यू–१९ एसिया कपः युएईसँग नेपाल सात विकेटले पराजित

राष्ट्रिय समाचार समिति

कार्तिक २३, २०८३

काठमाडौँ। ओमानमा जारी एसिसी यू–१९ एसिया पुरुष क्रिकेट प्रतियोगिताअन्तर्गत युनाइटेड अरब इमिरेट्स (युएई) विरुद्ध नेपालले सात विकेटको हार व्यहोरेको हो । यस प्रतियोगितामा नेपालको यो लगातार दोस्रो हार हो ।
पहिलो खेलमा नेपालले भारतविरुद्ध १० विकेटको पराजय व्यहोरेको थियो । युएईले भने प्रतियोगितामा जितको खाता खोलेको छ । आज नेपालले दिएको सामान्य १५४ रनको लक्ष्य युएईले ३४.४ ओभरमा सात विकेट गुमाएर भेट्टायो ।
युएईका लागि अयान मिस्बाहले अविजित ७५, आयिन किरण राईले ३२, अहमद खुदादादले २४ र ओमर तौकिरले ११ रन जोडे । बलिङतर्फ नेपालका लागि कप्तान विपिन रावल, नितेश पटेल र सुशील रावलले समान एक–एक विकेट लिए ।
त्यसअघि ओमानको अलमरात क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४१ ओभरमा सवै विकेट गुमाएर १५३ रन बनायो । नेपालका लागि सोहेल कुँवरले ३३, सचिन भट्टले ३२, निरजकुमार यादव र दर्श सोनारले समान १६–१६ रन जोडे ।
बलिङतर्फ युएईका लागि नसीम खानले आठ ओभरमा एक मेडनसहित ४३ रन दिएर सर्वाधिक पाँच विकेट लिए । नेपालले अब प्रतियोगिताको तेस्रो खेलमा मङ्गलबार पाकिस्तानको सामना गर्ने छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

राइफलको गोलीसहित एक जना पक्राउ

यू–१९ एसिया कपः युएईसँग नेपाल सात विकेटले पराजित

रियादको वित्तीय क्षेत्रमा आक्रमण, अरामको टावरमा क्षति

प्रहरी केनाइन कार्यालयमा कुकुर पूजा सम्पन्न

सुनचाँदीको मूल्य स्थिर

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति