कर्मचारी परीक्षा बिदामा बस्दा पुनर्निर्माण र कार्यालयका काम अलपत्र

मंसिर २९, २०७२

२९ मंसिर, काठमाडौं –  कर्मचारीहरु बढुवा परीक्षाका लागि बिदामा बसिदिँदा विभिन्न मन्त्रालयले पुनर्निर्माणका लागि राष्ट्रिय योजना आयोगसँग रकम माग गर्न सकेका छैनन् । भूकम्पपीडित परिवारलाई घर बनाउन अनुदानस्वरुप उपलब्ध गराइने रकम पनि सम्बन्धित मन्त्रालयले अझैसम्म माग नै नगरेको पाईएको छ । ।

आयोगले पुनर्निर्माणसम्बन्धी बजेट मागका लागि दिएको समयसीमा एक साताअघि नै गुज्रिसकेको छ । बजेट मागका लागि चासो नदेखाएपछि आयोगका पदाधिकारीले पुनर्निर्माणसम्बन्धी कार्यक्रम पेस गरी निकासा लिएर जान दैनिक फोन गरी मन्त्रालयका पदाधिकारीहरुलाई बोलाउने गरेका छन् ।

तर, सम्बन्धित क्षेत्रका कर्मचारी बढुवाको परीक्षाका लागि तयारी गर्न अध्ययन र परीक्षा बिदामा बसेका कारण पुनर्निमार्णका साथै कार्यालयका दैनिक कामकाज पनि प्रभावित हुने गरेका छन् ।

No data was found
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

बाढीले बगाएको सुनका गरगहना लुकाउने एकजना गजुरीबाट पक्राउ

बाढीले बगाएपछिको फुर्केखोला पुल र नदीले कटान गरेको तटीय क्षेत्र (तस्बिरहरु)

माथिल्लो त्रिशूली–१ मा भेटियो ७ जनाको शव

प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ

एसिसी प्रिमियर कपः फाइनल खेलमा आसिफको शतक, नेपाल बलियो स्थितिमा

यो पनि पढ्नुहोस