नेकपाको दुई महिने राष्ट्रिय जागरण अभियान आजदेखि सुरु हुँदै, सरकारको गलत कामको प्रचार गर्ने !

सम्बाददाता

कार्तिक ८, २०८३

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को दुई महिने राष्ट्रिय जागरण अभियान आजदेखि सञ्चालन हुने भएको छ । दिउँसो २ः३० बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गरी अभियान उद्घाटन गर्ने प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिए ।

ज्वालाका अनुसार संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा सहसंयोजक माधवकुमार नेपालको सम्बोधन गर्ने कार्यक्रम रहेको छ । असोज २३ गते बसेको बसेको नेकपाको केन्द्रीय संयोजन समिति बैठकले कात्तिक ७ देखि मङ्सिर २५ गतेसम्म राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो । अभियानसँगै आगामी स्थानीय तह निर्वाचन अगाडि वडा र पालिका अधिवेशन गर्ने निर्णय गरेको छ ।

‘राष्ट्रिय स्वाधीनताको रक्षा, लोकतन्त्र र जनअधिकारको रक्षा, जनजीविका तथा पार्टी समायोजन, सदस्यता नवीकरण र सङ्गठन सुदृढीकरणका लागि राष्ट्रिय राजनीतिक तथा सङ्गठनात्मक विशेष अभियानका रूपमा राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ’, निर्णयमा भनिएको थियो ।

No data was found
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्ने

दसैँको टीका लगाउने क्रम आज पनि जारी

बङ्गलादेशका क्रिकेटर शमीम हुसेन लुम्बिनी लायन्सबाट एलनपिएल खेल्ने

नेकपाको दुई महिने राष्ट्रिय जागरण अभियान आजदेखि सुरु हुँदै, सरकारको गलत कामको प्रचार गर्ने !

औषधि पसलबाट लागुऔषध कारोबार, सञ्चालिका पक्राउ

यो पनि पढ्नुहोस
सम्बाददाता