नक्खु कारागारबाट फरार कैदी सिन्धुपाल्चोकबाट पक्राउ
राष्ट्रिय समाचार समिति

जेष्ठ ३०, २०८३

काठमाडौँ। जेनजी आन्दोलनका क्रममा ललितपुरको नक्खु कारारागारबाट फरार भएका दोलखाको सैलुङ गाउँपालिका–८ का ४४ वर्षीय सुनिल श्रेष्ठ पक्राउ परेका छन् ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिइएको प्रहरी टोलीले उनलाई सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–९ मुढेबाट पक्राउ गरेको हो ।

डाँका चोरी मुद्दामा पाँच वर्ष कैद सजाय भुक्तान गरिरहेको उनी जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएको थिए । श्रेष्ठलाई नक्खु कारागार चलान गरिएको कार्यालयका प्रहरी उपरीक्षक शरतकुमार थापा क्षेत्रीले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

मनसुन सक्रियः केही क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

जलनबाट रावतको निधन

सोमेश्वरगढीमा प्रधानसेनापति अभिमानसिंहको शालिक अनावरण

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति