‘सुनसान छ कि रमाइलो भाछ हाम्रो गाउँ’ गीत सार्वजनिक 
सम्बाददाता

असोज ७, २०८३

 

धादिङ। दशैँ-तिहारलाई लक्षित गर्दै ‘सुनसान छ कि रमाइलो भाछ हाम्रो गाउँ’ बोलको नयाँ गीत सार्वजनिक भएको छ।

लोक तथा दोहोरी क्षेत्रमा सक्रिय तथा दर्जनौँ गीतमा स्वर दिइसक्नुभएका गायिका रजनी लामा र गायक पुरुषोत्तम गैरेको स्वरमा रहेको गीत सोमबार ‘लोक चौतारी अफिसियल’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

No data was found

गीतको भिडियो निर्देशन पुरुषोत्तम गैरेले गर्नुभएको छ। भिडियोमा कलाकार इन्द्र तामाङ र रजनी लामाले अभिनय गर्नुभएको छ।

सविन बल र भरत तामाङको शब्द तथा संगीत रहेको गीतको मिक्सिङ आरेम सुनारले गर्नुभएको हो भने छायांकन हरि ढकालले गर्नुभएको छ।

दशैँ-तिहारको अवसरमा गाउँघरको सम्झना र चाडपर्वको रमाइलोलाई गीतमा समेटिएको छ।

चाडपर्वको समयमा गाउँ फर्किने नेपालीको भावना र गाउँघरको परिवेशलाई समेटिएको गीतले दशैँ–तिहारको माहोललाई प्रस्तुत गर्न खोजिएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

इन्द्रध्वजोत्थान सम्पन्नः इन्द्रजात्राको औपचारिक कार्यक्रम सुरु

‘सुनसान छ कि रमाइलो भाछ हाम्रो गाउँ’ गीत सार्वजनिक 

अझै बनेन नागढुंगामा भासिएको सडक, सवारी एकतर्फी मात्रै

ट्रम्पको धम्कीबीच अमेरिका–इरान अधिकारीबीच वार्ता

यो पनि पढ्नुहोस
सम्बाददाता