मुख्यमन्त्री थापाद्वारा पनौती नगर अस्पतालको निरीक्षण

राष्ट्रिय समाचार समिति

मंसिर ५, २०८३

काभ्रेपलाञ्चोक। बाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले काभ्रेपलाञ्चोकको पनौतीस्थित नगर अस्पतालको शुक्रबार स्थलगत निरीक्षण गर्नुभएको छ ।
निरीक्षणका क्रममा मुख्यमन्त्री थापाले अस्पतालको वर्तमान अवस्था, स्वास्थ्य सेवा प्रवाह, भौतिक पूर्वाधार तथा उपलब्ध स्वास्थ्य सुविधाबारे जानकारी लिनुभएको थियो । उहाँले नागरिकलाई गुणस्तरीय, सहज र सर्वसुलभ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले अस्पतालमा आवश्यक सुधार, सेवा विस्तार तथा व्यवस्थापकीय पक्षमा ध्यान दिनुपर्ने विषयमा स्थानीय जनप्रतिनिधि तथा अस्पतालका अधिकारीसँग छलफल गर्नुभएको थियो ।
सो क्रममा उहाँले अस्पतालको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउँदै स्थानीय नागरिकलाई आफ्नै क्षेत्रमा सहजरूपमा स्वास्थ्य सेवा उपलब्ध गराउन आवश्यक पहल र व्यवस्थापन सुधार गर्नुपर्नेमा जोड दिनुभएको छ ।
निरीक्षणका क्रममा मुख्यमन्त्री थापालाई अस्पताल ब्यवस्थापन समितिका संयोजक रहनुभएका नगरप्रमुख रामशरण भण्डारीले अस्पातलको निर्माण, ब्यवस्थापकीय अवस्था तथा सेवाबारे जानकारी गराउनुभएको थियो । गत वैशाख पहिलो सातादेखि सञ्चालनमा ल्याइएको अस्पतालमा ल्याब सेवा, विशेषज्ञ सेवा, एक्स–रे मेशिनका सुविधा प्रदान गर्दै आइएको छ । बाग्म्ती प्रदेश सरकारले गत आर्थिक वर्षमा उपलब्ध गराएको रु ४० लाखबाट अस्पताल सञ्चालनार्थ उपकरण खरीद गरिएको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

एनपिएल विजेता टोली सुदूरपश्चिम रोयल्सलाई प्रधानमन्त्रीको बधाई

एनपीएलको तेस्रो संस्करणको उपाधि सुदूरपश्चिम रोयल्सलाई

लुम्बिनीद्वारा सुदूरपश्चिमसामु १५६ रनको चुनौती प्रस्तुत

जुवातासको खालबाट ४९ जना पक्राउ

राष्ट्रपतिसँग जापानका उपमन्त्रीको शिष्टाचार भेट

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति