पाँच वर्षभित्र भाषण होइन, कामबाट परिणाम निकाल्नुपर्छ : गृहमन्त्री गुरुङ

पाविलन्युज

कार्तिक १६, २०८३

काठमाडौं। गृहमन्त्री सुधन गुरुङले आगामी पाँच वर्षभित्र काम गरेर परिणाम देखाउनुपर्ने बताएका छन्। उनले नयाँ पुस्ता पनि सक्षम र क्षमतावान् छ भन्ने प्रमाण भाषणबाट नभई कामबाट दिनुपर्नेमा जोड दिएका छन्।

गुरुङले नयाँ पुस्ताका नेताहरूका लागि अहिलेको समय इतिहासकै ठूलो परीक्षाका रूपमा रहेको उल्लेख गर्दै जनताको विश्वासलाई परिणाममा बदल्नुपर्ने बताएका हुन्।

‘पाँच वर्षभित्रमा हामीले काम गरेर देखाउनु सरकारको जिम्मेवारी हो । रिजल्ट देखाउनु सरकारको काम हो,’ उनले भने, ‘हामीले साँच्चिकै जनताको आशालाई परिणाममा परिणत गर्न सक्छौँ कि सक्दैनौँ भन्ने इतिहासले हामीमाथि ठूलो परीक्षा लिइरहेको छ।’

No data was found

उनले नयाँ पुस्ताले काम गर्न सक्छ कि सक्दैन भन्ने विषय अहिले ठूलो चुनौतीका रूपमा रहेको बताए।

‘जुन दिन हामीले काम गर्न सक्दैनौँ, त्यसपछि नयाँ पुस्तामाथि विश्वास गर्ने आधार हुँदैन,’ उनले भने। गुरुङले नयाँ पुस्ताका नेताहरू पनि पुराना राजनीतिक दलका नेताहरूजत्तिकै सक्षम र क्षमतावान् छन् भन्ने प्रमाणित गर्नुपर्ने बताए।

अहिलेको प्राथमिकता विचारको राजनीतिक बहसभन्दा विकास र परिणाममुखी काममा केन्द्रित हुनुपर्ने उनको भनाइ छ।

‘हामी विकासको राजनीति गरिरहेका छौँ । अहिले हामीले विकासका लागि भोट पाएका छौँ,’ उनले भने।

गृहमन्त्री गुरुङले जनताले दिएको मतलाई नागरिकको हितमा उपयोग गर्दै नीतिगत सुधारमार्फत दीर्घकालीन सेवा प्रवाह सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन्।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

विद्यालय शिक्षा विधेयक बहसः निःशुल्क र गुणस्तरीय शिक्षा सुनिश्चिततामा जोड

सोमबार पृथ्वी राजमार्गको मझिमटारमा तीन घण्टा सवारी आवागमन बन्द हुने

पाँच वर्षभित्र भाषण होइन, कामबाट परिणाम निकाल्नुपर्छ : गृहमन्त्री गुरुङ

सुनचाँदीको मूल्य घट्यो

बाढीपहिरोबाट मङ्गलाका १६६ परिवार प्रभावित

यो पनि पढ्नुहोस
पाविलन्युज