एनपिएलः जनकपुरविरुद्ध काठमाडौँ टस जितेर ब्याटिङमा

राष्ट्रिय समाचार समिति

कार्तिक १२, २०८३

काठमाडौँ। तेस्रो संस्करणको नेपाल प्रिमियर लिग ९एनपिएल० क्रिकेट प्रतियोगिताअन्तर्गत जनकपुर बोल्ट्सविरुद्ध काठमाडौँ गोखार्जले टस जितेर ब्याटिङ रोजेको छ । यी दुई टोलीबीचको खेल कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा प्रारम्भ भएको छ ।
काठमाडौँको यो पहिलो खेल हो । ऊ जनकपुरलाई हराएर विजयी सुरुआत गर्ने लक्ष्यमा छ । उता जनकपुर पहिलो जितको खोजीमा छ । उसले पहिलो खेलमा कर्णाली याक्सविरुद्ध पराजय व्यहोरेको थियो । आजै हुने दोस्रो खेलमा कर्णाली याक्स र विराटनगर किङ्ग्स आमनेसामने हुने तालिका छ । उक्त खेल अपराह्न ५ः०० बजेदेखि सुरु हुनेछ ।
विराटनगरले पहिलो खेलमा चितवन राइनोजसँग हार व्यहोरेको थियो । सोमपाल कामी नेतृत्वको कर्णाली भने लगातार दोस्रो जित दर्ता गर्न चाहन्छ । उसले पहिलो खेलमा पूर्वविजेता जनकपुरलाई १९ रनले हराउँदै उत्कृष्ट सुरुआत गरेको थियो । कर्णाली आज पनि सोही जित लय जारी राख्ने योजनामा छ ।
एनपिएलमा  आठ वटा टोली प्रतिस्पर्धामा छन् । प्रतियोगिता मङ्सिर ५ गतेसम्म जारी रहने छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

एनपिएलः जनकपुरविरुद्ध काठमाडौँ टस जितेर ब्याटिङमा

क्षेप्यास्त्र उत्पादनमा अमेरिका–जापान सहकार्य

सवारी दुर्घटनामा एक जनाको मृत्यु

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

कात्तिक १५ गतेदेखि सुरुङमार्गमा शुल्क लाग्ने

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति