चुनावका लागि भारतले ५३८ वटा गाडी दिने

पुस २९, २०८२

भारतले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि ५३८ वटा गाडी दिने भएको छ ।

निर्वाचन आयोगका अनुसार भारतले ५३८ मध्ये ३०० वटा गाडी प्रहरीलाई दिनेछ । बाँकी २३८ वटा भने विभिन्न सरकारी निकायलाई दिन लागेको हो । २०७९ सालको निर्वाचनमा भारतले निर्वाचन आयोगलाई ८० वटा गाडी दिएको थियो ।

भारतले दिनेमध्ये सय वटा गाडी विशेष प्रकारका हुने बताइएको छ । नेपालको निर्वाचनका लागि युरोपेली मुलुकहरूले भने संयुक्त राष्ट्रसंघीय निकाय मार्फत् सहयोग गर्ने जानकारी दिएका छन् ।

जापानले सिधै आर्थिक सहायता गर्ने भएको छ । चुनावकै शीर्षकमा भन्दा पनि कुनै सहयताको शीर्षक परिवर्तन गरेर चुनावमा सहयोग गर्न लागेको अर्थ मन्त्रालय निकट स्रोतले जनाएको छ ।

निर्वाचनका लागि अर्थ मन्त्रालयले चीन सरकारलाई पनि सहयोग माग गर्दै पत्र लेखेको थियो। तर चीनका तर्फबाट कुनै पनि जबाफ प्राप्त नभएको स्रोतले जनाएको छ।

सरकारले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि निर्वाचन आयोगलाई ६ अर्ब ७४ करोड बजेट स्वीकृत गरेको छ। त्यस्तै नेपाल प्रहरीलाई ७ अर्ब १३ करोड, सशस्त्र प्रहरी बलका लागि ८० करोड ८४ लाख र अन्य शीर्षकमा २ अर्ब ४० करोड छुट्याएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

पृथ्वी राजमार्गमा ‘ओभर लोड’ बोक्ने सवारी चालक धमाधम कारबाहीमा

समानुपातिकबाट धादिङमा थपिए बसुमाया, सीता र सरस्वती !

समाजमा बढ्दो लैङ्गिक विभेद र हिंसा: कारण, चुनौती र समाधान

प्रविधि, पुस्ता र परिवर्तनले ल्याएको राजनीतिक उथलपुथल

समानुपालिक सांसदमा एमालेबाट धादिङका पुष्पराज कँडेल र गंगादेवी श्रेष्ठ

अकबरे खुर्सानी रोप्नमा व्यस्त भोजपुरका किसान 

जहाँबाट ‘कोसेली’ नबोकी फर्किन्नन् पर्यटक 

यो पनि पढ्नुहोस

पृथ्वी राजमार्गमा ‘ओभर लोड’ बोक्ने सवारी चालक धमाधम कारबाहीमा

समानुपातिकबाट धादिङमा थपिए बसुमाया, सीता र सरस्वती !

समानुपालिक सांसदमा एमालेबाट धादिङका पुष्पराज कँडेल र गंगादेवी श्रेष्ठ

अकबरे खुर्सानी रोप्नमा व्यस्त भोजपुरका किसान 

जहाँबाट ‘कोसेली’ नबोकी फर्किन्नन् पर्यटक 

मेसिनबाट धान रोपाइँमा किसानको आकर्षण