सुनचाँदीको मूल्य घट्यो

सम्बाददाता

कार्तिक १६, २०८३

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा रु आठ हजार ३०० र चाँदी रु १७५ ले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ७२ हजार रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ८० हजार ३ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा उच्च दरले सुनको मूल्य घटेसँगै नेपाली बजारमा प्रभाव देखिएको महासंघले जनाएको छ । गत वर्षको माघ १५ गते नेपाली बजारमा सुनको मूल्य तोलाको ३ लाख ३९ हजार रुपैयाँसम्म पुगेको रेकर्ड छ ।

No data was found

त्यस्तै आज चाँदीको भाउ पनि तोलामा १७५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ३ हजार ८२५ रुपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार ६५० रुपैयाँमा झरेको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

विद्यालय शिक्षा विधेयक बहसः निःशुल्क र गुणस्तरीय शिक्षा सुनिश्चिततामा जोड

सोमबार पृथ्वी राजमार्गको मझिमटारमा तीन घण्टा सवारी आवागमन बन्द हुने

पाँच वर्षभित्र भाषण होइन, कामबाट परिणाम निकाल्नुपर्छ : गृहमन्त्री गुरुङ

सुनचाँदीको मूल्य घट्यो

बाढीपहिरोबाट मङ्गलाका १६६ परिवार प्रभावित

यो पनि पढ्नुहोस
सम्बाददाता