति अविश्वास प्रकट गरे। राहतमा दलहरुले राजनीतिकरण गर्छन् भन्ने व्यापक आशंका मान्छेहरुमा छ। हुन पनि विगतका अनुभवहरु यस्तै रहेका पनि हुन्। सरकार र दलहरुले यो अविश्वासबाट सकारात्मक प्रेरणा लिएर आफूलाई तत्काल सच्याउनु अत्यन्त आवश्यक भएको छ । दलहरुले आफ्ना सबै कार्यकर्तालाई पीडित जनताको सेवामा राम्ररी परिचालन गर्न नसकेका गुनासा चारैतिरबाट आइरहेछन्। जनताको विश्वास आर्जन गर्ने ठूलो मौका हो यो दलहरुका लागि पनि। कुना काप्चा सबै ठाउँका जनताको सबैभन्दा नजिक राजनीतिक पार्टीका कार्यकर्ता नै हुन्छन्। प्रशासनको ध्यान आफ्नो क्षेत्रमा पुगेनपुगेको, वास्तविक पीडित ले राहत पाए नपाएको हेर्ने र सम्बन्धित निकाय गुहार्ने काम तिनैले गर्न सबैभन्दा सहज हुन्छ। सक्ने हैसियतका राजनीतिक कार्यकर्ताले राहतमा लोभ नगरिदिए पनि धेरै पीडितको कल्याण हुनजाने कुरा चाहिं पक्का हो।  जे सुकै भए पनि मुलुकमा काम गर्ने आधिकारिक निकाय भनेको सरकार नै हो, पार्टीहरु नै हुन्। यी संसद्प्रति उत्तरदायी र जवाफदेही हुनुपर्ने निकाय हुन्। सरकार र दलहरुका लाख कमजोरी होलान् , तर तिनलाई अविश्वसनीय भनेर हल्ला गर्ने आइएनजीओ, एनजीओहरुको विश्वसनीयता र स्वच्छता झनै सन्देहास्पद छ। यतिखेरै पनि अधिकांश एनजीओहरु सदरमुकाम र बाटोघाटो राम्रो भएका ठाउँहरुमा, मिल्नसक्ने सुखसुविधा जुटाएरै अड्डा जमाएर बसेका देखिन्छन्।
कतिपय एनजीओले राम्रै काम पनि गरेका छन् , तर दाता र आफ्नो जागीरप्रति उत्तरदायी यस्ता अधिकांश संस्था थोरै काम गरी धेरै प्रचार गर्छन् र अपारदर्शी छन्, धेरैको छवि संदेहास्पद छ। विडम्बना त के छ भने नेपालमा एनजीओहरु व्यवस्थापिका र कार्यपालिकामा मात्र होइन, न्यायपालिकामा समेत हावी छन्। कतिपयले त दल विशेष नै चलाएका कुरा समेत सुनिन्छन्।

यद्यपि कुनै पनि निहुँमा, कुनै गैर सरकारी वा कल्याणकारी निकायले राज्यलाई जवाफ दिनै नपर्ने गरी मैले नै सबथोक गर्न पाउनुपर्छ भन्न मिल्दैन। राज्यलाई सूचित गर्नैपर्छ, राज्यले त्यसको नियमन गर्नैपर्छ। यतिखेरको समयमा जसलाई जतिसक्यो चाँडो जतिसक्यो धेरै राहत चाहिएको छ, त्यसैले राहत दिन चाहने सबै संस्था वा व्यक्तिहरुहरुसंग जे जति छ, त्यसलाई सजिलोसित बाँड्ने तरिका मिलाइदिनु राज्यको दायित्व हो। यस्ता संस्थाहरुले आफैं सेवा गर्ने हो भने पनि राज्य पुग्न नसकेका ठाउँमा गएर राज्यले पुर्याउन नसकेका सेवा सामग्रीहरु पुर्याइदिने गर्दा धेरै सहयोग पुग्नसक्छ। सरकारले उनीहरुलाई जिम्मेवारी बाँडिदिनु पर्छ। राहतका काम आवश्यकताभन्दा बढी प्रचारमुखी भएका छन्, यसलाई रोक्नु पनि आवश्यक छ। विपत्तिको समय, राहत वितरणका नाममा जोकोही व्यक्ति र संस्थाबाट हुनसक्ने भ्रष्टाचार र वितरण(असन्तुलनलाई समयमै नियन्त्रण गर्नु उत्तिकै आवश्यक छ।
यस्तो संकटको बेला, जिल्लाको प्रमुख प्रशासकको संयोजनकारी भूमिका सबैभन्दा महत्वपूर्ण हुन्छ, उनीहरुलाई अधिकारसम्पन्न बनाउनैपर्छ, त्यसको विकल्प छैन। स्थानीय निकाय नभएको यतिखेरको अवस्थामा, भूकम्पले अत्यधिक प्रभावित स्थानहरुमा छानिएका योग्य र आँटिला प्रशासकको उपस्थिति पहिलो आवश्यकता हो।

मान्छेको हैसियत
महा- भुईंचालोले हामी सबैलाई आफ्नो हैसियत देखाइदिएको छ। विशाल शीतलनिवास छाडेर ज्यान जोगाउन मुलुकका राष्ट्रपति चौरमा पाल टाँगेर सुते। निवास चर्किएपछि प्रधानमन्त्री पनि जमीनमै आइपुगे सुत्न। सामाजिक आर्थिक उँचनीच सबै समतुल्ल भएर सडकमा एकनाश पोखिएको स्थिति हो यो। हामी सबैको विपत्‌को एकमात्र गन्तव्य पृथ्वी मात्र हो भन्ने प्रमाणित भएको छ। काठमाण्डौं उपत्यकामा फराकिला सार्वजनिक स्थलहरु कति आवश्यक छन् भनेर पनि देखियो यो समय। अग्ला बलिया घर भएकाहरुले सडकमा सुतेर टुलुटुलु आफ्ना आलिशान महल हेरिरहे। यी केही दिन र रात टुँडिखेल लगायत शहरमा बाँकी रहेका खाली ठाउँहरुमा सबै किसिमका हैसियतवालाहरु एकसाथ एउटै पालमुनि बसे। त्यहाँ कुनै जातीय(वर्गीय अहङ्कार हावी भएन, पहाडी मधेशी हानथाप भएन। यो पार्टी र ऊ पार्टीको भन्ने छूतछात भएन। एकले अर्काको हालचाल सोधे र मीठो मसीनो बाँडे। जाडोले काँपिरहेको अर्कोलाई आफूले ओढिरहेको पछ्यौरा दिए। यतिखेरको भूकम्पको सुन्दर पक्ष यही रह्यो। जति तले घर बनाएको भए पनि भुईंचालोका पछिल्ला दिनहरुमा प्रायस् हामी सबैले भुईंतलामा अस्थायी वास बनाएका छौं, ता कि कुनै पनि बखत उठेर भाग्न सकियोस्। हाम्रो जीवन पनि भुईंतलाको यस्तै अस्थायी वास होस आफ्ना सुविधाका निम्ति ठड्याएको महलले कुनै पनि बखत आफैंलाई किचेर मशानघाट बनाउन सक्छ। यतिखेर हामीले गरेको यो दिव्य-बोध केही समय पछिसम्म टिक्यो भने पनि मान्छे अलि बढी उदार र सहिष्णु बन्नसक्थ्यो कि भन्ने पनि लागिरहेछ।

आशा र भविष्य
सिंगो घर भत्केर खण्डहर भइसक्ता पनि पुरिएको सानो ड्रमभित्र धान सुरक्षित देखेर दङ्ग पर्दै मुस्कुराइरहेकी भक्तपुरकी महिलाको तस्वीरले मभित्र तरङ्गहरु पैदा गरेको छ। २२ घण्टा पुरिएर पनि सुरक्षित रहेको शिशुको सुन्दर अनुहारमा म प्रकृतिको चमत्कार देखिरहेकी छु। भग्नावशेषमा पुरिएका मान्छेलाई जीवित उद्धार गरेका सुरक्षाकर्मीका आँखामा टल्केको सन्तोषमा मलाई परमात्माको छायाँको झझल्को आइरहेछ। हुनत जोगिनु संजोग थियो, जोगाउनु पनि संजोगै थियो।हुनत हामी आफ्ना प्रयत्नले जोगियौं वा कसैले हामीलाई जोगाए भनेर भन्छौं हामी। यद्यपि जोगिने नजोगिने लेखान्त न हाम्रो, न कसैको हातमा छ भन्ने कुरा पनि उत्तिकै सही लाग्छ।  यतिखेर विपत्‌बाट जोगिएका मान्छे कोही नजोगिन पनि सक्थे। तर यी जोगिंदा भने पृथ्वीमा आशा जोगिएको छ। अच्चम्मै हो, यस्तो भयावह प्रलय लीलामा पनि मान्छे स(साना मौका पाउनेबित्तिकै मुसुक्क हाँस्छन्। त्यसैलाई हेरेर विस्तारै अरु पनि मुस्कुराउँछन्, उठ्छन् र अघि बढ्छन्। मान्छेलाई मुस्कुराउन प्रेरित गर्ने तत्वलाई नै जीवन भन्छन्। जीवन क्षणभङ्गुर छ, अनित्य छस जुनसुकै बेला पनि समाप्त हुनसक्छ समर्नु वा जीवित रहनु फगत संजोग हो भन्ने कुरा धरहराको टुप्पाबाट खसेर कहानी सुनाइरहेकाहरुलाई हेर्दा मलाई झनै छर्लङ्ग भएको छ। संजोग नै त हो, यत्रो विपत्तिमा म आफैं पनि कुनै घरभित्र वा पसलतिर गएको बखत सडकमा पुरिइन, त्यसैले यतिखेरसम्म आफ्नो समयमा बेहोरेको यस महाविपत्तिका सानातिना अनुभव सुनाउने अवस्थामा छु। अनित्य संसारका सानाठूला कथाहरुकै संग्रह हो हाम्रो जीवन। माटो र ईंटाका थुप्रामुनि पुरिंदा, निस्सासिंदा र सास बाँकी रहिरहँदाको पीडा, उद्धार पर्खेर बस्ताबस्तै उद्धार नपाएर मर्ने अवस्थामा पुगेकाको पीडा, उचाइबाट खस्ताको कहाली र चोटको कथा पनि हामी जीवित रहेकाहरुले नै भनिदिनुपर्छ। जीवित नरही संसारमा केही देख्न अनुभव गर्न बोल्न सकिन्न। कर्म गर्न सकिन्न। मृत्यु हामी हरेकको ुसिंगल पिसु पृथक मानव अवतारको समाप्ति हो। त्यसैले बाँचेको समयलाई अर्थपूर्ण बनाऊँ। मरेको भोलिपल्ट दुई दिन भन्ने उखानै छ।
जीवित रहनु भनेको आफूलाई उठाउन ईश्वरले दिएको मौका पनि हो हामीलाई। जीवित रहनुको महत्व खानु र सास फेर्नुमा मात्र होइन, हरेक दिन आफू जीवित रहेकोमा सन्तोष लिनसक्ने अवस्थाको सिर्जना गर्नुमा हुनेगर्छ। जीवनमा सन्तोष गर्न मिल्ने कारण अनेक हुनसक्छन्, ती अत्यन्त साधारण र सानातिना हुनसक्छन्। आफ्नो जीवन सार्थक बितेको छ भनेर विश्वास गर्न चित्तबुझ्दा कारणहरु खोजौं हामी । सबैमा प्रेम र सद्भाव राखौं, सकेको सत्कर्म गरौं। अर्कालाई पीडा नदिऊँ। लोभ, क्रोध, ईर्ष्या जस्ता भावले हामीलाई माथि उठ्न दिंदैनन्। यो अनित्य जीवन कुनै पनि कारण कुनै पनि बेला जान सक्छ, हाम्रो नियन्त्रणमा नभएका कारणहरुबाट जानसक्छ।
 सेतोपाटीबाट

About The Author

Loading...