स्कुल बस दुर्घटना : मृतक ५ मध्ये ४ जनाको सनाखत

पाविलन्युज

अशोज २३, २०८३

पोखरा । कास्कीको पोखरामा आज बिहान स्कुल बस दुर्घटनामा मृत्यु भएका ५ मध्ये ४ जनाको सनाखत भएको छ ।

सनाखत हुनेहरुमा १५ वर्षीया ममता तिवारी, १३ वर्षीय असिम कँडेल, ६५ वर्षीय बाबुराम तिवारी र १५ वर्षीय सुवेच्छा तिवारी छन् । अर्का एकजना मृतक अन्दाजी १५ वर्षीय महिलाको परिचय खुल्न बाँकी छ ।

शान्ति मैदानस्थित कालिका बोर्डिङ स्कुलको बस आज बिहान पोखरा महानगरपालिका–२८ माझथानाबाट फर्किंदै गर्दा ओख्लेभीर भन्ने स्थानमा दुर्घटना भएको थियो । दुर्घटनामा परेकाहरुलाई उद्धार गरेर पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारका लागि ल्याइएको थियो ।

No data was found

अस्पतालले जारी गरेको विज्ञप्ति अनुसार कुल १७ जनामध्ये पाँच जनालाई मृत अवस्थामै ल्याइएको थियो । बाँकी १२ जनाको उपचार जारी छ । १६ वर्षीया अस्मी कँडेल आईसीयूमा उपचाररत छिन् ।

 

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

नेकपाको घोषणा: विगतमा गल्ती भयो अब सच्याउँछौँ (पूर्णपाठ)

सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान, यात्रुलाई भने राहत र खुसी

एमाले भ्रष्टाचारीलाई जोगाउने पार्टी हो, पार्टी एकता सम्भव छैन : प्रचण्ड

राष्ट्रिय स्वाभिमानमा आँच आउँदा टुलुटुलु हेरेर बस्न सक्दैनौँः माधव नेपाल

सुरुङमार्गमा सवारीको लाम (फोटोकथा)

यो पनि पढ्नुहोस
पाविलन्युज