धादिङ । नियमित महाधिवेशन पक्षधर नेपाली कांग्रेस धादिङ क्षेत्र नं. २ प्रदेश (क) को सभापतिमा वसन्त परियार सर्वसम्मत चयन हुनुभएको छ ।
असोज २४ गते उद्घाटन भएको प्रदेश सभा तथा प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनबाट कार्यसमिति चयन गरिएको हो ।
प्रदेश सभा अधिवेशनबाट कार्यसमितिको उपसभापतिमा विक्रम तामाङ र गङ्गादेवी काप्री, सचिवमा रोजन कँडेल र पवन पोखरेल, सहसचिवमा भवनाथ लम्साल तथा कोषाध्यक्षमा मोहनलाल श्रेष्ठ चयन भएका छन् ।
यसैगरी कार्यसमिति सदस्यहरूमा नारायण श्रेष्ठ, पूर्णमान बराइली, रामकृष्ण रम्तेल, ठगबहादुर आले, शान्ति अधिकारी र बद्रीप्रसाद कोइराला निर्वाचित हुनुभएको छ । कार्यसमितिमा केही सदस्य थप्न बाँकी रहेको नवनिर्वाचित सभापति परियारले जानकारी दिनुभयो ।
अधिवेशनबाट प्रदेश प्रतिनिधिहरूमा वसन्त परियार, विक्रम तामाङ, गङ्गादेवी काप्री, रोजन कँडेल, पवन पोखरेल, भवनाथ लम्साल, मोहनलाल श्रेष्ठ, नारायण श्रेष्ठ, पूर्णमान बराइली, रामकृष्ण रम्तेल, ठगबहादुर आले, शान्ति अधिकारी, बद्रीप्रसाद कोइराला, सुजन लम्साल, रविन बुढाथोकी, राजकुमार अधिकारी, परशुराम सापकोटा, मीना विश्वकर्मा, जानुका श्रेष्ठ, सीताराम गुरुङ, सुरप्रसाद अधिकारी, सीताराम पोखरेल र श्याम गोदार सर्वसम्मत चयन हुनुभएको छ ।
उद्घाटन सत्रमा प्रमुख अतिथि पूर्वअर्थमन्त्री एवं पार्टीका नेता डा. प्रकाशशरण महतको तथा क्षेत्रीय संयोजक रामकृष्ण अधिकारी, पार्टीका अग्रज नेतागण, जिल्ला तथा स्थानीय तहका पदाधिकारी, नेता–कार्यकर्ता र भ्रातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

