भीमफेदी कारागारबाट फरार २६ विदेशी कैदीबन्दी अझै सम्पर्कका आएनन्

कार्तिक १७, २०८२

मकवानपुरको भीमफेदी गाउँपालिकास्थित क्षेत्रीय कारागारबाट फरार भएकामध्ये २६ जना अझै फरार छन् । गत भदौ २४ गते राति १ बजेतिर कारागारको पर्खाल भत्काएर फरार भएका ३९ विदेशी कैदीबन्दी १३ जना कारागार फर्किएको र २६ जना अझै फरार रहेको कारागारका प्रमुख सुवास पौडेलले जानकारी दिए ।

यस्तै भीमफेदी कारागारबाट फरार विदेशीसहित चार सय ४० कैदीबन्दीमध्ये हालसम्म दुई सय ८६ जना कैदीबन्दी कारागार फर्केका छन्,भने एक सय ५४ जना कैदीबन्दी अझै फर्किन बाँकी रहेका छन् ।

कारागार प्रमुख पौडेलका अनुसार अन्य कारागारबाट फरार भएका ७१ जनासमेत भिमफेदी कारागार फर्किएका छन् । अन्य कारागारका ७१ कैदीबन्दीमध्ये ३५ जनालाई स्थानान्तरण पठाइएको, एक जना थुनामुक्त भएको र ३५ जना कारागारमा रहेको प्रमुख पौडेलले बताए ।

कारागारको तीन वटा गेट फुटाई पश्चिमतर्फको पर्खाल भत्काएर ९क० ब्लकबाट दुई ६० र ९क० ब्लकबाट एक सय ८० गरी चार सय ४० कैदीबन्दी फरार भएका थिए । फरार कैदीबन्दीको खोजीको क्रममा सुरक्षाकर्मीले विभिन्न स्थानबाट कैदीबन्दीलाई नियन्त्रणमा लिई कारागारमा बुझाएको प्रमुख पौडेलले बताए ।

कारागारबाट भागेका फरार कैदीबन्दीको खोजी कार्य तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले बताए । रासस

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

सरकारी विज्ञापनमा विभेद गरिएको भन्दै धादिङबाट प्रधानमन्त्रीलाई ज्ञापनपत्र

पर्यटक अभावमा वनकरिया बस्तीको ‘होमस्टे’ बन्द

फेरि बढ्यो प्रदूषण, काठमाडाैं बन्यो विश्वकै दोस्रो प्रदूषित शहर

बालेन मन्त्रिपरिषद्‌का दुई मन्त्रीले महिना दिन नपुग्दै गुमाए मन्त्रीपद

पदभार सम्हालेको २६ दिनमै गृहमन्त्रीबाट बिदा सुदन गुरुङ

विपद्का बेला मानवीय उद्धारको नेतृत्व गर्दै सशस्त्र प्रहरी

पच्चीस सय वर्ष पुरानो चण्डेश्वरी जात्रा : देवताको रक्षार्थ खुसीयालीको पर्व  

यो पनि पढ्नुहोस