Fri. Mar 29th, 2024

भदौ १६ गते महाधिवेशन गर्नेगरी काम थाल्न देउवाको निर्देशन

काठमाडौ –

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले निर्धारित मितिमै महाधिवेशन गर्ने गरी तयारी थाल्न निर्देशन दिएका छन् ।

शुक्रबार विहान आफ्नो निजी निवास बूढानीलकण्ठमा पदाधिकारी र पूर्वपदाधिकारीसँग छलफलमा देउवाले भदौ १६ मा कुनै हालतमा महाधिवेशन हुने गरी काम थाल्न निर्देशन दिएका हुन् ।

काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सभापतिज्यूले भदौ १६ गतेको मिति कुनै हालतमा पछाडि नसर्ने गरी, भदौ १६ गते महाधिवेशन उद्घाटन गरी सम्पन्न गर्ने गरी कुन कुन तहको कसरी के हेरफेर गर्दा हुन्छ तपाईंहरु सबैले मिलेर गर्न गराउनु भन्नुभयो ।

तल्लो तहका पार्टी कमिटीको अधिवेशनको मिति सार्ने काँग्रेसको तयारी छ ।
क्रियाशील सदस्यता विवादको निकास तथा अन्य आन्तरिक तयारी पूरा हुन नसकेपछि वडा, नगर र क्षेत्र अधिवेशनको कार्यतालिका परिमार्जन गर्न लागिएको देखिन्छ ।

क्रियाशील सदस्यता विवाद समयमा नटुंगिँदै पार्टीको केन्द्रीय महाधिवेशनको मूल कार्यतालिकामा असर नगर्ने गरी स्थानीय तहका अधिवेशनको मिति केही पर सारिने छ ।

काँग्रेसले साउन १२ गतेबाट गाउँपालिका र नगरपालिकाको वडा स्तरको अधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो ।

यसका साथै नगरपालिका र गाउँपालिकाको अधिवेशन साउन १६ गते गर्ने निर्णय यसअघि गरिएको थियो । उक्त कार्यकालका करिब प्रभावित हुने पुगेको छ ।

क्रियाशील सदस्यताको विवरण गाउँ तहसम्म पुर्याउनुपर्ने, पार्टीको अधिवेशनका लागि प्रतिनिधि खटाउनुपर्ने लगायतका कारण पनि पूर्वनिर्धारित कार्यतालिकामा अधिवेशन गर्न सम्भव छैन।
आजको बैठकमा बल्ल क्रियाशील छानविन समिति संयोजक रमेश लेखक र निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले प्रतिवेदन पेस गरेका थिए ।

भोलिसम्म क्रियाशील सदस्यताको प्रतिवेदन देउवालाई बुझाउने देउवाको तयारी छ । आजको बैठकले स्थानीय तहको कार्यतालिका संशोधनबारे निर्णय लिन नसकेपछि भोलि ९ बजे फेरि बैठक बस्ने छ ।

आज प्रधानमन्त्री देउवाले संसदमा सम्बोधन गर्ने भएकाले बैठक भोलि बस्ने गरी सकिएको थियो ।

About The Author

Loading...

अन्य समाचारहरु: