Fri. Mar 29th, 2024

रक्तसंचार सेवा दिवसमा धादिङवेशीमा रक्तदान, ८४ पिन्ट रगत संकलन

रक्तदाताहरुको साथमा आयोजकहरु

१२ साउन, धादिङ-

५४ औँ रक्त संचार सेवा दिवसको अवसर पारेर नेपाल रेडक्रस सोसाइटी नीलकण्ठ उपशाखाले धाादिङवेशीमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

देशब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारणले रगत संकलन कार्य न्युन भएकाले रगतको चरम अभाव देखिएको अवस्थामा बाढी पहिरोमा र विभिन्न दुर्घटनामा परेर घाइते भएकाहरुलाइ तत्काल रगत उपलब्ध गराउन कठिन भइरहेको छ । यस विषम परिस्थितिमा भएको रगत अभावमा थोरै भएपनि सहयोग पु¥याउन उपशाखाको आयोजना, मण्डली फ्रुटसेन्टर र प्रिमो भेट फर्माको सहयोग तथा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा धादिङको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम गरिएको नेपाल रेडक्रस सोसाइटी नीलकण्ठ उपशाखाका सचिव मनिष दुवाडीले जानकारी दिए ।

जिल्ला अस्पताल धादिङवेशीको प्राङगण स्थित रक्त संचार सेवा कार्यलयमा गरिएको रक्तदान कार्यक्रममा ८४ पिन्ट रगत संकलन भएको छ । जसमा २२ जना महिला र ६२ जना पुरुषले रक्तदान गरेको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा धादिङका उपमन्त्री नारायण कुुमार श्रेष्ठले जानकारी दिए ।

रक्तदान कार्यक्रमको सुरुवात नेपाल रेडक्रस सोसाइटी धादिङ शाखाका सभापति नारायण तिमल्सेनाले रक्तदातालाइ रगत संकलन गर्ने ब्याग हस्तान्तरण गरेर सुरुवात गरिएको थियो । कार्यक्रममा जिल्ला शाखाका मन्त्री दुर्लभ बहादुर तामाङ, उपसभापति शान्ति श्रेष्ठ, कोषाध्यक्ष कृष्ण लंसाल लगायतको सहभागीता रहेको थियो ।

नयाँ आर्थिक वर्ष सुरु भएयता सदरमुकाम धादिङवेशीमा पहिलो पटक रक्तदान कार्यक्रम आयोजना गरिएको हो । आगामी साउन १९ गते पनि सहारा महिला बचत तथा ऋण सहकारीले आफ्नो स्थापना दिवसको अवसर पारेर रक्तदान कार्यक्रम आयोजना गर्ने तयारी गरेको छ । धादिङ जिल्लामा गत आर्थिक वर्षमा जिल्ला भरिबाट २ हजार ४ सय ४ पिन्ट रगत संकलन भएको थियो ।

काठमाण्डौमा हुने रगत अभावलाइ हरेक वर्ष धादिङ जिल्लाले केही हदसम्म भएपनि सहयोग गरिरहेको र रगत संकलन कार्यमा धादिङ जिल्ला देशभरिमै अग्रस्थानमा रहेको रेडक्रस धादिङ शाखाका उपमन्त्री श्रेष्ठले बताए ।

उनले भने, ‘रगत संकलनमा हामी देशभरमै अग्रस्थानमा छौँ, यहाँका रक्तदाताहरुको सम्मान स्वरुप धादिङका स्थानीयहरुलाइ अव रगतमा कुनैपनि शुल्क नलाग्ने बनाउन हामीले सरोकारवाला निकायहरुमा पहल गरिरहेका छौँ । आशा छ यो अभियानले सार्थकता पाउने छ ।’

२०७७ साउन १२ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: