हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्ने

राष्ट्रिय समाचार समिति

कार्तिक ८, २०८३

काठमाडौँ। नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो देशको हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्ने जनाएको छ ।

महाशाखाले देशको तराई भू–भागमा मौसम मुख्यतया सफा हुने जनाएको छ । त्यसैगरी कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षा-हिमपातको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागमा आंशिक बादल लाग्नेछ तथा देशको बाँकी हिमाली तथा पहाडी भू–भागमा मौसम मुख्यतया सफा रहने छ ।

No data was found

महाशाखाले कात्तिक ८ गते दिउँसो देशको हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्ने बताएको छ । त्यसैगरी देशको तराई भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशका हिमाली भू–भागका एकदुई स्थानमा हल्का वर्षा-हिमपातको सम्भावना रहेको जनाएको छ ।

त्यसैगरी आइतबार राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू–भागमा आंशिक बादल लाग्नेछ तथा देशको बाँकी हिमाली तथा पहाडी भू–भागमा मौसम मुख्यतया सफा रहने बताइएको छ ।

त्यसैगरी कात्तिक ९ गते सोमबार देशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्ने छ । सोही दिन देशको बाँकी हिमाली तथा पहाडी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्ने

दसैँको टीका लगाउने क्रम आज पनि जारी

बङ्गलादेशका क्रिकेटर शमीम हुसेन लुम्बिनी लायन्सबाट एलनपिएल खेल्ने

नेकपाको दुई महिने राष्ट्रिय जागरण अभियान आजदेखि सुरु हुँदै, सरकारको गलत कामको प्रचार गर्ने !

औषधि पसलबाट लागुऔषध कारोबार, सञ्चालिका पक्राउ

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति