आलु खेती गर्ने तरिका सिक्दै किसानहरु

फाल्गुन ३, २०७१

aalu.psd

धादिङ
उत्तरी धादिङको सेर्तुङ गाविसको वडा नम्बर ७ मा गठन भएकोे सेदाचेत कृषक समुहमा आवद्ध कृषकहरुलाई आलु खेती सम्बन्धी तालिम दिइएको छ ।

कृषिजन्न उत्पादन तर्फ आकर्षित हुँदै गरेका किसानहरुलाई शनिबार आलु खेतीका लागि आवश्यक प्राविधिक तरिकाहरु सिकाइएको हो । ३३ जना कृषकहरुको सहभागीता रहेको तालिममा आलु रोप्दा ध्यान दिनुपर्ने कुराहरु, ड्याङ बनाउने तरिका, औषधी तथा भिटामिन प्रयोग गर्ने तरिका र किराबाट जोगाउनको लागी काँचो मल प्रयोग गर्न नहुने विषयमा जानकारी गराइएको छ ।

No data was found

नोर्ला र एपोरोनको आर्थिक सहयोगमा फोकस नेपाल धादिङद्वारा संञ्चालित एभिसिडि कार्यक्रम अन्तर्गत गठन गरिएको सेदाचेत कृषक समुहमा आवद्ध कृषकहरुलाई तालिम दिईएको हो । तालिममा छलफल भएका विषयवस्तु माथी एभिसिडि परियोजनाका कार्यक्रम संयोजक कमल श्रेष्ठ, कृषि प्राविधिक रामनाथ महतो, भेटेनरि प्राविधिक विजय तामाङले सहजीकरण गर्नुभएको थियो ।

उत्तरी धादिङमा यसबर्षबाट नयाँ जातको आलु विउ वितरण गरीएको छ । आलुको विऊ धेरै पुरानो भएकोले उत्पादन पनि कम दिने र विभिन्न रोगले सताउने भएकोले गर्दा कृषकहरुले यसबर्षदेखी रेड कार्डीनल जातको बीउ रोप्न लागेका हुन् । उत्तरी धादिङमा उत्पादन भएको आलु खानाको लागि स्वादिष्ट हुने गरेको उपभोक्ताहरुले बताएका छन् । आलु खेती सम्बन्धी तालिम पाएपछी कृषकहरु खुसि भएका छन् ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

प्रतिनिधिसभाको शून्य समयस् समसामयिक विषयमा ध्यानाकर्षण

४४ जिल्लामा आकस्मिक बाढीको जोखिम

विपद् जोखिम न्यूनीकरण प्रभावकारी बनाउन सभामुख अर्यालद्वारा सरकारलाई रुलिङ

प्रतिनिधिसभाः त्रासरहित पत्रकारिता गर्ने वातावरण मिलाउन सरकार समक्ष सचेतक परियारको आग्रह

मनसुनी प्रभाव पूर्वमा पर्न सक्ने पूर्वानुमान

यो पनि पढ्नुहोस