बङ्गलादेशका क्रिकेटर शमीम हुसेन लुम्बिनी लायन्सबाट एलनपिएल खेल्ने

पाविलन्युज

कार्तिक ८, २०८३

काठमाडौँ । बङ्गलादेशका क्रिकेटर शमीम हुसेन पटवारीले नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो संस्करण लुम्बिनी लायन्सबाट खेल्ने भएका छन् ।

लुम्बिनीले आज उनलाई अनुबन्ध गरेको जानकारी दिएको हो । लुम्बिनीले फेसबुक पेजमा लेखेको छ, “शमीम हुसेन आधिकारिकरूपमा लायन्स टोलीका सदस्य बनेका छन् । अब मैदानमा आफ्नो खेलमार्फत जवाफ दिने समय आएको छ ।”

बायाँहाते ब्याटिङ र अफ स्पिन बलिङ गर्ने उनी आक्रामक खेलशैली तथा चुस्त फिल्डिङका लागि परिचित छन् । शमीम यु–१९ क्रिकेटदेखि नै सफलता हासिल गर्ने खेलाडी हुन् । सन् २०२० मा दक्षिण अफ्रिकामा भएको आइसिसी यु–१९ विश्वकपको उपाधि जित्दा उनी बङ्गलादेशको टोलीमा थिए ।

No data was found

विश्वकप जितेपछि उनले राष्ट्रिय टोलीमा पनि स्थान बनाउने अवसर पाए । शमीमले सन् २०२१ को जुलाईमा जिम्बाब्वेविरुद्ध टी–२० अन्तरराष्ट्रिय क्रिकेटमा पदार्पण गरेका थिए । सोही वर्ष उनी टी–२० विश्वकप खेल्ने बङ्गलादेशी टोलीमा पनि समावेश भएका थिए ।

शमीमले सन् २०२३ मा अफगानिस्तानविरुद्धको खेलबाट एकदिवसीय अन्तरराष्ट्रिय क्रिकेटमा समेत पदार्पण गरे । बङ्गलादेश प्रिमियर लिग (बिपिएल)मा चटगाउँ च्यालेन्जर्स, रङ्गपुर राइडर्स र चटगाउँ किङ्सलगायत टोलीबाट खेलेका शमीमले सन् २०२४–२५ को संस्करणमा चटगाउँ किङ्सबाट ३५२ रन बनाएका थिए ।

उनले हालसम्म विदेशी लिग भने खेलेका छैनन् । शमीम अब एनपिएलमार्फत त्यो उपलब्धि पनि हासिल गर्ने तयारीमा छन् । एनपिएलको तेस्रो संस्करण कात्तिक ९ गतेदेखि सुरु हुँदैछ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्ने

दसैँको टीका लगाउने क्रम आज पनि जारी

बङ्गलादेशका क्रिकेटर शमीम हुसेन लुम्बिनी लायन्सबाट एलनपिएल खेल्ने

नेकपाको दुई महिने राष्ट्रिय जागरण अभियान आजदेखि सुरु हुँदै, सरकारको गलत कामको प्रचार गर्ने !

औषधि पसलबाट लागुऔषध कारोबार, सञ्चालिका पक्राउ

यो पनि पढ्नुहोस
पाविलन्युज