धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिका–९ मझिमटारस्थित पृथ्वी राजमार्गमा सोमबार तीन घण्टा सवारी आवागमन बन्द हुने भएको छ ।
जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार आकाशे पुल निर्माण तथा सडक स्तरोन्नतिको काम गर्न बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उक्त सडकखण्डमा सबै प्रकारका सवारीसाधनको आवागमन पूर्ण रूपमा बन्द गरिनेछ ।
नागढुङ्गा–मुग्लिङ सडक योजना (पश्चिम खण्ड) को सूचनाका आधारमा जिल्ला प्रशासन कार्यालयले सवारी आवागमन बन्द हुने जानकारी गराएको हो ।
कार्यालयले उक्त अवधिमा वैकल्पिक मार्ग प्रयोग गरी यात्रा गर्न तथा सवारी चालक र सडक प्रयोगकर्तालाई ट्राफिक नियम र सडक अनुशासन पालना गर्न आग्रह गरेको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0