उत्तरी धादिङका विकट गाउँमा सामुहिक आवास निर्माण कार्य तीब्र

असार १३, २०७३

seena 1
१३ असार, धादिङ – उत्तरी धादिङको विकटमा रहेको गाउँ विकास समितिहरुमा नेपाली सेनाले सामुहिक आवास बनाइरहेको छ ।

जिल्लाका दश स्थानमा निर्माण गरिने उक्त सामुहिक आवासका लागि उत्तरी धादिङको विकट पाँच गाँउ विकास समितिहरुमा नेपाली सेनाले निर्माणको जिम्मा लिएको छ भने सुगम स्थानमा शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय धादिङले ठेक्का प्रक्रियामा दिई निर्माण कार्य सुरु गरेको छ । उत्तरी धादिङको लापा, सेतुङ्ग, तिप्लिङ्ग, रि र झार्लाङ्ग गाँउ विकास समितिमा सामुहिक आवास निर्माणको काम तिब्र गतिमा भई रहेको नेपाली सेनाले जनाएको छ ।

भूकम्प पीडितहरुका लागि निर्माण गरिएको अस्थायी सामुहिक आवास निर्माणका लागि जिल्लाको पाँच गाविसमा सेनाले काम थालनी गरेको हो । अहिलेसम्म सडक संजाल नजोडिएको उत्तरी धादिङका ५ वटा गाउँ विकास समितिहरु झार्लाङ, सेर्तुङ, लापा, रि र तिप्लिङ गाविसमा सेनाले हेलिकप्टरबाट सामग्री ढुवानी गरेर काम अगाडि बढाएको हो । प्रत्येक गाविसमा बन्ने एक एक वटा अस्थायी सामुहिक आवासभित्र १६ वटा बासस्थानको कोठा, चारवटा ट्वाइलेट र बाथरुम रहने धादिङमा रहेको देवी दत्त गणका गणपति विनोद चन्दले जानकारी दिए ।

No data was found

‘स्थानीय सर्वदलीय र सर्वपक्षीय समितिले उपलब्ध गराएको सार्वजनिक जग्गामा भवन निर्माण गरिरहेका छौँ ।’ चन्दले भने, ‘त्यस क्षेत्रका कुनै पनि ठाउँमा मोटरबाटो पुगेका छैनन, सवै सामानहरु हेलिकप्टरबाट ढुवानी गनुपर्नेहुन्छ, मौसमको प्रतिकुलताले सामानहरु लैजान अप्ठ्यारो भएपनि निर्माण कार्य भने जारी रहेको छ । केही ठाउँहरु बाहेक हामीलाइ केन्द्रबाट निर्देशन भएबमोजि काम सक्ने तयारीमा छाँै ।’

५ वटै गाउँ विकास समितिमा केन्द्रिय डिजाइन अनुसार १६ कोठाकै एउटा भवन बनाउने भनेपनि भौगोलिक रुपमा जग्गा उपलब्ध हुन नसक्दा केही गाउँ विकास समितिमा भने ८, ८ कोठाको दुइवटा आवास गृह बनाइदै गरेको सेनाले जनाएको छ । अस्थायी सामुहिक आवासका लागि सेनाले धादिङमा ३ सय जना दक्ष जनशक्ति परिचालन गरेको छ । नेपाली सेनाले आफूहरुलाई नेपाल सरकारले दिएको जिम्मेवारीलाई समयमा नै पुरा गर्ने कर्णेल विनोद चन्दले बताए । विनाशकारी भूकम्पका कारण कष्टकर जीवनयापन गर्न बाध्य बासिन्दालाई अस्थायी आवास निर्माणले केही सहजता ल्याउने सेनाले विश्वास गरेको छ ।

जिल्लाको निर्वाचन क्षेत्रका आधारमा निर्माण गरिने आवासको जिम्मा भने सहरी विकासले लिएको छ । सहरी विकासले टेण्डर मार्फत आफ्नो काम सुरु गरिसकेको क्षेत्र नं २ को जिम्मा लिएका ठेकेदार बाबुकृष्ण श्रेष्ठले बताए । धादिङको नीलकण्ठ नगरपालीका क्षेत्रमा र सल्यानटारमा गाँउ विकास समितीमा निर्माणको जिम्मा लिएका ठेकेदार कम्प्नीहरुले काम सुरु गरिसकेका छन् । उक्त सामुहिक आवासमा एक परिवारका लागी महिला र पुरुषका लागी छुट्टा–छुट्टै कोठा आधुनीक शौचालय, पानीको धारो र सोलार बत्ति सहितको सुविधा हुने शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय धादिङल प्रमुख दिलिप भण्डारीले जानकारी दिए ।

भुकम्प पिडितहरुका लागि बर्षात अगावै छानोको ब्यवस्था गर्ने भन्दै सरकारले सुरु गरेको यस अभियान अन्तरगत धादिङमा भने एक सय ९२ घर परिवारका लागि सुविधा युक्त आवास निर्माण गरिने छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

कहिले अन्त्य हुन्छ एम्बुलेन्समै बिरामीले प्राण त्याग्ने अवस्था

नेपालद्वारा होबार्ट हुरिकेन्सलाई १५५ रनको लक्ष्य

विकास र सुशासनको मुख्य मेरुदण्ड नै महिलाहरूको सक्रियता हो

९ सिटसम्मका निजी सवारीका लागि नागढुंगा सुरुङमार्ग खुला

विश्वविद्यालयका पदाधिकारीद्वारा आङ्गिक क्याम्पस निरीक्षण

यो पनि पढ्नुहोस