कृषि मन्त्रालयले माग्यो गाई–भैसी बाड्न करिब दुई अर्ब

जेष्ठ ६, २०७२

gai
काठमाडौं –  कृषि मन्त्रालयले भूकम्प पीडितलाई प्रतिपरिवार एकका दरले गाई भैसी वितरण गर्न एक अर्ब ६८ करोड माग गरेको छ ।
गत बैशाख १२ गतेको विनासकारी भूकम्पका कारण प्रभावित परिवारलाई प्रतिपरिवार एक भैसी वा गाई दिने तयारी गर्दै प्रति भैसीको ढुवानीसहित हस्तान्तरण गर्न ७५ हजार मूल्य तोकेको छ । मन्त्रालयले भूकम्पका कारण पशुपन्छि गुमाएका परिवारलाई एक–एक वटाका दरले वितरण गर्नेगरी राष्ट्रिय योजना आयोगमा प्रस्ताव समेत पठाइसकेको छ ।

कृषि मन्त्रालयका सचिव उत्तमकुमार भट्टराईले मन्त्रालयले संकलन गरेका क्षतिको प्रारम्भिक तथ्यांक भएको भन्दै क्षतिको विवरण थपिर्दै जाने बताए । उनले मन्त्रालयले माग गरेको बजेट पनि क्षति सँगै बढ्ने पनि जानकारी दिए । ‘समितिले तत्कालिन, अल्पकालिन र दीर्घकालिन योजना सहितको विवरण माग गरेको थियो’ संसद्को कृषि तथा जलस्रोत समितिको बैठकमा सचिव भट्टराईले भने, ‘राष्ट्रिय योजना आयोगले तत्कालिन, र अल्पकालिन योजना मागेकाले ‘डुब्लिकेशन’ नहोस भनेर अहिले त्यही अनुरुपको योजना मात्र यहाँ ल्याएका छौं ।’ उनले समितिमा दिर्घकाकालिन योजनाका विषयमा पनि काम भइरहेको बताए । संसद्को कृषि तथा जलस्रोत समितिले भूकम्पबाट भएको क्षतिको विवरण र तात्कालिन मध्यकालिन तथा दीर्घकालिन योजनाका विषयमा छलफलका लागि मंगलबार कृषि मन्त्रालयका सचिवसहित अधिकारीहरुलाई डाकेको थियो ।

बैशाख १२ को भूकम्पका कारण १६ हजार तीन सय ७१ गाई–भैसी मरेका मन्त्रालयको तथ्यांक छ । मन्त्रालयले भूकम्पबाट ३६ हजार सात सय १० भेडा बाख्रा तथा सुंगुर बंगुर मरेको तथ्यांक पनि मन्त्रालयले सार्वजनिक गरेको छ । मन्त्रालयले हाँस कुखुरा लगायतका घरपालुवा पन्छी साँढे चार लाख मरेको तथ्यांक सार्वजनिक गरेको छ । मन्त्रालयले पुशपन्छतर्फ एक अर्ब ३९ करोड क्षति भएको तथ्यांक सार्वजनिक गरेको छ ।
मन्त्रालयले पशुपन्छिका लागि आहारा, दाना, घाँस, मिनिरल्स लगायतका सामग्री कृषकहरुलाई वितरण गर्न पाँच करोड बजेट मागेको छ । यस्तै घाइते पशुको उपचारका लागि घुम्ती पशुशिविर संचालन गर्न दुई करोड असी लाख माग गरेको छ । यसैगरी भूकम्पमा परी घाइते भएका जनावरका उपचारका लागि भ्याक्सिन लगायत औषधी किन्न तीन करोड मागेको छ ।

यस्तै हिमाली जिल्लामा चौरी वितरणका लागि दश करोड मागेको छ । मन्त्रालयले माग गरे अनुसार प्रति परिवार १० वटाका दरले चौरी वितरण गर्ने र प्रति चौरीको मूल्य एक लाख राखेको छ । यस्तै मन्त्रालयले बाख्राका पाठा वितरणका लागि एक अर्व ५७ करोड ५० लाख रुपैयाँ माग गरेको छ । मन्त्रालयको प्रस्तावमा प्रतिपरिवार तीन वटाका दरले वितरण गर्ने र हस्तान्तरण गर्दासम्म उन्नत जातको बाख्राको मूल्य सात हजार तोकेको छ ।मन्त्रालयले कुखुराका चल्ला वितरणका लागि तीन करोड मागेको छ । मन्त्रालयले ३० हजार घर परिवारलाई कुखुरा वितरण गर्नुपर्ने भन्दै प्रति परिवार ५० वटाका दरले चल्ला वितरणको योजना पेश गरेको छ । मन्त्रालयले प्रति चल्लाको मूल्य एक सय तोकेको छ । मन्त्रालयले मध्यकालिन खर्च भनेर चार अर्ब ५४ करोड ८२ लाख पाँच हजार मागेको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

प्रतिनिधिसभा बैठक बस्दै

धादिङको बैरेनीमा तीन सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते

शिक्षामन्त्रीसँग संयुक्त राष्ट्रसङ्घ नियोगका प्रतिनिधिहरुको शिष्टाचार भेटवार्ता

सदनको संयुक्त बैठकमा राष्ट्रपतिबाट नीति तथा कार्यक्रम प्रस्तुत

घुस लिएको अभियोगमा मुद्दा दायर

सुशासनको साझा लक्ष्य प्राप्तिका लागि पूर्वाग्रहभन्दा माथि उठौँः अध्यक्ष दाहाल

यो पनि पढ्नुहोस