युरोपमा हिंसात्मक बन्दै युवाको प्रदर्शन, फ्रान्स र जर्मनीमा तोडफोड र लुटपाट

पाविलन्युज

कार्तिक १६, २०८३

काठमाडौं । महँगी, कमजोर सार्वजनिक सेवा, शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानीको अभाव तथा बढ्दो असमानताको विरोधमा युरोपका विभिन्न देशमा भएका प्रदर्शन हिंसात्मक बनेका छन्।

फ्रान्स र जर्मनीका प्रमुख सहरमा हजारौँ युवा सडकमा ओर्लिएका छन्। कतिपय स्थानमा प्रदर्शनकारीले पसलमा लुटपाट, तोडफोड र प्रहरीमाथि आक्रमण गरेको भनेर समाचार संस्था रोयटर्सले जनाएको छ।

जर्मनीका ३४ सहरमा हजारौँ युवाले विभिन्न माग राख्दै गरेको प्रदर्शनका क्रममा कोलोन र फ्रान्कफर्टलगायत सहरमा हिंसा भड्किएको छ ।

No data was found

आयोजकहरूले प्रदर्शनमा एक लाख २० हजारभन्दा बढी युवा सहभागी भएको दाबी गरे पनि उक्त संख्याको आधिकारिक पुष्टि भएको छैन । दिनभर अधिकांश सहरमा प्रदर्शन शान्तिपूर्ण रहे पनि साँझपख विभिन्न स्थानमा झडप र तोडफोडका घटना भएका थिए ।

प्रदर्शनकारीहरूले विद्यालयको बजेट वृद्धि, महँगी नियन्त्रण, सामाजिक न्याय र जलवायु सुरक्षाको माग गरेका छन् । उनीहरूले अनिवार्य सैन्य सेवा पुनः लागु गर्ने सम्भावित योजनाको विरोधसमेत गरेका छन् ।

कोलोन र स्टुटगार्टमा अनुहार छोप्ने तथा पटाका पड्काउनेलगायत गतिविधिका कारण प्रहरीले निर्धारित र्‍याली रोकेको थियो । कोलोनमा सहभागीहरू राइन नदी किनारमा भेला भएर सभा जारी राखेका थिए ।

शनिबार कोलोन क्याथेड्रलनजिक करिब २०० जनाको समूहले प्रहरीमाथि बोतल र साइकल प्रहार गरेको थियो । घटनामा एकजना घाइते भएको र पाँचजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । नजिकैको गल्लीमा फ्याँकिएको विद्युतीय स्कुटरले एउटा झ्यालको सिसासमेत फुटाएको थियो ।

सहरको दक्षिणी क्षेत्रमा भएको झडपमा ‘जेनजी’ प्रदर्शनकारीबाहेक अन्य समूह पनि संलग्न थिए । कोलोनका प्रहरी प्रमुख जोहानेस हेरमान्सले हिंसात्मक गतिविधिले शान्तिपूर्ण प्रदर्शनलाई ओझेलमा पारेको बताएका छन् ।

फ्रान्कफर्टमा पसल तोडफोड, लुटपाट र प्रहरीमाथि आक्रमण भएपछि प्रहरीले सहरको प्रमुख किनमेल सडक ‘डाइ जाइल’ बन्द गरेको थियो । प्रहरीले सर्वसाधारणलाई उक्त क्षेत्रबाट बाहिरिन आग्रह गर्दै प्रवेशमा रोक लगाएको थियो ।

समाचार एजेन्सी डीपीएका अनुसार, केही व्यक्तिले पसल फोरेर जुत्ता र अन्य सामान लुटेका थिए । एउटा हतियार पसललाई समेत निसाना बनाइएको प्रहरीले जनाएको छ । प्रहरीमाथि ज्वलनशील वस्तु प्रहार भएको पनि बताइएको छ ।

हेस्सेका गृहमन्त्री रोमन पोसेकका अनुसार, फ्रान्कफर्टमा भएको झडपमा धेरै प्रहरी घाइते भएका छन् । करिब १०० अतिवामपन्थी आक्रमणकारीले बोतल, ढुंगा र पटाका प्रहार गरेको उनको दाबी छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

विद्यालय शिक्षा विधेयक बहसः निःशुल्क र गुणस्तरीय शिक्षा सुनिश्चिततामा जोड

सोमबार पृथ्वी राजमार्गको मझिमटारमा तीन घण्टा सवारी आवागमन बन्द हुने

पाँच वर्षभित्र भाषण होइन, कामबाट परिणाम निकाल्नुपर्छ : गृहमन्त्री गुरुङ

सुनचाँदीको मूल्य घट्यो

बाढीपहिरोबाट मङ्गलाका १६६ परिवार प्रभावित

यो पनि पढ्नुहोस
पाविलन्युज