२४ नेपालीलाई जेलमुक्त गर्ने पहल सुरु

पुस २५, २०७१

image

नयाँ दिल्ली –  हिसारस्थित भारतीय धर्मगुरु रामपालको आश्रमबाट पक्राउ परेर स्थानीय जेलमा थुनामा राखिएका २४ नेपालीलाई सामान्य धरौटी प्रक्रियामा छुट्कारा दिलाउन नेपाली दुतावासले पहल थालेको छ ।

गत मंसीर ३ मा हिसार, चण्डीगढ रोडस्थित सतलोक आश्रमबाट रामपालसहित उनका निजी सुरक्षाकर्मी, सहयोगी र भक्तजन गरेर ९ सय ३५ जना व्यक्तिलाई पक्राउ गरेर न्यायिक हिरासतमा राखिएको छ । रामपालका भक्तजन बनेर गएका २४ नेपाली पनि त्यही हुलमुलमा पक्राउ परेपछि हिरासतमा छन् ।

No data was found

हिरासातमा राखिएकामध्ये तीन प्रकृतिका मुद्धामा अनुसन्धान अघि बढाइएको अवस्था रहेछ, हिसार पुगेर शुक्रबार दिल्ली फिरेका काउन्सेलर राजेन्द्रमान श्रेष्ठले भने-हातहतियार राखेको, ज्यान मार्ने उद्योग संचालन गरेको वा बिष्फोटजन्य काम गराएको गम्भीर प्रकृतिको मुद्धामा भने बढीमा ३ महिनाको अनुसन्धान गरिने भएको छ । यसबाहेक अरु सामान्य भक्तजनको हकमा २ महिनाको अनुसन्धानपछि धरौटी प्रकृयामा जेलमुक्त गर्न सकिने सम्भावना देखिएको छ ।

दुतावासका तर्फबाट काउन्सेलर यदुलाल खरेल र श्रेष्ठले हिसार जिल्लास्थित प्रहरी प्रमुख एसपी एसके गुप्तासाग भेटवार्ता गरेर हिरासतमा रहेका नेपाली छुटाउने प्रकृयामा पहल गरेका हुन् । एसपी गुप्ताले जिल्ला न्यायधिससागको समन्वयमा नेपाली भक्तजनलाई सामान्य धरौटीमा छोड्न सकिने उपायका बारे छलफल अघि बढाउने भएका छन्, तर माघ पहिलो सातापछि मात्रै यो प्रकृयाबारे थाहा लाग्नेछ,श्रेष्ठले भने । धर्मगुरु रामपालसहित ९३५ जना सहयोगी र भक्तजनलाई चण्डीगढका हिसार र अन्य सहायक जेलमा थुनामा राखिएको छ ।
(इ-कान्तिपुर अनलाइनबाट साभार)

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

नेकपाको घोषणा: विगतमा गल्ती भयो अब सच्याउँछौँ (पूर्णपाठ)

सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान, यात्रुलाई भने राहत र खुसी

एमाले भ्रष्टाचारीलाई जोगाउने पार्टी हो, पार्टी एकता सम्भव छैन : प्रचण्ड

राष्ट्रिय स्वाभिमानमा आँच आउँदा टुलुटुलु हेरेर बस्न सक्दैनौँः माधव नेपाल

सुरुङमार्गमा सवारीको लाम (फोटोकथा)

यो पनि पढ्नुहोस