Thu. May 2nd, 2024

मनकामना मन्दिरको विधिवत जिर्णोद्वार सुरु

कैलासबावु श्रेष्ठ/

manakamana nirman 1

२५ जेठ, गोरखा – ऐतिहासिक, धार्मिक तथा पुरातात्वीक हिसाबले निकै महत्व राख्ने गोरखाको मनकामना मन्दिर गएको बैशाख १२ गतेको बिनाशकारी भूकम्पले कामै नलाग्ने गरी भत्किएपछि आइतबारदेखि जिर्णोद्वारको विधिवत काम सुरु भएको छ ।

पहिलो दिन मन्दिरको अग्र भागमा विभिन्न पूजा गरी मन्दिरको गजुर निकाल्ने काम सम्पन्न भएको छ । तिन सय पचास बर्ष भन्दा पनि पुरानो मानिएको यो मन्दिरलाई ९० सालको महाभूकम्पले पश्चिमतिर ढलेको थियो ।
बिहान ९ः३० बजे बैधिक बिधिअनुसार साइत हेराएर कुबिन्डोको बली दिए पछि मन्दिरको गजुर झिकिएको थियो । गजुरलाई विशेष सुरक्षा सहित मन्दिरकै प्राङ्गण रहेको भजन मन्डलीघरमा राखीएको छ ।

गजुर ९१ इन्च गोलाई र ५४ इन्च उचाई भएको सुनको गजुर मन्दिरबाट झिक्नु पूर्व विभिन्न सरकारी निकायका पदाधिकारीहरुलाई राखेर मुचुल्का तयार पारेर मात्र सुरक्षित स्थानमा राखीएको छ । किवदन्ती अनुसार तात्कालीन राजा पृथ्वीनारायण शाहको रानीको गहनाबाट मनकामना मन्दिरको गजुर बनाइएको थियो । गजुर सुरक्षाका लागि नेपाल प्रहरी, शसत्र प्रहरी र नेपाली सेनाका जवानहरु राखीएको छ भने कोठा भित्र सिसिटीभि समेत जढान गरीएको छ । तात्कालीन राजा निर्माणबिक्रम शाहले मन्दिरमा पित्तलको छानो हालेको समेत ईतिहासमा फेला परेको छ ।

manakamana nirman 2
मन्दिर ६ इन्च दक्षिण–पश्चिम दिशातर्फ ढल्केपछि ०६८ सालमा मन्दिर जीर्णोद्वारका लागि अभियान सुरु गरिएको थियो । जगैदेखि मन्दिर पुनःनिर्माण गर्दा आठ करोड रुपैंया खर्च लाग्ने अनुमान गरीएको भएता पनि अहिले उत्त मन्दिर बनाउनका लागि कम्तीमा पनि १५ करोड रुपैयाँ लाग्ने अनुमान गरीएको छ । नेपाल सरकारबाट हाल सम्म ५ करोड र भक्तजनहरुबाट ५ करोड गरी कुल ९ करोड रुपैयाँ संकलन भै सकेको छ । क्षमा पूजा गरी मन्दिर भत्काउने तयारी भै रहेको बेला गएको बैशाख १२ गतेको विनाशकारी भूकम्पले जिर्णोद्वारलाई पछाडी धकेली दिएको थियो । मन्दिर भत्काउनका लागि आएका भक्तपुरका कालीगढहरुका अनुसार कुनै बाधा बिरोध नभए आजको १५ दिन भित्रै मन्दिर भत्काइ सक्ने बताए । अहिले दैनिक ८ जना कालीगढ मन्दिर भत्काउन खटीएका छन ।

मन्दिर भत्काए लगत्तै जिर्णोद्वारका अन्य काम थालीने भन्दै ढिलोमा ३ वर्ष भित्रै मन्दिर निर्माण सम्पन्न गरी सक्ने लक्ष्य रहेको मनकामना जिर्णोद्वार समितिको रहेको छ । मन्दिरका लागि आवश्यक सबै काठका काम सम्पन्न भै सकेको र अन्य सामान समेत मन्दिर परिषरमा आई सकेको भन्दै समितिले भोली बाटै युद्व स्तरमा कामको थालनी हुने जानकारी दिएको छ ।

मन्दिर बाहिर नै पूजा सुचारु
बिनाशकारी भूकम्पका कारण मन्दिरभित्र हुँदै आएको नियमीत तथा सर्व साधारणको पूजाअर्चना आजै देखी तिर्थ यात्रीहरुले मन्दिर जीर्णोद्वार कार्य सम्पन्न नहुँदासम्म बाहिरै बाट गनुपर्ने भएको छ । मन्दिर मुल द्वार अगाडी रहेको चौतारोमा सर्व साधारण तथा माता मनकामनाको नियमीत पूजाअर्चनाको बैकल्पिक ब्यबस्था गर्न समितिले आजै देखी पहल थालेको छ । भक्तजनहरुको इच्छा र आग्रह अनुसार मन्दिर परिसरमा पूजाअर्चना गर्ने वा नगर्ने भन्ने विषयमा आज पनि विभिन्न सरोकार वाला ब्यक्ति संग मनकामनामा छलफल भएको थियो ।

उता भाकल गरेर पशु बलि दिन आउनेहरुका हकमा के गर्ने भन्ने विषयमा पनि छलफल भएको थियो । पूजा अर्चनाका लागी स्थान सुरक्षित गर्ने, भक्तजनको सुरक्षाका सवै काम सकिए पछि आफु नियमीत पूजा र सर्व साधारणको पूजा गर्न तयार रहेको मन्दिरका मुल पूजारी इन्सान बहादुर थापाले बताए । भक्तजनहरु लाइन बस्ने ठाउँमा दुई घर असुरक्षित भएको भन्दै उक्त घरलाई थप सुरक्षित बनाउने तर्फ भोली देखी नै काम थालीने प्रमुख जिल्ला अधिकारी उद्वब तिमल्सेनाले बताए । यता मन्दिर परिषरमा तिथयात्रीहरुको भीड हुन नदिन केवलकारले निश्चित मात्रामा मात्र भक्तजनहरुलाई मन्दिर पठाउने तयारी गरी रहेको केबलकारका प्रबन्ध निर्देशक डिएन कायस्थ्थले बताए । भूकम्प गए पछि हिजो देखी मात्र सञ्चालनमा आएको मनकामना केबलकारमा भक्तजन र तिर्थयात्रीहरु आउने क्रम बढन थालेको छ ।

About The Author

Loading...